Similar Articles

अमेरिकामा विदेशी रजिष्टर्ड नर्स,एच१बी भिसा र ग्रीनकार्ड । विनोद रोका, एर्टनी एट ल, न्युर्योक

बिराट नेपाल

सामान्यतया अमेरिकाको मान्यता प्राप्त विश्वविद्यालयबाट प्रोफेशनल विषयमा ब्याचलर।मास्टर डिग्री वा अमेरिकी सरकारद्धारा मान्यता प्राप्त विदेशी विश्व विद्यालयबाट सो सरहको शिक्षा प्राप्त गरेका विदेर्शीहरुलाई अमेरिकी कामदारले H1Bमा स्पोन्सर गरेमा आफनो स्टाटसलाई अमेरिकीमा रहदा नै परिवर्तन गराई ६ वर्ष सम्म आफनो कामसंगै बसाई लमब्याऊन सक्दछन।

प्रोफेशनल डिग्री भन्नाले सामान्यताया अध्ययन पश्चात् विद्यार्थीले प्राक्टीकल टूुेनिंग गर्नुपर्ने विषयमा शिक्षा प्राप्त गरेको हुनु पर्दछ। शिक्षा र प्राक्टीकल टूुेनिंग चाहिने विषयहरूमा कमप्युटर, ईन्जिनियरिंग, कानुन व्यवसाय, एकाउण्टेण्ट आदि पर्दछन। के कुन विषयहरू प्रोफेशनल डिग्री अन्र्तगत पर्दछन भन्ने कुराको निर्णय भने अमेरिकी श्रम विभाग र अध्यागमन विभागले रोजगारदाता, कामको प्रकृति अनुसार कामदारले सम्पदान गनुपर्ने कामहरुलाई आधार मानेर पर्ने गर्दछन।

सामान्यता कुन पदको लागि न्यूनतम ब्याचलर डिग्रीको शिक्षा आवश्यकता पर्दछ भनी अमेरिकी सरकारको श्रम विभाग डिर्पाटमेण्ट अफ लेवरले तयार पारेको अकुपेसनल आऊटलुक हेण्डबुक http://www.bls.gov/ooh/ मा निर्धारण गरेका शैक्षिक योग्यता चाहिने पदहरु पर्दछन। अत यस किताबमा नपरेका पदहरुका लागि अमेरिकी रोजगारदाताले एच१बी भिसाको लागि कुनै विदेशीलाई स्पोन्सर गरेमा अमेरिकी अध्यागमन विभागले स्पोन्सरलाई अमेरिकी श्रम विभागले सो पदका लागि चाहिने न्यूनतम योग्यता ब्याचलर डिग्री नचाहिने भनी तोकेको तर रोजगारदाताले आफनो व्यवसायका लागि ब्याचलर लेभलको प्रोफेसनल डिग्रीको नै आवश्यकता किन परेको सो कुरालाई प्रमाणित गर भनी सोध्ने गर्दछ। यदि रोजगारदाताले यी तथ्यहरुलाई प्रमाणको आधारमा प्रमाणित गर्न सकेन भने एच१बी भिसा स्वीकृत हुन सक्दैन।

एच१बी भिसाका लागि अमेरिकी सरकारले प्रत्येक वर्षका लागि उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था, यो संस्थासंग आवद्ध भएका अस्पताल अनि मुनाफरहित उद्देश्यबाट स्थापित भएका अनुसन्धान गर्ने निकाय बाहेकका अन्य अमेरिकी रोजगारदाताहरुले अमेरिकी कामदार नपाएको अवस्थामा कति सङ्ख्यामा विदेशी कामदारलाई एच१बी स्टाटसमा राख्न पाउने भनी भिसाको कोटा निर्धारण गरेको हुन्छ। र यसरी निर्धारण गरेको कोटामा नबढने गरी प्रत्येक वर्षको अप्रिल १ तारेखबाट निवेदन दर्ता गराउन पाउने व्यवस्था अमेरिकी अद्यागमन विभागले गर्दछ। यस्का लागि हाल मास्टर डिग्रीका लागि २० हजार र ब्याचलर डिग्रीका लागि ६५ हाजारको कोटा निर्धारण गरिएको छ। सामान्यता अप्रिलको पहिलो हप्तामा नै तोकिएको भन्दा बढी निवेदन पर्ने हुदा अद्यागमन विभागले चिठृाको माध्यमबाट तोकिएको सङ्ख्यामा नबढने गरी निवेदनहरु छनौट गर्दछ र प्रमाण पुगेका निवेदनहरु सोही वर्षको अक्टोबर १ तारेखबाट लागु हुने गरी एच१बी भिसा स्वीकृत गर्ने गर्दछ। तर कोटा भित्र नपर्ने अमेरिकी कामदारहरुले भने जहिले पनि एच१बी भिसाको लागि विदेशी कामदारलाई स्पोन्सर गर्न सक्दछ। अमेरिकी अद्यागमन विभाग समक्ष एच१बी भिसाको निवेदन दिनु भन्दा अगाडी अमेरिकी सरकारको श्रम विभागबाट एलसिए अर्थात् लेबर सर्टिफिकेशन एप्लीकेशन स्वीकृन गराएको हुनु पर्दछ। http://www.uscis.gov/news/uscis-reaches-fy-2015-h-1b-cap

रजिष्र्टड नर्सहरुका लागि भने अमेरिकी सरकारको श्रम विभागले ब्याचलर लेभलको शैक्षिक योग्यता नचाहिने भनी एच१बी भिसा पाउने श्रेणीमा हाल राखेका छैन। यद्यपि १९९५ भन्दा अगाडी नर्सहरुका लागि छुटृै एच१ए श्रेणीको भिसा निर्धारण गरेको थियो। तर अमेरिकी काँग्रेसले त्यसपछिको अवस्थामा भने अमेरिकामा नै प्रयाप्त नर्सहरु उपलब्ध छन् भन्ने निर्कोल गरी उक्त श्रेणी हटाई एच१सी भिसा वर्गिकरण  गरेको थियो। यस श्रेणी अन्र्तगत वर्षमा ५०० को सङ्ख्यामा विदेशी नर्सहरु अमेरिकाका पिछडीएका क्षेत्रमा रहेका रोजगारदाता अस्पतालहरुका लागि काम गर्न आउन सक्दथे। यो व्यवस्था पनि डिसेम्बर २०, २००९ पछि समाप्त भयो ।  
http://www.uscis.gov/working-united-states/temporary-workers/h-1c-registered-nurse/h-1c-registered-nurse-working-health-professional-shortage-area-determined-department-labor यद्यपि कुनै अमेरिकी रोजगदारदाताले आफनो संस्थामा नर्सको पदमा रहेर काम गर्दा सम्पदान गर्नुपर्ने कामको प्रकृति जटिल रहेको, उक्त काम गर्नका लागि चाहिने न्यूनतम शैक्षिक योग्यता ब्याचलर डिग्री भन्दा कम पढेको व्यत्तिले गर्न नसक्ने र Advanced Practice Registered Nurses (APRN)को लाईसेन्स समेत लिएको हुनु पर्दछ भन्ने प्रमाणित गर्न सकेमा एच१बी भिसा प्राप्त हुन सक्दछ।

नर्सका लागि ब्याचलर डिग्रीको आवश्यकता अनि National Council Licensure Exam (NCLEX-RN)परीक्षा पास गरी सम्बन्धित राज्यले तोके बमोजिम लाईसेन्स प्राप्त गरेको वा CGFNS सर्टिफाईड  हुनु पर्दछ भनी नर्थ डकोटा राज्यमा केही वर्ष अगाडीसम्म रहेको भएता पनि हाल विद्यमान छैन। र अन्य राज्य र अमेरिकाको सङ्घीय सरकारले पहिले नै नर्स पदका लागि ब्याचलर लेभलको डिग्री आवश्यक नपर्ने नीति लिएका छन्। नर्स हुनका लागि निर्धारण गरिएको परीक्षा पास गरी सर्टिफिकेट लिनु पर्ने हुन्छ तर यो प्रमाणपत्र लीनका लागि ब्याचलर डिग्रीको आवश्यकता पर्दैन। त्यसैले अमेरिकी अद्यागमन विभागले नोभेम्बर २७, २००२ मा निकालेको कार्य सम्पादन निर्देशिका मार्फत सामान्यतया नर्स पदका लागि ब्याचलर डिग्रीको आवश्यकता नपर्ने भनी आफनो धारण स्पष्ट गरेको छ। http://www.uscis.gov/sites/default/files/files/pressrelease/NurseMemo_112702.pdf
 
यद्यपि Nurse Educators /Nurse Practitioners जस्ता पदहरुका लागि भने आज पनि एच१बी भिसा उपलब्ध हुन सक्दछ  जस्ले Advanced Practice Registered Nurses (APRN)को लाईसेन्स समेत लिएका छन्। किनकि यी पदका लागि मास्टर वा ब्याचलर डिग्रीको आवश्यकता पर्दछ। तसर्थ हालको अवस्थामा विदेशी कामदारहरुले नर्स पदमा रही एच१बी भिसा पाऊनका लागि त्यति सजिलो देखिदैन।

एच१बी अस्थायी कामदार भिसाका लागि प्रोफेशनल नर्सलाई साघुरो घेरामा राखिएको भएता पनि अमेरिकी सरकारको श्रम विभागले अमेरिकामा स्थायी रूपबाट काम गर्नका लागि ग्रिनकार्ड पाउन सक्ने बाटो भने केही सजिलो पारेको पाइन्छ। जस्तो कि अमेरिकामा श्रम विभागले रोजगारदाताले काममा राख्न खोजेको विदेशीलाई काम गर्न दिनुपर्दा अमेरिकीमा त्यो शैक्षिक योग्यता र लाईसेन्स भएको काम गर्न ईच्छुक र दक्ष कामदार उपलब्ध छैन भन्ने कुरा प्रमाणित गर्नु पर्दछ। जस्को लागि रोजगारदाताले श्रम विभागले तोके बमोजिम विज्ञापन निकाल्दा पनि योग्यता पुगेका अमेरिकी कामदारले निवेदन नदिएको र निवेदन दिने कामदारहरूको योग्यता पुगेको भएता पनि काम गर्न नमानेको तथ्य प्रमाणित गरेमा मात्र अमेरिकी अद्यागमन विभागमा भिसाको लागि निवेदन दिन पाउने ईजाजत दिने गर्दछ। तर श्रम विभागले केही पदहरुमा काम गर्ने कामदारहरु भने अमेरिकामा प्रयाप्त नभएको ठहर गरी यी पदहरुलाई Scledule A Occupations भनेर  नामाकरण गरेको छ। यसरी तोकीएका पदहरुमा विदेशी कामदारलाई स्थायी रूपबाट राख्दा अमेरिकी कामदारहरूको तलब र कामगर्ने अवस्थामा कुनै प्रतिकुल असर पर्दैन भन्ने धारणा बनाई Schedule A Occupationsको ग्रुप २ मा प्रोफेशनल नर्सहरुलाई पनि राखेकोे छ। प्रोफेशनल नर्स भन्नाले त्यस्ता विदेशीहरु लाई जनाऊछ जस्ले Professional Nurses - the alien (i) has a Commission on Graduates in Foreign Nursing Schools (CGFNS) Certificate, (ii) the alien has passed the National Council Licensure Examination for Registered Nurses (NCLEX-RN) exam, or (iii) the alien holds a full and unrestricted (permanent) license to practice nursing in the state of intended employment. http://www.foreignlaborcert.doleta.gov/perm_detail.cfm

अत यी पदहरुमा कुनै अमेरिकी रोजगारदाताले विदेशी कामदारलाई स्थायी रूपमा राख्न चाहेमा श्रम विभाग समक्ष लेबर सर्टिफिकेशनको स्वीकृतिको लागि चाहिने प्रक्रिया नअपनाई सोझै अमेरिकी अद्यागमन विभाग समक्ष स्थायी भिसाको लागि निवेदन दिन सक्दछ। यसरी दिएको निवेदन स्वीकृत भएमा विदेशी कामदारले अमेरिकीमा ग्रिनकार्ड लिई स्थायी रूपबाट रोजगारदाताका लागि काम गर्न सक्दछ।

=============================================================

(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
==========================================================


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक