Similar Articles

अमेरिकामा एफ १ को ओपिटी स्टाटस, क्याप ग्याप, र एच१बी भिसा बारे सामान्य जानकारी ।--विनोद रोका, एर्टनी एट ल, न्युर्योक

बिराट नेपाल

अधिकांश विदेशी विद्यार्थीहरू अमेरिकामा अध्ययनका लागि F-1भिषामा आउने गर्दछन । अमेरिकाको मान्यता प्राप्त विश्वविद्यालयबाट प्रोफेशनल विषयमा ब्याचलर वा मास्टर तहको शिक्षा प्राप्त गरेका विदेशी विद्यार्थीहरूले अध्ययन पश्चात् अमेरिकी कामदारले H-1Bमा स्पोन्सर गरेमा आफनो स्टाटसलाई अमेरिकीमा रहदा नै परिवर्तन गराउन सक्दछन।

प्रत्येक वर्ष F-1 मा रहेका विद्याथीहरुले अमेरिकी रोजगारदाता मार्फत आफनो अध्ययन वा Optional Practical Training (OPT)   मा रहदाको अवस्थामा F-1 बाट H-1B temporary employmentमा आफनो स्टाटस परिवर्तन गरी अमेरिकामा कामदारको हैसियतले अस्थायी रूपबाट काम गर्न र बस्ने समयावधि बढाइ पाउ भनी अमेरिकाको अद्यागमन विभाग समक्ष रोजगारदातको तर्फबाट निवेदन दिने गर्दछन। यसरी अमेरिकी रोजगारदाताको तर्फबाट अद्यागमन बिभागव समक्ष दिइने निवेदनको भिसाको आधारमा काम गर्न पाउने मिति प्रत्येक वर्षको अक्टोबर १ तारिखदेखि मात्र सुरु हुने र यस्तो निवेदन ६ महिना भन्दा अगाडी दिन पाईदैन। तसर्थ भिसाको लागि दिइने निवेदन अप्रिल महिनाको १ तारिखबाट मात्र सुरु हुन्छ। तर कतिपय विद्यार्थीहरूको ओपिटी र ६० दिनको ग्रेस पिरियड समेतको समय  अप्रिल महिनाको १ तारिख भन्दा अगाडी नै सकिने पनि हुन्छ। यत यसरी विद्यार्थीको एफ १ स्टाटस सकिएको र एच१बीको अक्टोबर १ तारिखदेखि पाउन सकिने एच १ बी भिसाको स्टाटसका बिचमा टुटेको बिचको समयलाई ऋबउ न्बउ भनिन्छ।

अमेरिकी अद्यागमन विभागले क्याप ग्यापको समस्यालाई निम्नानुसारको अवस्थामा स्वतः बढने व्यवस्था गरेको छ। निम्नानुसारको अबस्थमा रहेमा विद्यार्थीहरूले एफ १ को स्टाटस सकिएपनि अमेरिकामा नै रहेर एच१बीमा आफनो स्टाटस एडजष्ट गर्न र काम गर्न

१। एफ १ मा रहेका विद्यार्थीलाई अमेरिकी रोजगारदाताले अमेरिकी अद्यागमन त्रिभाग समक्ष समयमा नै अक्टोबर १ तारिख देखि कामगर्ने समय सुरु हुने गरी एच१बीको निवेदन दिएको हुनु पर्दछ।
२। यसरी रोजगारदाताले एच१बीको निवेदन दिदाको अवस्थामा विद्यार्थीले आफनो स्टाटस बिगारेको हुनुहुदैन।
३। अमेरिकी अद्यागमन विभागले तोकिएको समय भित्रै एच१बिको लागि दिएको रितपुर्वकको निवेदन पाईसकेको हुनु पर्दछ।

माथि लेखिएको अवस्था पुरा भएको अवस्थामा विद्याथीको एफ१ स्टाटस वा ओपिटीको काम गर्ने समयावधि पनि  बढदछ। तर ६० दिनको ग्रेस पिरियडमा एच१बीको निवेदन परेको रहेछ भने विद्यार्थीको कामगर्न पाउने वर्क अथराईजेशनको समयावधि बढदैन किनकि यस्ता विद्यार्थीको निवेदन दिने बेलामा नै कामगर्न पाउने म्याद सकिएको हुन्छ।

क्याप ग्यापको सुविधा पाएका विद्यार्थीहरूले अमेरिकी रोजगारदाताका तर्फबाट अद्यागमन विभाग समक्ष निवेदन पुगेपछि त्यस्को प्रमाण वा अद्यागमन त्रिभागले निवेदन स्वीकार गरी दस्तुर लिएर रशिद पठाएको अवस्थामा सो रशिद र रोजगारदाताले दिएको निवेदन साथ अध्ययनरत कजेजको  म्क्इ लाई जानकारी गराउनु पर्दछ। यसरी जानकारी गराईसकेपछि DSO ले विद्यार्थीलाई क्याप ग्यामको आधारमा बढाइको नयाँ I-20 प्रदान गर्दछन।

कुनै कारणवस क्याप ग्यामको सुविधा अन्तर्गत परेका एच१बीका निवेदनहरु अद्यागमन विभागले अस्वीकृत वा बदर गरेमा सो गरेको मितिबाट अमेरिका छोडका लागि  विद्यार्थीले ६० दिनको ग्रेस पिरियड पाऊदछन। तर अद्यागमन विभागले एफ१ बाट एच१बी मा स्टाटस परिवर्तन गरी पाउ भनी दिएको निवेदनलाई  विद्यार्थीले आफनो स्टाटस बिगारि सकेको वा झुटो व्यहोरा निवेदनमा उल्लेख गरेको आदि कारण देखाई बदर गरेको अवस्थामा भने यो ६० दिनको ग्रेस पिरियड पाउन सक्दैनन। यस्तो अवस्थामा विद्यार्थीले तुरुन्तै अमेरिका छोडनु पर्दछ।

क्याप ग्यापको सुविधाको आधारमा अमेरिकामा नै बसी आफनो स्टाटस एच१बीमा परिवर्तन गरीपाऊ भनी दिएको निवेदन अमेरिकी अद्यागमन कार्यालयमा बिचाराधिन रहेको अवस्थामा अमेरिका भन्दा बाहिर गएमा त्यस्ता व्यक्ति अमेरिकामा एफ१ को स्टाटसमा प्रवेश गर्न पाऊदैन। अत यस्तो अवस्था आएमा एफ १ मा रहेका विद्यार्थीले काउन्सीलर मार्फत एच१बीको भिसा स्टाम्प लगाउनु पर्दछ।
 

क्याप ग्यापको सुविधा नपाउने अवस्थाका विद्यार्थीहरूले भने एच१बीको निवेदनद्धारा आफनो स्टाटस परिवर्तन गराउनु पर्दा अमेरिका भन्दा बाहिर गै अमेरिकी काउन्सीलरको अफिस मार्फत एच१बीको भिसा स्टाम्प लगाई अमेरिका प्रवेश गर्नु पर्दछ।

================================================================
(विनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ। तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए टे लिफोन मार्फत कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक