Similar Articles

अमेरिका मा बस्ने नेपाली हरू लाई अध्यागमन सम्बन्धी ५ वटा सामान्य सुझावहरू ।-यटर्नी-एट-ल बासु फुलारा

बिराट नेपाल

आज को प्रश्न:  अमेरिका मा नेपाली आप्रबाशी हरू ले अध्यागमन कानुन सम्बन्धी परामर्श लिदा र कुनै कार्य गर्दा अर्थात् आफू लाई अध्यागमन सम्बन्धी आउन सक्ने वर्तमान अर्थात् भविष्य सम्बन्धी समस्या हरू बाट बच्न के के कुरा हरू मा साबधानी अपनाउनु पर्छ ?

आजको उत्तर:  सर्वप्रथम, अध्यागमन कानुन सम्बन्धी कुनै कुरा हरू को कानुनी सल्लाह चाहिएको खण्डमा आधिकारिक व्यक्ति, निकाय अर्थात् अमेरिका मा लाईसेन्स प्राप्त यटर्नी हरू सँग गएर सोद्धा राम्रो हुन्छ। अध्यागमन कानुन र सम्बन्धित समस्या भनेको कुनै फर्म मात्रै भर्ने मात्र काम होइन, अमेरिका को अध्यागमन कानुन आफैमा बृहत् छ । तपाईँ ले अनाधिकार व्यक्ति हरू सँग गएर कानुनी कुरा हरू को परामर्श लिने र आफ्नो काम गर्न खोज्दा दुख पाए पछि मात्र वकिल कहाँ धाऊने बानी छ भने सुरु मा नै आधिकारिक यटर्नी लाई सोद्धा तपाईँ को समय बच्ने र उपयुक्त काम गर्न सकिने वातावरण सिर्जना हुन जान्छ र तपाईँ लाई अनाधिकार व्यक्ति ले ठगि गर्न बाट पनि तपाईँ बच्न सक्नु हुन्छ।

दोस्रो, तपाईँ केही समय का लागि अर्थात् अस्थाई बसोबास का लागि अमेरिका मा आउनु भएको छ भने तपाईँ अमेरिका मा बस्दा आफू सँग भएको सम्बन्धित देश को पासपोर्ट, अमेरिका को भिसा, आइ-९४ र तपाईँ ले अमेरिका मा बस्दा अध्यागमन सम्बन्धी सम्बन्धित निकाय लाई कुनै निवेदन हरू दिनु भएको छ अर्थात् फाइल गर्नु भएको छ भने सम्बन्धित कागजपत्र हरू र तपाईँ को अध्यागमन सम्बन्धी कानुनी हैसियत सम्बन्धी अन्य सम्पूर्ण कागजात हरू तपाईँ ले आफू सँग सधैँ भरि सुरछित राख्दा राम्रो हुन्छ। तपाईँ ग्रीन कार्ड होल्डर हुनु हुन्छ भने ग्रीन कार्ड र अन्य सम्बन्धित कागजात सुरछित राख्नु पर्ने हुन्छ।

तेस्रो, तपाईँ कानुनी तबर ले भिसा लिएर अमेरिका आउनु भएको छ भने लिगल हैसियत बचाएर  राख्नु पर्ने हुन्छ तसर्थ तपाईँ आफ्नो हैसियत बचाएर नै बस्नु होला । तपाईँ अनधिकृत तबर ले भिसा अर्थात् आइ-९४ ले दिएको को म्याद नाघी सके पछि अर्थात्  तपाईँ अमेरिका मा बस्दा लिगल हैसियत बचाएर बस्नु भएन र यता भिसा अर्थात् कानुनी आधार नै नभएर अमेरिका मा बस्नु भो भने तपाईँ को अनधिकृत अमेरिका को बसाइ ले गर्दा तपाईँ भविष्य मा अमेरिका मा आउन अयोग्य ठहरिन सक्नु हुन्छ र तपाईँ लाई समय हेरेर ३ देखि १० वर्ष सम्म को बन्देज लाग्न सक्छ।

चौथो, अमेरिका मा तपाईँ ३० दिन भन्दा बढी समय को बसाई को लागि आउदै हुनु हुन्छ भने तपाईँ ले आफू बसेको ठेगाना परिवर्तन गर्दा "AR-11" भन्ने फर्म तपाईँ ले ठेगाना सारेको मिति ले १० दिन भित्र "USCIS" लाई कानुनी रूपमा जानकारी गराउनु पर्छ। तपाईँ ले यो फर्म "USCIS" को वेब पेज WWW.USCIS.GOV मा गएर अनलाइन पनि भर्न मिल्छ अर्थात् तपाईँ ले पोस्टल मेल गरेर पनि पठाउन मिल्छ।

अन्त्यमा, तपाईँ अमेरिका मा विद्यार्थी भिसा मा आउनु भएको छ भने अध्यागमन सम्बन्धी हर एक नियम हरू पालना गरेर आफ्नो पढाई पुरा गर्नु पर्ने हुन्छ र अनधिकृत तबर ले काम गर्नु हुदैन। तपाईँ को काम गर्न पाउने कार्ड हरू अर्थात् अरू कुनै कागजात हरू रिन्यू गर्नु पर्ने भो भने समय मै गर्नु पर्ने हुन्छ।तपाईँ अमेरिका को ग्रीन कार्ड होल्डर हुनु हुन्छ र कानुनी रूपमा योग्य हुनु हुन्छ भने समय मै अमेरिका को नागरिक को लागि निवेदन दिँदा राम्रो हुन्छ किनकि ग्रीन कार्ड ले मात्रै तपाईँ लाई सबै सुरछ्या प्रदान नगर्न सक्छ र उदाहरण का तपाईँ अमेरिकन नागरिक हुनु भो भने आफ्नो नातेदारहरु को लागि पिटिशन फाइल गर्न तपाईँ लाई  सजिलो हुन्छ ।

=============================================================
क्षेत्री एंड यसोसीयटस न्युयोर्क का यटर्नी-एट-ल  बासु फुलारा
फेसबुक-प्रोफाईल: http://www.facebook.com/bashu.phulara
कार्यालय: (७१८) ६०६-६४७४,  इमेल: bp@chhetrylaw.com
=============================================================

(यो लेखमा व्यक्त विचारहरू पाठकका  सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाको कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटस् को फोन नम्बर: ७१८-६०६-६४७४   मा अर्थात् उहा को इमेल: bp@chhetrylaw.com  मा सम्पर्क राख्न सक्नु हुनेछ --सम्पादक ।)
===============================================================


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक