Similar Articles

NY Train Accident

बिराट नेपाल

न्युयोर्क, न्युयोर्कको ब्रोंसमा आईतबार बिहान यात्रुबाहक रेल दुर्घटना हुंदा ४ जनाको मृत्यु भएको छ भने ६७ जना घाईते भएका छन् । ब्रोंक्सको स्पुयटेन डुयभिल स्टेशन नजिकै भएको दुर्घटनामा रेलका दुई वटा डिब्बाहरु चुडिएर उछिट्टिएकोले दुर्घटना भएको सिएनएनले जनाएको छ । दुई वटा डिब्बा मध्ये एउटा डिब्बा हार्लेम नदिको नजिकै पुगेको जनाईएको छ । घटना लगत्तै घटना स्थलमा उद्धारकर्मी पुगेका थिए भने न्युयोर्क राज्यका गर्भनर एन्ड्रिउ कुमो पनि घटना स्थल पुगेर निरीक्षण गर्नुभएको थियो । रेलको गति कस्तो थियो र रेल भित्र कती यात्रु थिए भन्ने कुराको भने अझै पत्ता नलागेको समाचारहरुले जनाएका छन् । रेलमा रहेका यात्रुलाई उद्धृत गर्दै डब्लुएबीसीले जनाए अनुसार रेल सामान्य अवस्थामा भन्दा दु्रत गतिमा रहेको र रेलका चालकले बे्रक लगाउन खोज्दा पनि रेल नरोकिएको महषुश गरेको बताएका छन् । घटनामा रेलका चालक समेत घाईते भएका छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक