Similar Articles

शरणार्थीको लागि दिएको निवेदनमा घडी नचलेमा कामगर्ने अनुमति पाईदैन --विनोद रोका, न्युर्योक

बिराट नेपाल

आप्रवाशीले अमेरिकी अद्यागमन विभाग वा अद्यागमन अदालत समक्ष दिएको शरणार्थीको निवेदन रितपूर्वकको ठहर भै स्वीकार भएको मितिबाट काम गर्न पाउने अनुमतिपत्र अर्थात् ईम्प्लाईमेण्ट अथराईजेशन डकुमेण्टको लागि चाहिने १८० दिनको घडी चल्न थाल्दछ।

आप्रवाशीले दिएको निवेदनमा एजाईजम अफिस वा अद्यागमन अदालतले १५० दिन भित्र निर्णय नगरेमा आप्रवाशीले कामगर्ने अनुमतिपत्र पाउ भनी अद्यागमन विभाग समक्ष पहिलो पटक दस्तुर विनानै निवेदन दिन सक्ने र १८० दिन सम्ममा पनि निवेदनमा निर्णय नभएमा निजले अमेरिकामा काग गर्ने अनुमतिपत्र पाउन सक्दछन अरू जघन्य अपराध गरे बापत सजाय पाएको वा कानुनले अयोग्य नठहरिएको अवस्थामा। तर आप्रवाशीको कारणले गर्दा निर्णय गर्नमा ढिला भएको अवस्थामा भने १८० दिनतिर घडी नकुदी बिचैमा रोकिन्छ।
 
शरणार्थी सम्बन्धी व्यवस्था मानवीय पक्षसंग बढी सम्बन्धित रहेको हुदा आफनो देश वा अमेरिकामा आउनु भन्दा अगाडी बसोबास गरिरहेको देशमा त्यहाको सरकार वा सरकारले पनि नियन्त्रणमा लिन नसकेको विद्रोही समूहले व्यक्तिको जाती, धर्म, राष्ट्र्यिता, राजनीतिक बिचारधारा, वा कुनै सामाजिक समूहको सदस्य भएको मध्ये कुनै एक कारणले गर्दा यातना पाएको। र त्यो देशमा बस्न नसक्ने अवस्थामा परी अमेरिकामा आएको, र फर्किएर गएको अवस्थामा सरकार वा विद्रोही समूहबाट यातना पाउने सम्भावना रहेको तथ्य पुष्टि गर्न सकेमा अमेरिकी सरकारले शरणार्थीको दर्जा प्रदान गर्दछ।

४ जनवरी १९९५ भन्दा अगाडी आप्रवाशीले अमेरिकी अद्यागमन समक्ष आई ५८९ फाराम भरी शरणार्थीको दर्जा पाउ भनी निवेदन दिदा काम गर्ने अनुमतिपत्र पनि पाउ भनी आई ५६७ नामक फाराम भरी पठाऊथे। अनि एजाईजम अफिसरले आप्रवाशीले दिएको निवेदनलाई झुठो व्यहोरा हाली सुविधा पाउने उद्देश्यले मात्र निवेदन दिएको हो भन्ने ठहर गरेकोमा बाहेक आप्रवाशीलाई अमेरिकामा काम गर्ने अनुमति पत्र दिईन्थ्यो।

अफिसरले दिएको निवेदनलाई झुठो व्यहोराको हो भन्ने ठहर गर्नुपर्दा पनि लचकता अपनाऊनु पर्ने अद्यागमनको निर्देशन रहेको हुदा प्राय जसो आप्रवाशीहरुले अमेरिका आएको केही समयपछि नै कामगर्ने अनुमतिपत्र पाऊथे। यसरी कामगर्ने अनुमतिपत्र पाएपछि उनीहरूले अमेरिकाको सोसर सेक्युरिटी नम्बर, राज्य सरकारबाट दिइने परिचयपत्र अनि सवारी चालक प्रमाणपत्र पनि पाऊथे।

जस्ले गर्दा काम गरेर सरकारलाई कर तिर्दै आफनो जिविकोपार्जन गर्दथे। तर यो लचिलो व्यवस्थालाई दुरुपयोग गरी आप्रवाशीहरुले कामगर्ने अनुमतिपत्र पाऊनकालागि मात्रै पनि शरणार्थीको निवेदन दिन थाले। किनकि उनीहरूसँग अमेरिकामा आएपछि कामगर्ने कागज पाउने यो भन्दा अरू सजिलो अरू कुनै उपाए थिएन। त्यसैले गर्दा यो व्यवस्थालाई खारेज गरी हाल भै रहेको प्रावधान अमेरिकी अद्यागमन कानुनमा राखियो। यो १९९५ देखि शरणार्थीको निवेदनमा जोडिएको घडी सम्बन्धी कानुनी व्यवस्थालाई विभिन्न समयमा निस्कीएका निर्देशिकाको आधारमा निर्णयकर्ताहरुले साघुरो तरिकाले व्याख्या गर्न थाले।

१९९५ पछि राखिएको कानुनी प्रावधान अनुसार शरणार्थीको निवेदनसंग जोडिने घडी बन्द हुने अवस्थामा सामान्यतया शरणार्थीको निवेदन दिने व्यक्ति तोकिएको अन्र्तवार्ताका दिन उपस्थित नभएमा वा अन्र्तवार्ताको समय सारि पाउ भनी निवेदन दिएमा, निर्णयका दिन कार्यालयमा उपस्थित नभएमा, स्टाटसमा रहेका आप्रवाशीले दिएको निवेदन अस्विकृत भएमा, अद्यागमन अदालतका न्यायाधिशले शरणार्थीको निवेदन १८० दिन भित्रै अस्विकृत गरेमा, अद्यागमन अदालतका न्यायाधिशले पहिलो सुनुवाइका दिन आप्रवाशीले वकिल नलिई उपस्थित भएको कारणले मुद्दाको पेशी सरेमा, पेशीका दिनमा एजाईलमको निवेदन र सो सँग सम्बन्धित कागजातहरु पेस नगरेमा, न्यायाधिशले मुद्दा सुनुवाइका लागि दिएको पहिलो पेशीको तारिख लिन अस्वीकार गरेमा, तोकिएको समयमा बायोमेट्रीक नगराएमा।

यस्का साथै एजाईलम अफिसले शरणार्थीका लागि दिएको निवेदनलाई अद्यागमन अदालतमा ७५ दिन नाध्नु अगाडीनै पठाएको रहेछ भने यस्लाई पहिलो प्राथमिकताको् श्रेणीको शरणार्थी मुद्दा अर्थात् एक्सीडाईट एजाईलम केश मानिन्छ जस्लाई १८० दिन भित्र निर्णयकर्ताले निर्णय गरिसक्नु पर्दछ।

तसर्थ यस्ता मुद्दाहरूमा अद्यागमन अदालतका न्यायाधिशहरुले शरणार्थीलाई निजको मुद्दा प्राथमिकताको सूचीमा राखेर हेरिईन्छ तपाईँलाई स्वीकार छ कि छैन? भनी प्रश्न गर्दछन। आप्रवाशीले हुन्छ भनेमा न्यायाधिशले कम्तीमा पनि ४५ दिन पछिको फैसला हुने पेशी तारिख दिन्छन। सामान्यतया न्युर्योक लगायतका अन्य कतिपय बढी जनसङ्ख्या भएका अदालतहरुमा न्यायाधिशको डकेट १ वर्षदेखि २ वर्ष सम्म भरिएको भएपनि केही पुरातनवादी न्यायाधिशहरुले मुद्दाका पक्षहरुलाई यो प्रश्न गर्ने गर्दछन।

१८० दिन पुग्नु भन्दा अगाडी नै मुद्दा फैसला गरी कामगर्ने अनुमतिपत्र नपाउने अवस्थामा पुरयाऊछन आप्रवाशीले प्राथमिकताको सूचीमा राखी मुद्दाको सुनुवाइको माग गरेमा। यदि आप्रवाशीले चाडो मुद्दाको सुनुवाइ हुने समय लिन नचाहेमा न्यायाधिशले १ वर्ष वा सो भन्दा बढी समय पछि मुद्दाको सुनुवाइ हुने तारिख तोकी घडी बन्द गरी दिन्छन आप्रवाशीको कारणले मुद्दामा ढिलाइ भएको कारण देखाएर।

तर आप्रवाशीहरु प्रति मानवियभाव राख्ने न्यायाधिशहरुले भने आप्रवाशीलाई भन्ने गर्दछन यो मुद्दालाई कानुनत प्राथमिकताको सूचीमा राखेर हेरिनुपर्ने र तपाईँले सोही बमोजिम मुद्दा हेरी पाउ भनी अनुरोध गरेमा तर मेरो डकेटमा १ वर्ष भन्दा बढी समयसम्म कुनै ठाऊ नभएको हुदा म त्यसो गर्न सक्दिन।

तसर्थ तपाईँलाई १ वर्ष भन्दा पछिको तारिख तोकि दिएको छु। तपाईँको मुद्दामा घडी रोकिदैन भन्दछन। कुनै बेला न्यायाधिशले घडीको कुरा नभनि कानुन व्यवसायीले घडी चल्छ कि चल्दैन भनी प्रश्न गरेमा हास्तै चल्नेमात्र होइन घडी पौडिपनि खेल्छ भन्ने मिठासीलो जवाफ दिने गर्दछ। त्यसैले शरणार्थी सम्बन्धी मुद्दामा राम्रो न्यायाधिश र एजाईलम अफिसर पर्नुपनि भाग्यकै खेल जस्तो अनुभूति हुन्छ अमेरिका जस्तो कानुनी शासन र पद्धतिमा चल्ने देशमा पनि ।

आप्रवाशीहरुले आफनो शरणार्थी सम्बन्धी मुद्दामा घडी घुमिरहोस भन्ने तर्फ बढी चनाखो हुनु पर्दछ। किनकि आफनै स्वईच्छाले एजाईलम अफिसमा पेस गरेको वा अद्यागमन अदालत समक्ष प्रतिरक्षाको क्रममा दिएको शरणार्थी निवेदन पुनरावेदनको तहसम्म पुगेर फैसला हुन वर्षौँ लाग्दछ।

यदि सुरुमा कुनै कारणबस कहिले नचल्ने गरी घडी रोकियो भने आप्रवाशीले अद्यागमन विभागबाट कामगर्ने अनुमतिपत्र पाउन सक्दैनन। कामगर्ने अनुमतिपत्र पाईएनभने अमेरिकामा कानुनन कामगर्न, सोसलसेक्युरिटी नम्बर लिन, परिचयपत्र बनाउन, बैङ्कमा खाता खोल्न र अन्य दैनिक जीवनमा अपरिहार्य पर्ने ठाऊहरुमा सुविधा प्राप्त गर्न सकिदैन।

कतिपय अदालतमा मुद्दा चलिरहेका नेपालीहरूको गुनासो सुनेको छु अद्यागमन अदालतमा मुद्दा चलेको वर्षौँ भएर पनि काम गर्ने अनुमतिपत्र किन पाइएन भन्ने। जवाफमा मैले माथिका कुरा बताऊदा यो कुरा त हामीलाई थाहा नै थिएन। वकिलले पनि भनेनन भन्ने गर्नुहुन्छ। तसर्थ यो सानो जानकारीमुलक लेख मार्फत तपाइहरूको शरणार्थी सम्बन्धी मुद्दामा घडी नरोकियोस भन्ने तर्फ सचेत  गराउने प्रयास गरिएको छ ।

================ ===============================================

बिनोद रोका, न्युर्योक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागिे निवेदन गर्नुपर्दा ईजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा  www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
================================================



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक