Similar Articles

नेपाल समाचार (Nepal)

अपहरणपछि फिरौती रकम लिई हत्या गर्ने महिला चार बर्षपछि पक्राउ

बिराट नेपाल

 दिनेश ठाकुर

नेपालगन्ज,२५ साउन 

चारबर्षअघि नेपालगन्जबाट एक युवकको अपहरण गरी भारतमा पु¥याएर फिरौती रकम लिई हत्या गर्ने मध्येकी एक महिलालाई प्रहरीले बाँकेको बेलभारबाट मङ्गलबार पक्राउ गरेको छ ।


 अपहरणपछि हत्या गरेको विषयमा पुनरावेदन अदालत नेपालगञ्जबाट करिब १३ बर्षको कैद सजायको फैसला भएकी नेपालगन्ज २३ ईन्द्रपुरकी सुष्मा बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अदालतले ९ लाख ५० हजार जरिवाना र ८ बर्ष ११ महिना १ दिन कैद सजाय सुनाएको थियो । पछि जरिबाना तिर्न नसकेपछि चारबर्ष कैद सजाय थपिदा १२ बर्ष ११ महिना १ दिन कैद सजाय तोकिएको छ ।


 पुनरावेदन अदालतले २०७२ जेठ १० गते फैसला गरेको हो । सुष्मासहित ७ जनाले २०६९ साल असार २६ गते नेपालगन्ज १० त्रिभुवनचौकका २२ बर्षिय मुन्नु भनिने मोहम्मद अमिर अन्सारीलाई अपहरणगरी भारतमा पु¥याएका थिए । अन्सारीको अपहरणपछि हत्या अभियोगमा यसअघि नै ५ जना पक्राउ परिसकेका छन् । सुष्मा पक्राउ परेपनि अझै निजामुद्धिन शेष फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिमकिरण बोगटीले जानकारी दिनुभयो । पुनरावेदन अदालत नेपालगन्जले सुष्मासहितलाई सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


 अपहरणकारीले मुन्नुको अपहरणपछि उनको परिवारसँग फिरौतीबापत ९ लाख रुपिया लिएर पनि उनको हत्या गरेको प्रहरीले जनाएको छ । मुन्नुको अपहरणमा उनका आप्mनै मामा भारतीय नागरिकको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले घटनापछि सार्वजनिक गरेको थियो ।


फैसला कार्यान्वयनको टोली र प्रहरी चौकी बेलभारको संयुक्त टोलीले सुष्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी बोगटीले जानकारी दिनुभयो ।
सो अपहरणकाण्डमा जिल्ला अदालत बाँकेले नौ वर्ष कैद सजाय र जनही नौ लाख रुपैयाँ जरिवाना गरेको थियो । सुष्मा सुरुमा जिल्ला अदालतबाट ५ हजार रुपिया धरौटीमा रिहा भएकी थिइन् । सुष्माले प्रलोभनमा पारी आमिरलाई त्रिभुवन चोकबाट सीमा कटाएको प्रहरीले सार्वजनिक गरेको थियो ।




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक