Similar Articles

विश्व नेपाली समाचार (World)

साउदीको जेलमा रहेका रामचन्द्रलाई बेल्जियमका नेपालीबाट १ लाख सहयोग

बिराट नेपाल

बेल्जियमको विभिन्न ठाउँमा कार्यरत नेपालीले साउदीको जेलमा रहेका काभ्रेको कुशादेवीका रामचन्द्र तिमिल्सिनालाई १ लाख आर्थिक सहयोग गरेका छन् ।

 

दैनिक नेपाल डटकम र बुटवल नगरपालिका वडा नं. १३ हाल बेल्जियम बस्दै आउनुभएकी सिर्जना कार्की थापा र सरस्वती पन्तको सक्रियतामा सो रकम सङ्कलन भएको हो । संकलित रकम दैनिक नेपाल डटकमकी सहसम्पादक शारदा गैरेले एबिसी टेलिभिजनका इन्द्रेणी कार्यक्रमका प्रस्तोता कृष्ण कँडेललाई टिभी कार्यक्रमको प्रत्यक्ष प्रसारणमा हस्तान्तरण गर्नु भएको छ ।


सो रकम बेल्जियममा कार्यरत सिर्जना कार्की थापा तथा मदन थापा  २८ हजार, सरस्वती पन्त तथा लिलाधर पन्तबाट २६ हजार २१६, अर्जुन घिमिरेबाट ५ हजार ८ सय, योगेशचन्द्र पौडेलबाट ५ हजार ८ सय, जयप्रकाश भुषालबाट ५ हजार ८ सय, प्रदिप घिमिरेबाट ५ हजार ८ सय, हुमनाथ पाण्डेबाट ५ हजार ८ सय, जित लामाबाट ३ हजार ४८०, बिमल गिरीबाट २ हजार ३२०, सकुन्तला पौडेल २ हजार ३२० र ललित जुक्जातीबाट १ हजार १६० ईश्वरा शर्मा ३ हजार ४८०,उत्तम गौतम २ हजार ३२०, दलजित १ हजार १६०,जित लामा ३ हजार ४८० प्राप्त भएको हो ।

रामचन्द्रले चलाएको गाडीको ठक्करबाट कारमा सवार पाकिस्तानी नागरिकको ज्यान गएपछि उनलाई साउदी सरकारले ३५ लाख रुपैयाँ ब्लडमनि तोकेको छ । ब्लडमनि तिर्न नसकेर उनी १५ महिनादेखि साउदीको जेलमा छन् । उनकी श्रीमती सरिता तिमिल्सिनाले श्रीमानलाई बचाउन हारगुहार गरिरहेकी छन् । एबीसीका कार्यक्रम प्रस्तोता कँडेलका अनुसार २५ लाख रकम जम्मा भैसकेको छ ।

 




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक