Similar Articles

अमेरिकन नागरिक को बुवा-आमा, अबिबाहित बच्चा- बच्ची र श्रीमान/श्रीमती को लागि ग्रीन कार्ड सम्बन्धी । -- बासु फुलारा

बिराट नेपाल

तपाईँ अमेरिकाको नागरिक भैसक्नु भएको छ र तपाईँ को आफन्त हरू लाई ग्रीन कार्ड का लागि पिटिसन गर्ने योजना मा हुनु हुन्छ भने तल उल्लिखित आफन्त हरू तपाईँ को सबै भन्दा नजिक को आफन्त अर्थात् नजिक को नातेदार मा गणना मा पर्छन। (१) श्रीमान/श्रीमती; (२)अमेरिकाको नागरिक को २१ वर्ष मुनिका अबिबाहित बच्चा- बच्चीहरु र (३)अमेरिकाको नागरिक को  बुवा आमा ।

सरल तरिका ले उल्लेख गर्नु पर्दा तपाईँ अमेरिकाको नागरिक भएको नाता ले तपाईँ को श्रीमान/श्रीमती, २१ वर्ष मुनिका अबिबाहित बच्चा- बच्चीहरु र (३) बुवा आमा को लागि ग्रीन कार्ड को कोटा जहिले पनि उपलब्ध हुन्छ र ग्रीन कार्ड  को लागि भिसा को कोटा उपलब्ध हुने कि नहुने भनेर तपाईँ ले समय कुर्नु पर्ने हुदैन। तर तपाईँ ले आफ्नो बुवा आमा को को लागि ग्रीन कार्ड को लागि पिटिसन फाइल गर्दा भने तपाईँ २१ वर्ष भन्दा माथि को उमेर को हुनु हुन्छ।

अन्त्यमा, तपाईँ अमेरिकाको नागरिक हुनु हुन्छ र तपाईँको ग्रीन कार्ड नभएका श्रीमान/श्रीमती, बुवा आमा र २१ वर्ष मुनिका अबिबाहित बच्चा- बच्चीहरु पनि अमेरिका मा नै हुनु हुन्छ भने तपाईँ ले ऊहा हरू को लागि आइ-१३० पिटीसन र आइ-४८५ सँग सँगै एक साथ फाइल गर्न सक्नु हुन्छ। आइ-१३० पिटीसन र आइ-४८५ लाई यु. एस. सी. आइ. एसले स्वीकृति गरेको खण्डमा तपाईँको श्रीमान/श्रीमती, बुवा आमा र २१ वर्ष मुनिका अबिबाहित बच्चा बच्चीहरु पनि अमेरिका ग्रीन कार्ड पाउन सक्नु हुनेछ ।

=========================================================

(बासु फुलारा नेपाली-अमेरिकन समुदाय माझ चर्तित यटर्नी-एट-ल हुनुहुन्छ । यो लेखमा व्यक्त विचारहरू पाठकका जानकारीकालागि सुझावहरू मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाँको कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटस्को फोन नम्बर: ७१८-६०६-६४७४ मा सम्पर्क राख्न सक्नु हुनेछ --सम्पादक)
=========================================================

क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी-एट- बासु फुलारा

http://www.facebook.com/bashu.phulara

कार्यालय: (७१८) ६०६-६४७४, इमेल: bp@chhetrylaw.com




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक