Similar Articles

प्रेस बिज्ञप्ती

अन्तर्राष्ट्रिय भुटानी सिर्जनशिल मञ्च - विज्ञप्ति:

बिराट नेपाल

विज्ञप्ति:

यो विज्ञप्ति अन्तर्राष्ट्रिय भुटानी सिर्जनशिल मञ्चसँग सम्बन्धित छ । यस मञ्चसँग सरोकार र चासो राख्नुहुने महानुभावहरूलाई जानकारी र बोदार्थका निम्ति यो विज्ञप्ति जारी गरिएको छ ।

 

पुनरबास भए पछिको परिवर्तित अवस्थामा एकातिर होहल्लाका भरमा माहोलमा हाबी हुने र अर्कातिर क्षमता भएका मानिसहरूले संस्थागत जिमेदारी र माहोलगत वफादारिता निर्वाह गर्न नसकेको अवस्थामा एकातिर होहल्लाहरूलाई गुणस्तरतिर उन्मुख गराउने र अर्कातिर संस्थागत जिमेदारी र माहोलगत वफादारितालाई उजागर गराउने मध्यमार्गीय पवित्र लक्ष लिएर अन्तर्राष्ट्रिय भुटानी सिर्जनशिल मञ्चको गठन भएको थियो । साहित्यिक मार्गदर्शन र माहोलगत दिशानिर्देशको अपेक्षा गरेको युवापुस्ताबाट प्रतिनिधि तथा संस्थागत माहोल विकासमा पहल गर्ने हेतुले यो मञ्चका रूपमा गठन भएको थियो । यसलाई संस्था भनेर कसैले बुज्नु भयो भने कसैले अपव्याख्या पनि गर्नु भएको हो । सामान्यतय मञ्चहरू निश्चित लक्ष राखेर खोलिन्छन् र लक्ष हासिल भएपछि या त बन्द हुन्छन् या त कुनै ठुलो संस्थाको छाहारीमा गएर समाहित हुन्छन् ।

 

शिविरमा रहँदा भुटानी साहित्य उत्थान र विकासका निम्ति स्थापित सङ्घ-सङ्गठनहरू पुर्वास सगँ-सँगै केही विचलित वा माहोलमा रहेर काम गर्न नसकेको कुरा त तपाईँ हामी सबैलाई विधितै छ। यसका पछाडि कार्यसमितिमा रहेका सदस्यहरू विभिन्न मुलुकमा पुर्नबास हुनु, नौलो परिवेशमा गाँस,बास र कपासका निम्ति हरेक बाध्यता जस्ता कारणहरू नै मुख्य रहेको पाइन्छ ।

 

पुनर्वास सगँ-सँगै भुटानी नेपाली साहित्यको माहोल ह्वात्तै बढेको कुरा पनि तपाईँ हामी सबैलाई थाँहा नै छ। यो माहोललाई मर्न नदिन र भुटानी नेपाली साहित्यको सिङ्गो इतिहास बोकेको सस्था.."साहित्य परिषद् भुटान" लाई चीर निन्द्राबाट  ब्यूँजाउनका निम्ति नै "अन्तर्राष्ट्रिय भुटानी सिर्जनशिल मन्च" हामी केही जागरूक युवाहरूद्वारा  गठन गरिएको कुरा पनि फेरि म स्मरण गराउन चाहन्छु ।

 

 यस मञ्चको स्थापनाका मुख्य ३ उदश्यहरू थिए:-

(१) पुर्नवासपछि मौलाएर आएको माहोललाई मर्न नदिने र व्यवस्थापनमा प्रतिनिधित्व साहित्यको माहोलको विकास गर्ने ।

(२) पुर्नबासपछि विभिन्न मुलुकमा पुर्नबासित भुटानी नेपाली साहित्यकारहरूका गजल सिर्जनाहरू भेला गरी एक एेतिहासिक गजल सङ्ग्रह प्रकाशन गर्ने ।

(३) हाम्रो एेतिहासिक साहित्यक सस्था "साहित्य परिषद् भुटानलाई चीर निन्द्राबाट ब्यूँजाई माहोलको नेतृत्व गर्न लाउने।

   

आज आएर मुल्यंकन गर्दा माथि उल्लिखित उदश्यहरूमा केही पुर्णरूपमा र केहीमा आंशिकरूपमा सफलता हात पार्न "अन्तर्राष्ट्रिय भुटानी सिर्जनशिल मन्ज" सफल भएको छ भन्दा दुई मत नहोला।

 

यस मन्चलाई विगठन गर्नु पर्ने कारणहरू:-

(१) "साहित्य परिषद् भुटान" चीर निन्द्राबाट ब्यूँजी माहोल समाल्न थाल्नु र यो भुटानी नेपाली साहित्यको इतिहास बोकेको सस्थालाई नै हामी सबैले परिमार्जित गर्दै गोड़-मेल गरी अगि बढाउनु पर्छ भन्ने कुरामा हाम्रो बिचार मिल्दै जानु ।

(२) हाम्रो सोच अनुसारको संयुक्त कृति प्रकाशन भइसक्नु ।

(३) च्याउ उम्रीएझैं सस्था खोलेर मात्रै साहित्यको विकास हुँदैन भन्ने कुरालाई हाम्रा सबै सदस्यहरूले मनन गरेको अवस्था ।

(४) हामीद्वारा बनाइएका यस मन्चका काम चलाउ अदक्ष्यले  पनि परिषद्को सदस्यता लिसक्नु भनेको परिषद अब हामीलाई नेतृत्व दिन तयार भएको छ ।

 

यी सबै कुरालाई मध्यनजर गर्दै आजकै मितिबाट "अन्तर्राष्ट्रिय भुटानी सिर्जनशिल मन्च" औपचारिकरूपमा बिगठन भएको घोषाण गर्दछु। साथ-साथै सबैको जानकारीका निम्ति मन्चको आर्थिक कारोभार पारदर्शिताको साथ सार्विजनक गर्नका निम्ति पनि हाम्रा मान्य काम चलाउ अध्यक्षज्यू सनम्र आग्रह गर्दछु । यदि भुक्तानी गर्न बाँकी रहेछ भने जागरूक युवाहरूको समूहले बाँकी रकम भुक्तानी गर्ने छ र यदि पैसा बचत हुन गएमा साहित्य परिषद भुटानका नाममा अनुदान भरपाई गरिने छ ।
                                               

 

-धन्यवाद

राकेश काफ्ले

संस्थापक अध्यक्ष

अन्तर्राष्ट्रिय भुटानी सिर्जनशिल मन्च




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक