Similar Articles

अमेरिकामा ग्रीन कार्ड पाउन सकिने केही कानुनी आधार सम्बन्धी जानकारी -यटर्नी एट ल बासु फुलारा

बिराट नेपाल

तपाईँले अमेरिकामा पोलिटिकल असाइलमका लागि निवेदन दिएर स्वीकृत भएको अवस्था छ ? छ भने तपाईँले असाईलीको दर्जा पाउनु हुन्छ,  यदि तपाईँले अमेरिकामा असाईलीको दर्जा पाउनुभयो भने निवेदन स्वीकृत भएको १ वर्ष पछाडि तपाईँले अमेरिकाको ग्रीन कार्डका लागि फाइल गर्न पाउनुहुन्छ र अमेरिकाको स्थायी बासिन्दा हुन पाउनु हुन्छ। तपाईँले पोलिटिकल असाइलमका लागि निवेदन दिँदा  तपाईँले श्रीमती र छोरा-छोरीहरुको नाम पनि राख्नु भएको छ अर्थात् उहाँहरू असाईलीको रूपमा तपाईसंग अमेरिकामा आउनु भएको छ भने उहाँहरूले पनि अमेरिकाको ग्रीन कार्डका लागि फाइल गर्न पाउनु हुन्छ।

विस्तृत जानकारी का लागि, यदि तपाईँ आफ्नो देशमा बस्दाखेरी १ जाति वर्ण  राष्ट्रियतास ३ धर्म ४ निश्चित सामुदायिक समूहको सदस्यता अर्थात्, ५ राजनीतिक आस्थाका आधारमा तपाईँलाई कुनै वर्ग अर्थात् समूहद्वारा शोषित गरिएको, अभियोग लगाइएको, यातना दिइएको र तपाईँ आफ्नो देशमा बस्दाखेरी फेरी पनि पीडित हुने, जिउ ज्यान सुरक्षित नहुने र भविष्यमा पनि तपाईँले आफ्नो देशमा निरन्तर बसिरहेको खण्डमा अर्थात् तपाईँ विदेशमा हुनुहुन्छ भने आफ्नो देशमा फर्केर गएको खण्डमा गम्भीर जोखिम उठाउनु पर्ने, अर्थात् तपाईँमाथि उल्लिखित ५ वटा बुँदाहरु मध्ये कुनै एउटा बुँदाका आधारमा आफूलाई भविष्यमा पनि यातना पाउन सक्ने दरो सम्भावना र डर त्रास तपाईँसँग कायमै छ भने तपाईँ अमेरिकामा पोलिटिकल असाइलमका लागि निवेदन दिन योग्य हुनु हुन्छ ।

 à¤¤à¤ªà¤¾à¤ˆà¤à¤•à¥‹ अमेरिकन नागरिकसंग विवाह भएको खण्डमा तपाईँले अमेरिकामा ग्रीन कार्ड पाउन सक्नु हुन्छ। अमेरिकन नागरिकसंग विवाह गरिसकेपछी खुसीको कुरा के छ भने संख्यात्मक तरिकाले ग्रीन कार्ड पाउने कुनै सीमित वार्षिक कोटाको बन्देज यसमा हुँदैन र तपाईँले चाडै ग्रीन कार्ड पाउन सक्नु हुन्छ तर थाहा पाउनु पर्ने कुरा केछ भने तपाईँको विवाह साचो हुनु पर्छ, कुनै पनि जालसाज र ठगि गरेर विवाह गरेको हुनु हुन्न । तपाईँले अध्यागमनको कागजको लागि भनेर विवाह गरेको हुनु हुन्न, तपाईँको एक अर्का प्रतिको दाम्पत्य जीवनमा हुनु पर्ने माया र जिम्मेवारी हुनु पर्छ र विवाह गरेपछि दुवै जनाले वैवाहिक जीवन सँगै बिताएको हुनु पर्छ । संछिप्तमा भन्नु पर्दा विवाह सम्पूर्ण रूपमा कानुनी हुनु पर्छ।

तपाईँ असाधारण योग्यता, प्रतिभा र सामर्थ्यका धनी हुनुहुन्छ र तपाईँले निम्न क्षेत्रहरू, १ विज्ञान, २ कला, ३ शिक्षा, ४ व्यापार, र ५ खेलकुद मा आफ्नो नाम सबै भन्दा माथि राख्नु भएको छ र सम्बन्धित क्षेत्र मा तपाईँले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तर मा हासिल गरेको उपलब्धि विस्तृत रूपमा दरिलो प्रमाण, दस्ताबेज, पेपर, अथवा डक्युमेन्टका आधारमा तपाईँले आफूलाई असाधारण योग्यता भएको व्यक्तिको रूपमा प्रमाणित गर्न सक्नुभो भने तपाईँ अमेरिकामा ग्रीन कार्ड पाउन सक्नु हुन्छ। तपाईँले आफूले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तरमा कमाएको ख्याती भने तपाईँले प्रमाणित गर्नुपर्छ।

तपाईँले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तरमा कमाएको ख्याती अमेरिकाको कार्यान्वयन गर्ने कानुन मा उल्लिखित १० वटा योग्यता प्राप्त आधारहरु मध्य कम्तीमा पनि ३ वटा आधारहरु तपाईँले प्रमाणित गर्नुपर्छ। खुसीको कुरा के छ भने तपाईँले यसरी ग्रीन कार्डका लागि निवेदन दिदा कुनै रोजगारीको प्रस्ताव अर्थात् स्पोन्सरको आवश्यकता पर्दैन, तपाईँले आफै निवेदन दिन सक्नुहुन्छ । अमेरिकाको अध्यागमन कानुनका अनुसार तपाईँ अमेरिकामा आउदा आफ्नो असाधारण योग्यता भएको क्षेत्रमा तपाईँले काम जारी राख्ने प्रतिबद्धता देखाउनु पर्छ। त्यसै गरी तपाईँको अमेरिकाको आगमनले गर्दा खेरि अमेरिकालाई पनि लाभ  हुनु पर्ने हुन्छ।
=======================================================
बासु फुलारा नेपाली - अमेरिकन समुदाय माझ चर्तित यटर्नी (एट) ल हुनुहुन्छ । यो लेखमा व्यक्त विचारहरू पाठकका जानकारीका लागि सुझावहरू मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी (एट) ल बासु फुलारालाई उहाँको कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटस् को फोन नम्बरस् ७१८-६०६-६४७४ मा सम्पर्क राख्न सक्नुहुनेछ ।

=========================================================
क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी एट ल बासु फुलारा
फेसबुक-प्रोफाइलस्
http://www.facebook.com/bashu.phulara
कार्यालयस् ९७१८० ६०६-६४७४, इमेल
bp@chhetrylaw.com


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक