Similar Articles

अमेरिका मा रोजगारीमा आधारित १ लाख ४० हजार ग्रीन कार्ड को कोटा सम्बन्धी । - यटर्नी-एट-ल बासु फुलारा

बिराट नेपाल

अमेरिका मा वर्षेनी संसार भरि का हजारौँ योग्य व्यक्ति हरू ले रोजगारी मा आधारित ग्रीन कार्ड प्राप्त गर्ने गर्छन् र रोजगारी को माध्यम द्वारा ग्रीन कार्ड पाउने ५ वटा प्रमुख आधारहरु जसमध्य छोटकरी मा: ई. बि.-१ को प्राथमिकता मा पर्ने व्यक्ति हरू जस्तै: असाधारण प्रतिभा भएको व्यक्ति, उत्कृष्ट प्राध्यापक अथवा अनुसन्धान कर्ता अथवा मल्टिनेसनल एक्जक्युटिभ हरू ले निश्चित आधार हरू पुगेको खण्डमा ग्रीन कार्ड को लागि योग्य हुन सक्छन्, संसार भरि का मुलुक हरू का योग्य व्यक्ति हरू का लागि रोजगारी मा आधारित कुल कोटा को १,४०,००० को २८.६ प्रतिशत अर्थात् ४०,००० हजार सम्म को ग्रीन कार्ड को कोटा ई. बि.-१ को प्राथमिकता मा पर्ने व्यक्ति हरू का लागि छुट्याईएको हुन्छ।


ई. बि.-२ को प्राथमिकता मा पर्ने व्यक्ति हरू: अमेरिका मा उच्च श्रेणी/समानान्तर डिग्री हासिल गरेका व्यवसायी हरू अथवा एक्सेप्सनल विदेशी नागरिक हरू ले पनि कुल १४०००० को २८.६ प्रतिशत अर्थात् उपलब्ध ४०,००० हजार कोटा को ग्रीन कार्ड का लागि योग्य हुन सक्छन् ।ई. बि.-३ को प्राथमिकता मा पर्ने व्यक्ति हरू: योग्यता/शिप पुगेका कुशल, ब्यबसायिक अथवा अरू कामदार हरू पनि १४०००० को २८.६ प्रतिशत अर्थात् ४०,००० हजार सम्म ग्रीन कार्ड को लागि योग्य हुन सक्छन्। ई. बि.-४ को प्राथमिकता मा पर्ने व्यक्ति हरू: विशेष आप्रबाशी हरू जस्तै: धार्मिक कामदार हरू, ब्रोडकास्टार, अन्तरास्ट्रिय अर्गनाईजेसन मा काम गर्ने कामदार आदि हरू कुल १४०००० को ७.१ प्रतिशत अर्थात् १०,००० हजार सम्म ग्रीन कार्ड को कोटा का लागि योग्य हुन् सक्छन्। ई. बि.-५  को प्राथमिकता मा पर्ने व्यक्ति हरू: कमर्सियेल इन्टरप्राईजेज मा लगानी गर्ने वैदेशिक लगानीकर्ता हरू ले पनि १४०,००० को ७.१ प्रतिशत अर्थात् १०,००० हजार को ग्रीन कार्ड को

कोटा का लागि योग्य हुन् सक्छन्।

 (बासु फुलारा नेपाली-अमेरिकन समुदाय माझ चर्तित यटर्नी-एट-ल हुनुहुन्छ । यो लेखमा व्यक्त विचारहरू पाठकका जानकारीकालागि सुझावहरू मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाँको कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटस्को फोन नम्बर: ७१८-६०६-६४७४ मा सम्पर्क राख्न सक्नु हुनेछ )।

क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी-एट-ल बासु फुलारा
फेसबुक-प्रोफाइल: http://www.facebook.com/bashu.phulara
इमेल: bp@chhetrylaw.co
डाईरेक्ट: ७१८-४४०-५७५४

Comments (1)

Manoj Adhikari on

WHat is the way for Nepali BN Nurses to get US working visa please?



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक