Similar Articles

अमेरिकामा कामदारको हैसियतले ग्रिनकार्ड बनाउने क्रममा शेर्पाजी पनि ठगिएछन् - विनोद रोका, एर्टनी एट ल

बिराट नेपाल

अमेरिकामा आउने वित्तिक्कै अधिकांश आप्रवासीहरु कामगरेर पैसा कमाउन खोज्दछन् । काम गर्नकालागि काम गर्न पाउने अनुमतिपत्र अर्थात् वर्कअथराईजेशन, अद्यागमन विभागबाट पाउनु पर्दछ । त्यो अनुमतिपत्र पाउनका लागि अस्थायी कामदार वा स्थायी कामदारको भिसा हुनुपर्दछ। यसरी कामदारको हैसियतले कामगर्ने अनुमतिपत्र वा ग्रिनकार्ड पाएपछिमात्र सोसलसेक्युरिटी नम्बर प्राप्तहुन्छ। कामदारले कामगर्ने अनुमतिपत्र र सोसलसेक्युरिटी नम्बर रोजगारदातालाई दिएपछि उनीहरूले त्यस्को सत्यता जाचेर मात्र काममा राख्दछन् । अस्थायी वा स्थायीरुपबाट काम गर्नकालागि कामदारले सामान्यतया असाधारण प्रतिभाको श्रेणीको भिसा बाहेक अरूका लागि अमेरिकी रोजगारदाता स्पोन्सर पाउनु पर्दछ। स्थायी अर्थात् ग्रिनकार्डकालागि कुनै कामदारले स्पोन्सर गर्नुभन्दा अगाडी काम गराईने क्षेत्रको अमेरिकी श्रम बजारमा त्यो योग्यता र दक्षता भएको कामदारको अभाव छ भन्ने प्रमाणित गर्नका लागि विज्ञापन निकाल्नुपर्दछ। यसरी विज्ञापन निकाल्दा कोहीपनि अमेरिकी कामदारहरु पाईएन भनेमात्र रोजगारदाताले श्रम विभागसमक्ष विदेशी कामदार राख्न पाउँ भनी लेवर सर्टिफिकेशनको लागि अनुरोध गर्दछ। यसरी गरिएको अनुरोधमा सत्यता देखिएमा श्रम विभागले लेवरसर्टिफिकेशन स्वीकृत गर्दछ।

श्रम विभागले स्वीकृत गरिसकेपछि रोजगारदाताले अद्यागमन विभाग समक्ष विदेशी कामदारकोलागि भिसा स्वीकृत गरीपाऊ भनी निवेदन दिनुपर्दछ। यसरी दिइने निवेदनमा रोजगारदाताले आफू वा आफ्नो कम्पनीसंग कामदार चाहियो भनी कार्वाही सुरु गरेको मितिबाट कामदार लाई राख्ने समयसम्म कामदारलाई दिन्छु भनी तोकिएको तलब दिनसक्ने हैसियत रहेको र विदेशी कामदारलाई स्थायीरुपबाटै काममा राख्नुपर्ने अवस्था रहेको तथ्य पुष्टि गर्नुपर्दछ। अद्यागमन विभागले रोजगारदाताको तर्फबाट दिएको भिसाको निवेदन स्वीकृत गर्‍यो भने त्यस्मा भिसाको निवेदन स्वीकृत भएको मिति र उक्त निवेदनको प्रायोरिटी डेट अर्थात् भिसा पाउने प्राथमिकताको मिति लेख्दछ जुन श्रम विभागमा निवेदन दर्ता भएको मिति हुने गर्दछ।

कामदारको लागि अमेरिकामा काम गर्न पाउने ग्रिनकार्डको भिसा निवेदन स्वीकृत भएपछि जबसम्म त्यो भिसाको पालो आऊदैन, तबसम्म कामदारले कामगर्न पाउने ईजाजतपत्र र ग्रिनकार्डको लागि अद्यागमन विभाग समक्ष निवेदन दिन पाउँदैन। अर्थात् त्यो श्रेणीलाई त्यो वर्षका लागि छुट्याईको भिसाको सङ्ख्या भन्दा बढी भिसाका निवे दनहरु स्वीकृत हुन्छन्। अनि भिसाको सङ्ख्या भन्दा भिसा माग गर्नेको सङ्ख्या बढी हुने हुँदा नयाँको पालो पुराना मितिमा स्वीकृत भएका भिसाका वेनिफिसियरीहरुले ग्रिनकार्ड पाएपछि मात्र आउने हुँदा भिसाको श्रे णी अनुसार ६ महिनादेखि ३।४ वर्षसम्म पनि पर्खनु पर्नेहुन्छ जबसम्म भिसा करेण्ट अर्थात् उपलब्ध हुँदैन। भिसा करेण्ट भएपछि पनि विदेशी कामदारले ग्रिनकार्डको लागि अद्यागमन विभाग समक्ष निवेदन पेस गर्दा अपवाद बाहेकका अवस्थामा आफू स्टाट्समै रहेको देखाउनु पर्दछ यदि २४५ आइको बे निफिसियरी छैन भने। यस्का अतिरिक्त पनि अमेरिकामा सामान्यतया अद्यागमको निरिक्षण इन्सपेक्सन बिना बोर्डर पार गरेर अमेरिका आएका, अन्य केही भिसामा आएका र अमेरिकामा ग्रिनकार्ड लिन नपाउने भनी तोकिएका विदेशीहरु, तोकिएको आपराधिक गतिविधिमा लागेका, निश्चित रूपका रोग लागेका विदेशीहरूले अमे रीकामा पस्न र बस्न पाउँदैनन अर्थात् आफ्नो स्टाटस एडजस्ट गराएर अमेरिकाको ग्रिनकार्ड लिन सकदैनन्।

http://www.uscis.gov/sites/default/files/files/form/i-485instr.pdf।
 
अमेरिकी अद्यागमन कानृनमा दक्षता राख्ने लाईसेन्स पाएको वकिलले कसैको लागि सल्लाह दिँदा माथि लेखिएको व्यवस्थालाई ध्यानमा राखेर काम अगाडी बढाउदछन। तर यस्तो व्यवस्था भएरपनि कतिपय अवस्थामा नेपालीहरू कहिले एजेण्ट त कहिले नठगिने ठाऊबाटै ठगिने गर्दछन। यसै सन्र्दभमा एउटा सान्र्दभीक घटनालाई जोडन चाहान्छृ। प्रसङ्ग सेर्पा थर भएका एकजना नेपाली मित्रको। शेर्पाजीलाई मेरो कार्यालयमा अर्का सेर्पा मित्रले आफनो काम मेरो सहयोगले सफल भएको हुँदा एकपटक मेरो राय लिनुहोस न भनी समय मिलाई लिएर आउनु भएको थियो। मैले उहाँलाई आउनु भन्दा अगाडी के विषयमा होला भनी सो धेको थिए। जवाफमा उन्ले साथीको काम अरुनै विदेशी वकिलले गरिदिएको, लेवरसर्टिफिकेशन भै अद्यागमन विभागले मैनेजरको पदमा ग्रिनकार्डको लागि भिसा स्वीकृत गरेको धेरै भयो तर अहिलेसम्म ग्रि नकार्डको प्रक्रिया अगाडी बढाएको रहेनछ भन्नुभयो।

शेर्पाजीले मलाई आफना सबै कागजातहरु दे खाऊनु भयो त्यस्मा वकिलले अङ्ग्रेजी भाषामा तयार पारेको लामो रिटेनर अर्थात् करारनामा पनि थियो जस्मा फिस कसरी र कहिले तिर्ने जस्ता शर्तहरु राखिएका थिए। शेर्पाजी २००४ साल तिर बोर्डर पार गरेर अमेरिकामा आएका रहेछन् राम्रै रकम दलाललाई ख्वाएर। अनि कामगर्ने ठाउँको मालिकले उहाँलाई मैनेजर मा ग्रिनकार्डका लागि स्पोन्सर गरिदिने प्रस्ताव राखेछन् तर खर्च भने शेर्पाजीले नै गर्नुपर्ने गरी।
 
शेर्पाजी त्यसपछि विदेशी वकिलकहाँ गै ग्रिनकार्डको प्रक्रिया अगाडी बढाउनु भएछ रिटेनर मा सही गरेर। तोकिएको फि र खर्च दिएर काम अगाडी बढयो। श्रम विभागबाट लेवर सर्टिफिकेशन स्वीकृत भै अद्यागमन विभागले पनि मैनेजर पदको लागि भनेर भिसा स्वीकृत गरेछ २००९ सालतिरै । शेर्पाजी चाहन्थे ग्रिनकार्डको प्रक्रिया चाडै सुरुगरी ग्रिनकार्ड लिने र नेपालबाट श्रीमती र नानीहरूलाई अमेरिकामा चाडै झिकाउने। तर भिसाको निवेदन स्वीकृत भएको यतिका समयपछि पनि वकिलले ग्रिनकार्डको प्रक्रिया अगाडी नबढाएको हुदा चिन्तित हुनुहुँदो रहेछ जुन स्वभाविकै हो। अनि वकिललाई सोध्दा अझै पर्खनुपर्छ, बेला भएको छैन, भन्ने जवाफ पाउनु हुँदो रहेछ । उहाँको भनाई अनुसार यो बेलासम्ममा करिब ८ हजार डलर ग्रिनकार्डको लागि खर्च भैसकेको रहेछ । अरू खर्च त बाँकी नै थियो ग्रिनकार्डको लागि ।

मैले उहाँको सबै कुरा सुनेपछि भने तपाईँले अमेरिकामा ग्रिनकार्ड पाउनै सक्नुहुन्न अहिले को कानुन अनुसार। मेरो कुरा सुनेर उहाँ अमिल्लीनु भयो। मैले उहाँलाई कारण बताउँदै भने किनकि तपाईँ यो देशमा अद्यागमनको अनुमतिले ईन्सपेक्सन नभै बोर्डर पार गरेर आउनु भएको हुदा आफनो स्टाट्स एडजस्ट ग्रिनकार्डमा गराउन अयोग्य हुनुहुन्छ। यदि तपाईँ सन २००० को डिसे म्बर २० मा अमेरिकामा हुनुहुन्थ्यो र तपाईँको लागि कसैले स्वीकृत हुनसक्ने भिसाको निवेदन सन २००१ को अप्रिल ३० भन्दा अगाडी अमेरिकी श्रम वा अद्यागमन विभाग समक्ष दिएको थियो भने मात्र तपाईँ २४५ आइको आधारमा १००० डलर जरिवाना तिरी अमेरिकामा ग्रिनकार्ड लिन सक्नु हुन्थ्यो तर तपाईँको हकमा यो अवस्था नरहेको हुँदा यो भिसाको निवेदन स्वीकृत हुनुले कुनै अर्थ राख्दैन जबसम्म अर्को २४५ आइको लागि कानुनमा संशोधन हुँदैन। अनि भने यस्तो अनिश्चित अवस्थामा त ग्रिनकार्डको प्रक्रिया प्राय गरेर म त अगाडी बढाउने सल्लाह दिन्न कसैलाई पनि किनकि पछि कानुनमा संशोधन हुन्छकि हुँदैन भन्ने कुराको कुनै निश्चितता हुँदैन। तपाईँले वकिललाई सोध्नु भएन त यस्तो कुरा भनी सोधे। शेर्पाजीले आफूले अङ्ग्रेजी भाषा राम्ररी बोल्न र बुझ्न नसक्ने। गएर बुझ्दा ग्रिनकार्ड हुन्छ पर्ख भन्ने जवाफ मात्र पाऊछु भन्नु भयो ।

मैले फेरी भने अहिले डिसेम्बर २०१३ मा मैनेजर तहको तेस्रो श्रेणीको कामदारको भिसा पाउने पालो अक्टोबर १, २०११ http://www.travel.state.gov/visa/bulletin/bulletin_6211.html सालको प्राथमिकता भएका निवेदनहरुले पाइरहेका छन् तर तपाईँको निवेदनको प्राओरिटी मिति त्यो भन्दा अगाडीको छ, त्यसर्थ हाल्नमिल्ने भए वकिलले हालिहाल्थे नि? भने। अनि शेर्पाजीलाई सोधे तपाईँले नेपाली वकिलकहा गएर एकपल्ट सो धेको भए आफनै भाषामा यस विषयमा कुरा त बुझाईदिन्थे नि? किन त्यसो गर्नु भएन भनी प्रश्न गरे। जवाफमा शेर्पाजीले एकजना नेपाली वकिलकहा त गएको हो उन्ले तिमि भिसामा नआएको हुदा ग्रि नकार्ड पाऊदैनौ भने अरू बाकी कुरा विस्तृतमा केही भनेनन् । मालिकले ग्रिनकार्डको लागि स्पोन्सर गरिदिन्छु भनेका अनि आफुलाईपनि ग्रिनकार्ड चाहिएको थियो ।

एकजना नेपालीले विदेशी वकिलकहा जानुपर्छ । उनीहरूलाई बढी थाहा हुन्छ नेपाली वकिललाई भन्दा भन्ने सल्लाह दिए अनि यतैका वकिलकहा जाऊ भनेर गईयो। अनि विदेशी वकिलले ग्रिनकार्ड बन्छ भनेको हुदा त्यहीबाट काम सुरु गरे भने। मैले उहालाई आजकाल त आफनैले पनि कमिशन पाउने लोभमा आफनैलाई फसाईदिन्छन अमेरिकामा। त्यसपछि मैले उहाकोसंग भएको करारनामा अर्थात् रिटेनरको अन्तिम पन्नामा लेखिएको लाइनतिर हे र्दै भने यहाँ त स्पष्टरुपले लेखिएको छ तपाईँले २४५ आई जस्तो कानुन भविष्यमा पास भएर आयो भने मात्र ग्रिनकार्ड पाउन सक्नुहुन्छ होइन भने सक्नुहुन्न भन्ने.. तपाईँले यो कुरा नबुझि कसरी सहीगर्नु भो त? भनी सोध्दा शेर्पाजीले भने त्यस्तो लेखेको छ भन्ने केही थाहा भएन। नेपालीमा पढेर सुनाइएन पनि। मैले त ग्रिनकार्ड हुन्छ भनेको हुदा त्यत्रो खर्च गरेर यो काम अगाडी बढाएको हुँ। अब के गर्ने वकिलसाहेव भने। मैले शेर्पाजीलाई भने अरू गैरवकिलबाट ठगिन्थे तपाईँ भने वकिलबाटै ठगिनु भएछ आफनै मान्छेको मद्दतले। जानुहोस मैले माथि भनेका कुराको आधारमा आफना कुरा राख्नुहोस वकिलसंग र पैसा फिर्ता माग्नुहोस? होइन भने वकिलका विरुद्धमा उजुरीदिनुहोस भनी उहालाई बिदा दिए। तर मैले भने आफूले लिने गरेको ५० डलर फिस लिनसकिन अन्त गएर नहुने काममा करिब ८ हजार खर्चगर्ने शेर्पाजीबाट।


================================================================
(विनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ। तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए टे लिफोन मार्फत कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक