Similar Articles

नेपाल समाचार (Nepal)

ट्यापे मुन्द्रेहरुको समुहले बस्ती खाली गर्न धम्की दिएपछि प्रशासनमा हारगुहार

बिराट नेपाल


 दिनेश ठाकुर
नेपालगन्ज, २४ साउन 


  बर्षौदेखि बसोबास गर्दै आईरहेको वस्तिबाट हटाउन खोजिएपछि बाँकेको बागेश्वरी  क गाउँका स्थानीय बासिन्दा अब के गर्ने भन्ने चिन्तामा परेका छन् । यो बस्तीमा २०२८ सालदेखि ४५ घर सुकुम्बासीहरु बस्दै आएका छन् । शुक्रबार साझ जग्गा धनी रमेश  थापा नेतृत्वको समुहले वस्ति खाली गर्न धम्की दिएर फर्केपछि स्थानीयले प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थको ध्यानाकर्षण गराएका छन् ।  शुक्रबार साँझ ट्यापे मुन्द्रेहरुको  समुहले बागेश्वरी ३ क गाउँका सुकुम्बासीहरुलाई बस्ती नछोडे ज्यान मार्ने धम्की दिएको दावी उनीहरुले गरेका छन् ।

जग्गाधनी थापाको नेत्तृवमा गएको समुहरुले समयमै बस्ती नछोडे आफुहरुसँग भएको हतियारले उडादिने भन्दै मानिसहरुलाई धम्की दिएको सहभागीले प्रमुख जिल्ला अधिकारी  पन्थसमक्ष गुनासो गरे ।  स्थानीयका अनुसार शुक्रबार साझ नै थापाले प्रहरी ल्याएर सुकुम्बासी बस्तीमा जोडिएको विद्यूत् समेत काटिदिएका छन् ।


प्रमुख जिल्ला अधिकारी पन्थले घटना बारे आफुलाई केही थाहा नभएको भन्दै घटनाबारे बुझ्ने बताएका छन् । विद्यूत् पनी यथाशिघ्र जोडिदिन उनीहरुले माग गरेका छन् । सार्वजनिक जग्गा २०३६ सालमा पुर्वका एक सरकारी कर्मचारीले श्रीमती र सानीआमाको नाममा गरेको जानकारहरु बताउछन् ।


उनीबाट केही बर्ष पहिले थापाले  १५ बिगाहा जग्गा खरिद गरेका थिए । सोही जग्गा खाली गराउन थापाले धम्की दिएको स्थानीयको दावी छ । प्रमुख जिल्ला अधिकारी पन्थको ध्यानाकर्षण गराउन पुगेको समूहमा सत्तारुढ नेकपा माओवादी केन्द्रका केन्द्रीय र जिल्ला नेता समेत सहभागी थिए ।


सहभागीहरुले थापासँग अत्याधुनिक हतियार कहाँबाट आयो र सकले अनुमती दिएको हो भन्दै प्रमुख जिल्ला अधिकारी पन्थको ध्यानाकर्षण गराएका थिए । स्थानीयबासिन्दाले बर्षोदेखि बसोबास गर्दै आएको घरवस्ती कुनैपनि हालतमा नछोड्ने अडान लिदै आएका छन् ।


स्थानीय कान्तुराम गौतमले बर्षोदेखि बस्दै आएको वस्ती कुनैपनि हालतमा नछोड्ने भन्दै सुकुम्बासी किसान असुरक्षित भएपछि प्रशासनको ध्यानाकर्षण गराइएको बताए ।
 जग्गा खरिद गरेका थापा र स्थानीय बासिन्दाबीच सुरुदेखि नै बिवाद रहदै आएको छ । थापाले वस्ति खाली गराउन खोज्ने र बर्षोदेखि बस्दै आएकाहरुले कुनैपनि हालतमा नछोड्ने अडान लिने गरेकाले बिवाद रहदै आएको छ ।   

 




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक