Similar Articles

नेपाल समाचार (Nepal)

नेविसंघको महाधिवेशनमा झडप, बन्द सत्र आज पनि अनिस्चित

बिराट नेपाल

काठमाडौं, २५ साउन 

नेविसंघको महाधिवेशनस्थल भृकुटीमण्डपमा झडप भएको छ । विधि सम्मत ढंगबाट प्रतिनिधि विवाद टुंग्याएर मात्रै बन्द सत्र सुरु गर्नु पर्ने भन्दै नारावाजी गर्दै महाधिवेशनस्थल पुगेको र्यालीलाई प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

महाधिवेशनस्थलमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले लाठी प्रहार गरेर धपाउन खोजेपछि केहिबेर ढुंगा हानाहान समेत भएको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कुन्दन काफ्ले समूहले अनशन बसिरहेका नेविसंघ कार्यकर्ताहरुको माग सम्बोधन गरी विवाद टुंग्याएर मात्रै महाधिवेशन गर्नुपर्ने माग गर्दै निकालेको र्याली झडपमा परिणत भएपछि आज हुने भनिएको बन्द सत्र सुरु हुन सकेको छैन ।

महाधिवेशनको बन्द सत्र हिजै दुई बजेदेखि हुने भनिएको थियो । विभिन्न जिल्ला र क्याम्पसहरुमा रहेको प्रतिनिधि विवादका कारण र आजको झडपले बन्द सत्रलाई बिथोलेको छ ।




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक