Similar Articles

अमेरिकाको नागरिकता त्यागेर ग्रिनकार्ड मात्रै राखी नेपालको राजनीति गर्न सकिदैन - विनोद रोका, एर्टनी एट ल

बिराट नेपाल

नेपालको राजनीतिक कित्ताहरुमा योग्यता र दक्षता नभएका मानिसहरूको तालुमा आलु फलेको देख्दा अमेरिकाको नागरिक्ता लिई सकेका नेपालीमुलका विदेशीहरूले प्राय सोध्नुहुन्छ अमेरिकाको नागरिक्ता त्यागेर ग्रिनकार्ड राख्ने अनि नेपालमा गई कुनै पार्टीको टिकटमा चुनाव लडन वा राजनीतिक नियुक्ति लिन मिल्छ कि मिल्दैन? त्यस्तै नेपालमा लामो समयसम्म राजनैतिक पार्टीको सक्रिय सदस्यको हैसियतले काम गरे बापतमा जेल परेका, सम्पत्ति गुमाएका, तर पार्टीले टिकट नदिएका कुनै पदमा नियुक्तिका लागि सिफारिस पनि नगरेको, अनि देश अब नसप्रने गरी बिग्रिएको कारणले विरत्तीएर अमेरिका आईपुगेको भन्ने पीडित नेताहरू सोध्ने गर्नुहुन्छ हैन अमेरिकामा बस्ने उपाय के छ वकिल साहेब हामी जस्ताका लागि। आफूले त जीवन त्यस्तै बर्वाद पारियो यो पार्टी र देशका लागि भनेर। छोराछोरीहरुको लागि त केही गर्नु परयो आदि।  यी दुवै थरीका मानिसहरूको आखाले हेर्दा अमेरिका बस्नेले नेपालमा हरियो देख्ने र नेपालमा बस्नेले अमेरिका तिरै हरियो देख्ने गरेको देखिन्छ। यद्यपि यर्थाथता त्यस्तो नहुनसक्छ।  तर कानुन व्यवसायीको भने दुवै पक्षको मूल्याङ्कन आ आफनै ठाऊमा सत्य नै होलान् भन्ने ठानेर जानेका कुरा बताउने मात्र कर्तव्य रहेको हुदा यो सानो लेखमा अमेरिकाको नागरिक्ता त्यागी ग्रिनकार्डमात्र राखेर नेपालको राजनीति गर्न सकिन्छ कि सकिदैन? भन्ने विषयमा मात्र सामान्य चर्चा गर्ने प्रयास गरिएको छ।

अमेरिकाको अंगिकृत नागरिकता प्राप्त गरेको व्यक्तिले यहाको नागरिक्ता त्यागेर ग्रिनकार्ड मात्रै राख्न सक्ने अवस्था सामान्यतया रहदैन। सामान्यतया अमेरिकाको सैनिक सेवामा काम गरेका अन्य अपवादका व्यक्तिहरू बाहेर अमेरिकाको अंगिकृत नागरिक्ता अमेरिकी नागरिक सँग वैवाहिक सम्बन्ध कायम भएको कारणले प्राप्त गर्नुपर्दा ग्रिनकार्ड पाएको मितिले ३ वर्षमा र अन्य तरिकाबाट ग्रिनकार्ड पाएको अवस्थामा ५ वर्षपछि अंगिकृत नागरिक्ताको निवेदन दिनका लागि व्यक्ति योग्य हुन्छ। नागरिक्ता प्राप्तिका लागि विदेशी व्यक्तिले सो समय पुग्नु भन्दा ३ महिना अगाडी नै अमेरिकी अध्यागमन विभाग समक्ष निवेदन दिन सक्दछन। तर व्यक्तिले सामान्यता आधा समय भन्दा बढी अमेरिकामा निरन्तर रूपबाट बसोबास गरेको र एकपटकको विदेशको बसाई ६ महिना वा १ वर्ष भन्दा बढी नभएको हुनुपर्दछ। यस्का साथै व्यक्तिले आफूले नागरिक्ताको निवेदन दिनुभन्दा अगाडी ३ वा ५ वर्षसम्म राम्रो चरित्र कायम गरेको प्रमाणित गर्नुका साथै अङ्ग्रेजी भाषाको सामान्य बोलचाल र लेखाइको परीक्षा पास गरी अमेरिकी अद्यागमन विभागले तयार पारेको नागरिक परीक्षा सिभिक टेस्ट पनि पास गर्नु पर्दछ। कतिपय व्यक्तिहरू नागरिक्ताको लागि चाहिने एन ४०० नामक फाराममा लेखिएको निर्देशिका पढेर फाराम भरी अन्र्तवार्ताको क्रममा अद्यागमन अधिकृत समक्ष उपस्थित भै सबै परीक्षा पास गरेपछि अधिकृतबाट नागरिक्ताको प्रमाणपत्र पाऊनुको साटो ग्रिनकार्ड लिदा खेरि मmुठृो विवरण पेस गरी ग्रिनकार्ड लिएको वा अमुक अपराध गरेको देखिएको हुदा ग्रिनकार्ड बदर गरी देश निष्कासनको मुद्दा अदालतमा पेस गरिन्छ भन्ने व्यहोराको सूचना लिएर आउने गर्दछ।

अमेरीको अंगिकृत नागरिक्ता पाउन कठिन परीक्षा पास गर्नु पर्दछ। त्यसैले नागरिक्ताको लागि निवेदन दिनु भन्दा अगाडी कानुन व्यवसायीको सहयोग लिनु उचित हुन्छ। किनकि यसबेला व्यक्तिले अगाडी कुनै गलत कुराहरू उल्लेख गरेको रहेछ भने त्यो पनि पत्ता लगाउने प्रयास गरिन्छ। यसरी कठिन परीक्षा पास गरी लिएको अंगिकृत नागरिक्ता परित्याग गर्ने कानुनी व्यवस्थाको प्रक्रिया पुरा गरी व्यक्तिले अंगिकृत नागरिक्ता परित्याग गरेमा ग्रिनकार्ड समेत गुमाउनु पर्ने हुन्छ। किनकि ग्रिनकार्डको हैसियत छाडेर व्यक्तिले अंगिकृत नागरिक्ता लिईसकेपछि उस्ले ग्रिनकार्डको स्टाटस वा खुडकिलो गुमाई सकेको हुन्छ। जसरी नन ईमिग्रायान्ट भिसा अर्थात् अस्थायी भिसा, बिवान। बिटु।एफ वन, एच वन आदि, बाट ग्रिनकार्ड अर्थात् स्थायी भिसाको श्रेणीमा गएपछि अस्थायी श्रेणीको अस्तित्व स्वद समाप्त हुन्छ र व्यक्ति पुन अस्थायी श्रेणीमा फर्कन्छु भन्न पाऊदैन। भिसा परिवर्तन सामान्यतया एउटा अस्थायी भिसाबाट अर्कोमा मात्र गर्न र बढाउन सकिन्छ। त्यसैले आफूले पाएको अंगिकृत नागरिक्त परित्याग गरिसकेपछि पुन व्यक्तिले आफूले पाएको पहिलेको ग्रिनकार्ड पाउन सक्दैन।

अमेरिकाको अंगिकृत नागरिकले आफूले पाएको नागरिक्ता परित्याग गर्न चाहाने हो भने त्यो काम अमेरिकामा नै गर्ने नभै सम्बन्धित देशमा रहेको अमेरिकी राजदूतावासको काउन्सुलेट अफिसमा गै गर्नु पर्दछ। Section 349(a)(5) of the Immigration and Nationality Act (INA) (8 U.S.C. 1481(a)(5)) is the section of law governing the right of a United States citizen to renounce his or her U.S. citizenship. That section of law provides for the loss of nationality by voluntarily.

"(5) making a formal renunciation of nationality before a diplomatic or consular officer of the United States in a foreign state , in such form as may be prescribed by the Secretary of State"

(emphasis added). http://travel.state.gov/law/citizenship/citizenship_776.html

अमेरिकी कन्सुलेट अफिसको कन्सुलर वा डिप्लोमेट समक्ष उपस्थित भै म अमेरिकाको अंगिकृत नागरिक्ता परित्याग गर्दछृ भनेर वा निवेदन दिएर मात्रै नागरिक्ता परित्याग हुन सक्दनैन। किनकि यस्को लागि कानुनले तोकिएको प्रकृयागत कुराहरू पुरा भएको हुनुपर्दछ। व्यक्तिले एक पटक तोकिएको प्रक्रिया पुरा गरी नागरिक्ता परित्याग गरेपछि पुन त्यही अंगिकृत नागरिक्ता फिर्ता पाउन अत्यन्त कठिन हुन्छ। यद्यपि व्यक्तिले राजीखुरी साथ जानी जानी परित्याग गरेको होइन भनी पुन निवेदन दिदा साचो ठहरियो भने सोही परित्याग गरिएको अंगिकृत नागरिकता पुर्ववत अवस्थामा फर्कन सक्छ। भनिन्छ यस्तो अवस्था भने अपवादको रूपमा मात्र आउन सक्दछ। जस्तो कि दोश्रो विश्वयुद्धको समयमा जापान र अमेरिकाको दोहोरो नागरिक्ता रहेको जापानीजलाई निजले अमेरिको नागरिक्ता परित्याग नगरेमा कठोर सजाय दिने धम्की जापानीज सरकारले दिएको कारणले दबाबमा परी अमेरिकी नागरिक्ता परित्याग गरेको पुष्टि भएको हुदा परित्याग गरिएको नागरिक्ता पुर्ववत कायम गरिएको थियो।

यसका बावजुत पनि कसैले अमेरिकाको अंगिकृत नागरिक्ता त्यागेर नेपालको राजनीति गर्ने हो भने उताको कानुनी व्यवस्था पनि हेर्नुपर्ने हुन्छ। किनकि अमेरिकाको नागरिक्ता लिएको मितिबाटै नेपालको नागरिक्ता गुमेको हुदा सुविधा पाउन मिल्दैन भन्ने विवाद उता तपाईँको कारणले भाग खोसीनेहरुले नउठला भन्न सकिदैन। निर्विवाद रूपबाट तपाईँले नेपाली नागरिकको हैसियतले राजनीतिक पार्टीको टिकट पाई चुनाव लडेर जितेमा वा कुनै नियुक्ति पाई देशकामा विधिको शासन कायम गराई देशको उन्नति र प्रगतिका लागि योगदान दिन सक्नु भएमा तपाईँ, तपाईँको परिवार र देश र विदेशमा बस्ने सबैका लागि राम्रो हुनेछ। यदि तपाईँ पनि फेरी विरक्तीएर अरू नेताजी जस्तै अमेरिकामा आउन चाहानु भयो भने पुन अर्को ग्रिनकार्डको बाटो खोज्न सक्नु हुने छ जसरी पहिलो खोजेर अमेरिकाको ग्रिनकार्ड लिनु भएको थियो। होइन भने अरूले झै तपाईँ पनि अमेरिकामा नै बसेर नेपालको राजनीतिक गर्नुहोला। किनकि सामान्यतया अमेरिकाको अंगिकृत नागरिकता प्राप्त गरेको व्यक्तिले यहाको नागरिक्ता त्यागेर ग्रिनकार्ड मात्रै राख्न सक्ने अवस्था कानुनले गरेको छैन।

(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक