Similar Articles

ओबामा प्रशासनले डिर्पोेटेशनको कार्य रोक्ने सम्भावना अद्यागमन विल पास नहुदासम्म--विनोद रोका, एर्टनी एट ल

बिराट नेपाल

यो वर्ष पनि सुधारात्मक अद्यागमन विल अमेरिकी काँग्रेसबाट पारित भै राष्ट्र्पतीको हस्ताक्षर पाएर कानुनको रूपमा आउने सम्भावना देखिदैन । पुरातनवादी रिपव्लीकनहरुको बहुमत रहेको अमेरिकी कांग्रसका सदस्यहरूले अद्यागमन कानुनलाई खटाई खटाई पास गरिनु पर्ने जस्ता तर्कहरू राखेको कारणले गर्दा यस्तो अवस्था आएको छ भने अर्कोतर्फ ओबामा प्रशासनले आप्रावासीहरुलाई आफना पुर्ववर्ती राष्ट्र्पतीहरुले भन्दा बढी अर्थात् आफनो कार्यकालको ६ वर्ष नपुग्दै २० लाखभन्दा बढी आप्रवासीहरुलाई अमेरिकाबाट निष्कासन गरिसकेको र यो कार्य नरोकिएको अवस्थामा Congressional Hispanic Caucus  का सदसइहरुले हालै राष्ट्र्पति ओबामालाई भेटी अमेरिकामा अनधिकृत रूपबाट बसोबास गरिरहेका विदेशीहरुलाई देशबाट निष्कासन गर्ने कार्यलाई भैरहेका कानुनले राष्ट्र्पतीलाई प्रदान गरेको अधिकार प्रयोग गरी रोक लगाउन पर्दछ भन्ने माग राखेका र राष्ट्र्पतीले त्यस सम्बन्धमा आफनो प्रशासनले बिचार गर्ने बचन दिएका छन् ।

बुश प्रशासनले समेत अगाडी सारेको सुधारात्मक अद्यागमन कानुनलाई ओबामा प्रशासनले आफ्ना्े प्राथमिकताको सूचीमा राखेर अमेरिकी सिनेटबाट पारित गराउन सकेको भएता पनि अमेरिकी कांग्रसबाट पास हुन सकेको छैन। यो विल पास भै राष्ट्र्पतिको हस्ताक्षर भएमा यस्ले कानुनको स्वरूप पाउने छ र ११ मिलियन भन्दा बढी अनधिकृत रूपबाट अमेरिकामा बसोबास गरिरहेका आप्रावासीहरुलाई कानुनले तोकेको शर्तहरुको आधारमा १० वर्षको परिश्रणकालीन ग्रिनकार्ड दिने र यस्तो ग्रिनकार्ड पाएको ३ वर्षपछि अमेरिकाको नागरिक्ता पाउ भनी निवेदन दिनका लागि योग्य ठहरिने व्यवस्था गरेको छ। यस्तो सुविधा पाउने आप्रवाशीले २००० डलर जरिवाना र सङ्घीय सरकारलाई तिर्न बाकी रहेको कर तिर्नु पर्दछ। यद्यपि यस्तो स्टाटस पाएका आप्रवाशीहरुले सङ्घीय सरकारका तर्फबाट पाउने सुविधा भने पाउने छैनन्। तर ड्र्मि एक्टका सुविधा पाउने ड्रीमरहरुलाई भने ग्रीनकार्ड र चाडो नागरिक्ता दिने व्यवस्था यस्मा गरिएको छ। यस्का साथै कामदार सम्बन्धी अस्थायी भिसा र अन्य विविध विषयमा राष्ट्र्पतिले दिएको नीतिलाई पुरा गर्ने खालका प्रावधानहरु यस विधेयकमा रहेका छन् ।

यो विल सिनेटबाट पारित भएपनि रिपव्लीकनको बहुमत रहेको प्रतिनिधिसभाबाट पारित हुन नसकेको अवस्थामा ओबामा प्रशासनले २०१२ मा  भै रहेको कानुनले दिएको अधिकार प्रयोग गरेर अमेरिकामा आएका तर आफनो कानुनी हैसियत नभएका विदेशीहरुका सन्तानहरु जो जुन १५, १९८१ पछाडि जन्मिएका, अमेरिकामा आऊदा १६ वर्ष ननाघेका, र अमेरिकामा जुन १५, २००७ देखि जुन १५, २०१२ का दिन सम्म लगातार रूपबाट बसोबास गरिरहेका, जुन १५, २०१२ भन्दा अगाडी बिना ईजाजत अमेरिका आएका वा त्यो भन्दा अगाडी आफनो स्टाटस बिग्रीसकेका र हाल अमेरिकामा रहेका स्कुलमा पढी रहेका, हाईस्कुल डिप्लोमा गरेका, जिईडी को प्रमाणपत्र पाएका वा अमेरिकी कोष्टगार्ड वा सैनिक सेवाबाट विनाकसुर सेवानिर्वित भएको हुनु पर्ने जस्ता व्यवस्था गरिएको थियो।  यो सुविधा पाउने वर्गका मानिसहरू जसलाई ड्र्मिर पनि भनिन्छ, लाई मानवियताको आधारमा २ वर्षका लागि डिफरल एक्सनको सुविधा र कामगर्ने अनुमति पत्र दिईयो ।

त्यसैगरी प्रोभिजन वेभरको लागि गरिएको अर्को व्यवस्थाले पनि आप्रवासीहरुलाई केही राहत दिएको थियो। अमेरिकामा कानुनले तोकिएका नाकाबाट अद्यागमनका अधिकारीहरुले प्रवेशगर्ने अनुमति नदिइकन अमेरिकामा आएका विदेशीहरु र अमेरिकामा आफनो स्टाटस एडजष्ट गर्न नपाउने श्रेणीका भिसा पाएका विदेशीहरूले अमेरिकी नागरिक वा ग्रिनकार्डहोल्डरसंग विवाह गरेको कारणले अमेरिकामा नै बसेर ग्रिनकार्ड लिन सक्दैनथे। र यस्तो कार्वाही चलाऊनका लागि व्यक्तिले आफनो देशमा फर्किएर जानु पर्दथ्यो र गएपछि फेरी प्रवेश गर्न पाउने वा नपाउने ठेगान थिएन। तर ओावमा प्रशासनले भैरहेको कानुनको आधारमा त्यस्ता आप्रवासीहरुले प्रोभिजनल वेभरको लागि अमेरिकाबाटै कार्वाही चलाउन पाउने र स्वीकृत भएपछि मात्र आफनो देशमा गएर ग्रिनकार्ड लिई पुन अमेरिका प्रवेश गर्न सक्ने व्यवस्था गरयो जुन आप्रवासीहरुका लागि खुसीको विषय थियो ।

यसरी ओबामा प्रशासनले रिपव्लीकनहरुको बहुमत रहेको अमेरिकी प्रतिनिधि सभाले विविध कारणहरू देखाएर सुधारात्मक अद्यागमन कानुन पारित हुन नदिएको अवस्थामा अनधिकृत रूपबाट अमेरिकामा बसोबास गरिरहेका आप्रवाशीहरुलाई दिएको ऊर्पयुक्त सुविधाले गर्र्दा ओबामालाई दोस्रो पटक पनि निर्वाचित गराउन आप्रवाशीहरुले मद्दत पुरयाए। तर ओबामा प्रशासनले आफनो ६ वर्षको कार्यावधि भित्र करिब बिस लाख भन्दा बढी अमेरिकामा अनधिकृत रूपबाट बसोबास गरिरहेका आप्रवासीहरुलाई देश निष्कासन गरेको कारणले गर्दा ओबामालाई आप्रवाशीहरुले डिपोर्टी ईन चिफ भन्ने संज्ञा पनि दिन थालेका छन्। किनकि यतिका सङ्ख्यामा आप्रवासीहरुलाई अमेरिकाबाट अरू कुनै पनि राष्ट्र्पतिले निष्कासन गरेका थिएनन ।

ओबामा प्रशासनलाई यसरी देश निष्कासन गरिने कार्यलाई रोकी नावालख अवस्थामा अमेरिकामा आएका ड्र्मिरहरुलाई झै भै रहेको कानुनको आधारमा डिफरल एक्सनको सुविधा दिईनु पर्दछ भन्ने आवाज उठाऊदा त्यस्तो सुविधा दिन नयाँ कानुन नै आउनु पर्छ भन्ने जवाफ आउने गरेको अवस्थामा ओबामाले आफनो प्रशासनलाई हाल अनधिकृत रूपबाट अमेरिकामा बसोबास गरिरहेका आप्रवाशीहरुलाई देश निष्कासनका लागि लिएको नीतिलाई रोकी पुनरावलोकन गर्ने आदेश दिएका छन्। अर्थात् संघिन अपराध गरे बापतमा सजाय पाएका वा अमेरिकी सान्तिसुरक्षामा खतरा नपुरयाऊने आप्रवासीहरुलाई डिर्पोटेशन नगर्ने नीति ओबामा प्रशासनले लिन सक्ने सम्भावना देखिएको छ। यो नीति आएको खण्डमा आप्रवाशीहरुले माथि उल्लेख गरिएझै ड्र्मिरहरुलाई आवश्यकता पर्ने खालका कागजातहरुको जोहो गर्नु पर्ने हुन्छ। अर्थात् अमेरिकामा तोकिएको समयभन्दा अगाडी आएको, कानुनी हैसियत नभएको, लगातार बसोबास गरिरहेको जस्ता प्रमाणहरु जुटाउन सकनु पर्दछ। यदि जुटाउन सकिएन भने पाउने सुविधाबाट बंन्चीत हुनुपर्ने हुन्छ।

ओबामा प्रशासनले देश निष्कासनका लागि लिएको नीतिलाई पुनरावलोकन गरी आउने आसा गरिएको सुधारात्मक अद्यागमन कानुनले दिएको सुविधा पाउन सक्ने सम्भावना रहेका र उनीहरूलाई अमेरिकाबाट निष्कासन गर्दा निजका अमेरिकामा रहेका नजीकका परिवारका सदस्यहरूलाई  प्रतिकुल असर पर्ने जस्ता अवस्था विद्यमान रहेमा निजहरुको देश निष्कासनको कार्यलाई रोकी भै रहेको कानुनले दिएको मानवियताको आधारमा डिफरल एक्सनको सुविधा दिईनु पर्दछ भनी हालको अद्यागमन सुधार विलका तर्जुमाकार  मध्येका डेमोक्रयाटीक सिनेटर अर्थात् Gang of Eight या Eight  Chuck Schumer of New York, Dick Durbin of Illinois and Robert Menendez of New Jersey — पनि लागेका छन् ।

यसरी ओबामा प्रशासनले देश निष्कासनको कार्यलाई रोकी अनधिकृत रूपबाट बसोबास गरिरहेका आप्रवाशीहरुलाई डिफरल एक्सनको सुविधा दिएमा अहिले काँग्रेस समक्ष विचाराधिन रहेको विल पास हुनलाई ढिलाइ हुन्छ भन्ने तर्क पनि पुरातनवादीहरुले राख्ने गरेको पाइन्छ। तर अहिलेकै गतिमा विल पास हुने काम ढिला भएर जाने अनि ओबामा प्रशासनले तिव्रगतिमा अनधिकृत रूपबाट अमेरकामा बसोबास गरेका आप्रवासीहरुलाई अन्य आपराधिक गतिविधिमा संलग्न नभएको अवस्थामा पनि देश निष्कासन गरिरहेमा एकातिर ओबामा प्रशासन आप्रवासशीहरुका बिचमा अलोकप्रिय हुने र अर्कोतर्फ आप्रवाशीहरुले परिवारको विखण्डनको पिडा र भविष्यमा पाउन सकिने सुविधाबाट बन्चीत हुनुपर्ने सम्भावना हुन्छ। तसर्थ ओबामा प्रशासनले भै रहेको कानुनी व्यवस्थाको आधारमा मानवियपक्षलाई ध्यानमा राखी २०१२ को मे महिनामा ड्र्मिरहरुलाई दिएमmै डिफरल एक्सनको सुविधा प्रदान गरेमा आपराधिक गतिविधिमा संलग्न नभएका अमेरिकी समाजमा घुलमिल भएका उत्पादनसील आप्रवासीहरु प्रतिको न्यायोचित कदम हुन सक्दछ र हालमा दैनिक ३४ हजारको सङ्ख्यामा थुनामा राखिएका आप्रवासीको सङ्ख्यामा कमी आई सरकारले वार्षिक २ विलियन डलर गर्ने खर्चमा कटौती हुने छ। र आफनो दक्षताको आधारमा अमेरिकामा Intel, Google, Yahoo, eBay, Skype, Tesla, PayPal, / YouTube  जस्ता प्रविधि भित्र्याई २०१२ सालमा ५६०,००० रोजगारीको अवसर प्रदान गर्ने आप्रवाशी वा आप्रवाशीका सन्तान हुन र अब सुविधा पाउने आप्रवाशीहरु पनि  अमेरिकाको लागि भार हुने भन्दा अमेरिकालाई विश्वको पहिलो राष्ट्र् बनाऊनमा मद्दतगार हुने छन् ।
= = = = = = = = = = = = = = == = = = = = == == = = == == = == = == = = = = =
 

बिनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा ईजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ ।

 

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक