Similar Articles

डी. भी. भिषा लाटरी लगायत अमेरिका मा ग्रीनकार्ड पाउन सकिने [५] वटा तरिकाहरू -- बासु फुलारा

बिराट नेपाल

अमेरिका मा ग्रीन कार्ड बनाउन सक्ने धेरै तरिका हरू छन् र तल उल्लिखित पाँच वटा तरिका हरू तपाईँ को सामान्य जानकारी का लागि यसप्रकार छन्।

१.       डी. भी. भिषा लाटरी प्रोग्राम को माध्यम दवारा तपाईँ अमेरिका को ग्रीन कार्ड होल्डर बन्न सक्नु हुन्छ र अमेरिका मा थाई बसोबास गर्न सक्नु हुन्छ।   ड़ी. भी. भिषा लाटरी भनेको यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट सञ्चालित र संसार भरीका योग्य देशका योग्य व्यक्तिहरूलाई अमेरिकामा आउन दिने लाटरी प्रोग्राम हो । यो वार्षिक चिट्ठाद्वारा प्रत्येक वर्ष ५० हजार व्यक्तिहरूलाई अमेरिकामा स्थायी रूपमा बसोबास गर्न दिने मौका मिल्छ । ड़ी. भी. भिषा लाटरी प्रोग्राम वर्षेनी अमेरिका को अध्यागमन कानुन ("आइ. यन. ए."  दफा २०३.सी.) अन्तर्गत रहेर यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट सञ्चालित गरिन्छ । अमेरिका को "आइ. यन. ए." भन्ने कानुनले संसारभरिबाट अमेरिकामा कम आप्रबासी भएका मुलुकहरुलाइ ड़ी. भी. भिषा लाटरीद्वारा स्थाई भिषा उपलब्ध गराउने अनुमति दिन्छ।  जस्तै, नेपाल अहिले सम्म ड़ी. भी.  भिषा लाटरी प्रोग्रामका लागि योग्य देशको सुचीमा नै पर्छ। डी. भी. भिषा लाटरी प्रोग्राम वर्ष मा एक चोटि प्राय जसो अक्टुबर महिना को पहिलो हफ्ता मा सञ्चालित हुन्छ र ड़ीपार्टमेन्ट अफ स्टेट ले फर्म भर्न आव्हान गरेको मिति ले एक महिना भित्र ड़ीपार्टमेन्ट कै एकमात्र सम्बन्धित आधिकारिक वेब साइट (डब्लुडब्लुडब्लु. ड़ीवीलाटरी. स्टेट. गव/) मा गएर तपाईँ ले आफ्नो फर्म भर्नु पर्छ। डी. भी. भिषा लाटरी भर्दा कुनै पैसा लाग्दैन। तपाईँ लाई भाग्य ले साथ दिएको खण्डमा डी. भी. भिषा लाटरी पर्न सक्छ र अमेरिका को ग्रीन कार्ड होल्डर बन्ने सपना साकार हुन् सक्छ।

२.        तपाईँ ले अमेरिका मा पोलिटिकल असाइलमका का लागि निवेदन दिएर स्वीकृत भएको अवस्था छ भने तपाईँले असाईलीको दर्जा पाउनु हुन्छ। यदि तपाईँले अमेरिकामा असाईलीको दर्जा पाउनुभयो भने निवेदन स्वीकृत भएको १ वर्ष पछाडि तपाईँले अमेरिकाको ग्रीन कार्ड का लागि फाइल गर्न पाउनु हुन्छ र अमेरिकाको स्थायी बासिन्दा हुन पाउनु हुन्छ। तपाईँ ले पोलिटिकल असाइलमका का लागि निवेदन दिदा तपाईँ ले श्रीमती र छोरा-छोरी हरू को नाम पनि राख्नु भएको छ अर्थात् उहाहरु असाईलीको रूप मा तपाईँ सँग अमेरिका मा आउनु भएको छ भने उहाहरु ले पनि अमेरिका को ग्रीन कार्ड का लागि फाइल गर्न पाउनु हुन्छ। विस्तृत जानकारी का लागि, यदि तपाईँ आफ्नो देशमा बस्दा खेरि [१] जाति (वर्ण); [२] राष्ट्रियता; [३] धर्म; [४] निश्चित सामुदायिक समूहको सदस्यता; अर्थात्,[५] राजनीतिक आस्थाका आधारमा तपाईँलाई कुनै वर्ग अर्थात् समूहद्वारा दुर्व्यवहार गरिएको, गम्भीर शाररिक यातना दिइएको , ज्यू ज्यान र स्वतन्त्रता मा आघात पुगेको र तपाईँ आफ्नो देशमा बस्दा खेरि फेरी पनि पीडित हुने, जिउ ज्यान सुरक्षित नहुने र भविष्यमा पनि तपाईँले आफ्नो देशमा बसिरहेको खण्डमा र आफ्नो देशमा फर्केर गएको खण्डमा गम्भीर जोखिम उठाउनु पर्ने अर्थात् तपाईँलाई माथि उल्लिखित ५ वटा आधार हरू मध्ये कम्तीमा पनि एउटा आधारमा आफूलाई भविष्यमा पनि यातना पाउन सक्ने सम्भावना र डर त्रास तपाईँसँग कायमै छ भने तपाईँ अमेरिकामा पोलिटिकल असाइलमका लागि निवेदन दिन योग्य हुनु हुन्छ ।

३.       अमेरिकन नागरिक सँग तपाईँ को विवाह भएको खण्डमा तपाईँ ले अमेरिका मा ग्रीन कार्ड पाउन सक्नु हुन्छ।अमेरिकन नागरिक सँग विवाह गरी सके पछि खुसी को कुरा के छ भने संख्यात्मक तरिका ले ग्रीन कार्ड पाउने कुनै सीमित वार्षिक कोटा को बन्देज यसमा हुँदैन र तपाईँ ले चाडै ग्रीन कार्ड पाउन सक्नु हुन्छ तर थाहा पाउनु पर्ने कुरा केछ भने तपाईँ को विवाह साचो हुनु पर्छ, कुनै पनि जालसाज र ठगि गरेर विवाह गरेको हुनु हुन्न, अध्यागमन को कागज को लागि भनेर विवाह गरेको हुनु हुन्न , तपाईँ को एक अर्का प्रति को दाम्पत्य जीवन मा हुनु पर्ने माया र जिम्मेवारी हुनु पर्छ र विवाह गरेपछि दुवै जना ले वैवाहिक जीवन सँगै बिताएको हुनु पर्छ । संछिप्त मा भन्नु पर्दा विवाह सम्पूर्ण रूप मा कानुनी हुनु पर्छ।

४.        तपाईँ असाधारण प्रतिभा र सामर्थ्य का धनी हुनु हुन्छ र तपाईँ ले निम्न छेत्र हरू, [१] विज्ञान, [२] कला, [३] शिछया, [४] व्यापार, र [५] खेलकुद मा आफ्नो नाम सबै भन्दा माथि राख्नु भएको छ र राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय ख्याती कमाउनु भएको छ भने अमेरिका मा ग्रीन कार्ड का लागि निवेदन दिन सक्नु हुन्छ। तपाईँ ले आफू ले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तर मा कमाएको ख्याती भने तपाईँ ले प्रमाणित गर्नु पर्छ। खुसी को कुरा के छ भने तपाईँ ले यसरी ग्रीन कार्ड का लागि निवेदन दिदा कुनै रोजगारी को प्रस्ताव अर्थात् स्पोंन्सर को आवश्यकता पर्दैन, तपाईँ ले आफै निवेदन दिन सक्नु हुन्छ।

५.       अमेरिका मा वर्षेनी धेरै व्यक्ति हरू ले रोजगारी को माध्यम दवारा ग्रीन कार्ड पाउछन किनकि रोजगारी को माध्यम द्वारा ग्रीन कार्ड फाइल गर्दा धेरै तरिका हरू छन् र एदी तपाईँ सँग अमेरिका मा रोजगारी को अवसर मिलेको छ  अथवा कुनै अमेरिकन कम्पनी/कार्यालय मा तपाईँ ले हाल काम गरी रहनु भएको छ भने सो कम्पनी ले स्पोन्सर गरेर तपाईँ को लागि ग्रीन कार्ड फाइल गर्न सक्छ।

(यो लेखमा व्यक्त विचारहरू पाठकका  सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाको कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटस् को फोन नम्बर: ७१८-६०६-६४७४   मा अर्थात् उहा को इमेल: bp@chhetrylaw.com  मा सम्पर्क राख्न सक्नु हुनेछ --सम्पादक ।)







Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक