Similar Articles

असाधारण प्रतिभा भएका व्यक्तिहरूले अमेरिकामा स्पोन्सर बिना नै ग्रीनकार्ड पाउन सक्दछन---विनोद रोका, एर्टनी एट ल, न्युर्योक

बिराट नेपाल

अमेरिकालाई पद्धतिमा चल्ने देश, अवसरको मुभि, सपनाको संसार जस्ता नामबाट चिन्ने गरिन्छ। त्यसैले अमेरिकामा स्थायी रूपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानिसहरू लालायीत हृन्छन। अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहाने विदेशीहरुका लागि विभिन्न प्रकारका भिसाको व्यवस्था गरेको छ। यसरी छृटयाइएका क्षेत्रहरूमा सामान्यतया पारिवारिक भिसा, कामदार भिसा, धार्मिक भिसा, डीभि चिठा मार्फत आउन पाउने भिसा आदि पर्दछन। जसका लागि अमेरिकामा रहेका स्पोन्सरहरुको आवश्यकता पदर्छ। स्पोन्सरले निवदन दिएर बिदेसीलाई अमेरिकामा स्थायी बसोबास गर्न पाउने भनी भिसा को स्वीकृति पाएर पनि विभिन्न वर्गमा वर्गिकरण गरिएका भिसाको सङ्ख्या अमेरिका आउन चाहाने विदेशीको सङ्ख्या भन्दा धेरै कम हुने हुदा बर्षउ सम्म पालो कुरेर बस्नु पर्दछ ।

तर यस मध्ये विज्ञान, कला, शिक्ष्ा, व्यापार र खेलकुद क्षेत्रमा विशिष्ठ योग्यता भएका, आफनो कामको क्षेत्रमा ख्याती कमाएका र निरन्तर रूपबाट त्यसै क्षेत्रमा लागि रहेको विदेशीहरुलाई उनीहरूको अद्धितीय प्रतिभाको कदर गर्दै यस्ता व्यक्तिहरू अमेरिकामा आएर पनि त्यही क्षेत्रमा कार्यरत रहने र त्यसबाट अमेरिकालाई भविष्यमा योगदान पुग्ने देखिएमा स्पोन्सर बिना पनि अमेरिकामा ग्रीनकार्ड वा स्थायी बसोबासको लागि अनुमति पाउ भनी निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यो भिसाको लागि स्पोन्सरको आवश्यकता नपरेता पनि व्यक्तिले आफनो क्षेत्रको दक्षता र ख्यातीको आधारमा अमेरिकी रोजगारदाताबाट कामकोे प्रस्ताव आएको वा त्यस क्षेत्रमा काम गर्ने आफनै योजना रहेको कुरा स्पष्ट रूपमा देखाउन सक्नु पर्दछ। यो भिसा पहिलो श्रेणीमा पर्ने हुदा प्राय सधैँ भरी सबै देशका व्यक्तिका लागि उपलब्ध भै रहेको हुन्छ। यस श्रेणीको भिसा पाउ भनी विदेशीले पेस गरेको आप्रावासको निवेदनमा तोकिएको सवुद प्रमाण मापदण्ड भित्र परेमा छिटोमा ४५ दिन र बढीमा १ वर्ष भित्रमा स्वीकृत हुन सक्दछ।

विनोद रोका एण्ड एशोसियटस पिसिका तर्फबाट अनुभव र व्यवसायीक दक्षताको सिपलाइ अमेरिकी अध्यागमन सम्बन्धी कानुनले तोकेको प्रकृया र मापदण्ड अनुरूप प्रयोग गरी नेपाल तथा अन्य देशका ख्याती प्राप्त अभिनय क्षेत्रका कलाकार, गायक, संगितकार, नृत्यकार, फोटोग्राफर, पत्रकार, कार्यक्रम प्रस्तोता, चित्रकार, मार्सल आर्टसका खेलाडी, प्रशिक्ष्ँक, टेवलटेनिसका खेलाडी, शिक्षा क्षेत्रका व्यक्तित्व आदिलाई यस श्रेणीको भिसा एवंं ग्रीनकार्ड केहीलाई २ महिना भित्र र केहीका मुद्दाहरू अपिल तहबाट पनि जिताउन सफल भएका छौ । यद्यपि प्रत्येक मुद्दाको प्रकृति एकै प्रकारको नहुने हुदा सबैमा एउटै किसिमको परिणाम आउछ भन्न भने सकिन्न ।

असाधारण दक्षताको आधारमा ख्याती कमाएका विदेशी व्यक्तिहरुका लागि छृटयाइएको यो पहिलो श्रेणीको भिसा पाउनका लागि पुरयाउनु पर्ने पुर्वाधार भनेको व्यक्तिले आफू आफनो कार्यक्षेत्रमा ख्यातीको शिखरमा पुगेको छृ भनी प्रमाणित गर्नुपर्दछ। यस अन्तर्गत सामान्यतया कानुन व्यवसायी भने पर्न सक्दैननन । यो श्रेणीको व्यक्ति भनेर प्रमाणित हुनुपर्ने भन्नाले

१. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त गरेका बस्तुनिष्ट आधारबाट देखिन्छ,
२. यस्तो तथ्यलाई प्रचुर मात्रामा कागज प्रमाणबाट मान्यता दिइएको देखिन्छ,
३. यस्तो ख्याती पाएको विदेशी व्यक्तिले अमेरिकामा आएपछि पनि त्यही क्षेत्रमा काम गर्छ र
४. यसरी गरिएको कामले अमेरिकालाई पनि भविष्यमा त्यस क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने हुन्छ।

अमेरिकी अध्यागमन सम्बन्धी कानुनले असाधारण क्षमताका भएका कारणले आफनो क्षेत्रमा ख्याती कमाएको तथ्य प्रमाणित गर्नका लागि नोवेल पुरुस्कार जस्तो कि अन्तराष्ट्रिय स्तरको पुरस्कार कसैले एक पटक मात्र आफनो क्षेत्रमा उल्लेखनीय काम गरे बापतमा पाएको रहेछ भने एकपटकको ख्याती नै प्रयाप्त हुन्छ असाधारण क्षमताको कारणले ख्याती पाएको व्यक्ति भनी स्थापित गराउनका लागि। यदि कसैले यस्तो प्रकारका अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको पुरस्कार पाएको रहेनछ भने पनि तल लेखिएका दशवटा आधारहरु मध्ये कम्तीमा कुनै तीनवटा आधारहरु सङ्ख्या र मेरिटमा पनि आफूमा रहेको छ भनी प्रमाणित गर्न सकेको खण्डमा पनि यो वर्गको भिसा पाउन सक्दछ।

१। पुरस्कार वा सम्मान ।
निवेदकले राष्ट्रिय अथवा राष्ट्रिय स्तरमा मान्यता प्राप्त भएका प्रमाणपत्र तथा पुरस्कार आफ्नो क्षेत्रमा विशिष्ठता हासिल गरे बापतमा प्राप्त गरेको छ। सामान्यतया यो मापदण्ड पुरा गर्न का लागि निवेदकले आफूले प्राप्त गरेका पुरस्कार वा प्रमाण पत्रको अनुवाद गरिएको फोटोकपी यदि अंग्रेजी भाषामा छैन भने, पेस गनृु पर्दछ। र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त भएको कुरा लिखत प्रमाणबाट प्रमाणित हुनु पर्दछ। यस्का लागि निवेदकले पुरस्कारको स्थापना भएको कारण, उद्देश्य, महत्व, यस्को क्षेत्र, निर्णायकहरु मनोनीत गर्दा अपनाईने आधार, निर्णायकहरुले सहभागी मध्येबाट पुरस्कारका लागि प्रतियोगीहरु  मध्येबाट उत्कृष्ठताको छनौट गर्ने प्रकृया र सहभागी हुनको लागि उमेर, क्षेत्र र वर्ग आदिको प्रतिबन्ध नभएको तथ्य खुलाउन सक्नु पर्दछ । यसका साथै अघिल्ला केही वर्षहरूमा क कसले यो राष्ट्रिय वा अन्तराष्ट्रिय स्तरको सम्मान वा पुरुस्कार पाएका थिए त्यो पनि उल्लेख भएको हुनु राम्रो हृन्छ। अध्ययनको क्रममा पाएको शैक्षिक पुरस्कार प्राय यो क्षेणीमा पर्दैनन ।

२। सदस्यता ।
निवेदकले आफू सदस्य भएको संस्थामा सदस्यता पाउनका लागि सम्बन्धित क्षेत्रको विषेशज्ञहरुले ख्याती वा विषेशज्ञताको आधारमा विशेषज्ञहरुले छनोट गरेपछि मात्र पाइन्छ भन्ने देखाऊ सक्नु पर्दछ। कुनै पेसा वा व्यवसायमा संलग्न रहेकै कारणले पाउने पेशागत तथा व्यवसायीक सङ्गठनको सदस्यता वा पदले यो मापदण्ड पुरा गर्न सक्दैन ।

३। निवेदकको बारेमा प्रकाशित सामाग्री ।
निवेदकको बारेमा पेशागत वा प्रमुख व्यापारिक  वा अन्य राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तका सञ्चार माध्यममा छापिएको अभिलेख। यसरी छापिएको कुरा निवेदकको ख्याती, योग्यता, विशेषता वा उपलब्धिको बारेमा हुनु पर्दछ । केवल निवेदकको नाम प्रसङ्गवश समूहमा वा कुनै सन्दर्भ लेखिएर मात्र हुदैन। अनि निवेदकको बारेमा छापिएको समाचार, समीक्षा आदि राष्ट्रिय स्तरका, धेरैले पढने, बढी बिक्री हुने प्रमुख प्रकाशनको राष्ट्रिय स्तरका विषय छापिने पृष्ठमा छापिएको हुनु पर्दछ नकि  स्थानीय वा क्षेत्रीय स्तरका गतिविधिहरू छापिने पृष्ठमा । साथै निवेदकको बारेमा छापिएका लेख, समाचार समीक्षा आदिमा छापिएको मिति, लेखकको नाम पनि खुल्नु पर्दछ जस्ले निवेदकको बारेमा लेख्ने वा भन्ने व्यक्ति पनि त्यो क्षेत्रको ज्ञाता हो कि होइन भन्ने बारेमा जानकारी हुन सकोस। निवेदकले अन्तर्बार्ता आफैले आफनो बारेमा भनेको कुराा भन्दा त्यस क्षेत्रका समिक्षक वा विशेषज्ञले भनेको कुराको बढी महत्व हुन्छ। त्यसैगरी निवेदकले सँगै काम गरेका परिचित वा असम्वन्धित क्षेत्रका व्यक्तित्व भन्दा आफनो कामको आधारमा निष्पक्ष रूपमा मूल्याङ्कन गर्नसक्ने त्यही क्षेत्रका विशेषज्ञहरुबाट के कति कारणले गर्दा आफू अब्वल दर्जामा पुग्न सकेको हो भन्ने तथ्य वस्तुनिष्ठ आधारबाट देखिने खालका सिफारिसहरु संलग्न हुनु आवश्यक हुन्छ। यद्यपि विशेषज्ञको रायलाई मान्नै पर्छ भन्ने बाध्यता भने निर्णकर्तालाई हुदैन ।

४। निर्णयकर्ताको हैसियतबाट अरूको मूल्याङ्कन गरेको ।
निवेदकले आफनो वा आफनो विशेषज्ञताको क्षेत्र सँग सम्बन्धित भएको अरूको काम निर्णयकर्ताको हैसियतबाट एक्लै वा निर्णायक मण्डलको एक सदस्यको हैसियतबाट गरेको हुनु पर्दछ। त्यसमा निवेदकले माथि १ नम्बरमा उल्लेख गरिएको जस्तै पुर्वाधारहरु भएको देखाउन सक्नु पर्दछ। यसमा निवेदकले प्रतियोगिताको प्रकृति र उद्देश्य, निवेदकलाई निर्णायकमा मनोनीत गरिएको आधार, प्रतियाृेगीतामा भाग लिन पाउने प्रतियोगीहरुको छनौट गरिने प्रक्रिया, निवेदकले निर्णायकको हैसियतबाट गर्नृपर्ने काम आदि तथ्य सप्रमाण प्रष्टयाऊनु पर्दछ।

५। योगदान ।
निवेदकले नवीन वैज्ञानिक, बौधिकक, कलात्मक, खेल जगत, वा व्यापार सँग सम्बन्धित क्षेृत्रमा ठुलो उपलब्धि हुने किसिमको योगदान गरेको तथ्य प्रमाणित गरेको खण्डमा यो आधार पुरा हुन सक्दछ।

६। छापिएका बौद्धीकता युक्त लेखहरू ।
निवेदकले लेखेको बौद्धीकता देखिन लेखहरू पेशागत वा प्रमुख व्यापारिक प्रकाशन वा  अन्य प्रमुख सञ्चार माध्यममा प्रकाशित भएको छ भने यो आधार पुरा हुन सक्दछ। यो तथ्य प्रमाणित गर्नका लागि निवेदकले आफनो लेखको नाम, महत्व, छापिनु अगाडीका छनौट गरिने प्रक्रिया, छापिएको प्रकाशनको नाम, मिति, छापिएको लेखले त्यस क्षेत्रमा पारेको प्रभाव अनि अरूले ती लेखहरुलाई आधिकारिक वा श्रोतको रूपमा आफनो लेख आदिमा उल्लेख गरेको दृष्ठान्त आदि तथ्य पनि सप्रमाण पुष्टि गर्नु पर्दछ।

७. श्रृजना वा काम कला प्रर्दशनी वा सोकेजमा प्रर्दशनमा ।
निवेदकको श्रृजना वा काम कला प्रर्दशनी वा सोकेजमा प्रर्दशनमा राखिएको अभिलेख। यस अन्तर्गत चित्रकलाहरु राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रर्दशनीमा राखिएको चर्चा परिचर्चा प्रमृख सञ्चार माध्यममा छापिएको प्रमाणित हुनु पर्दछ।

८. संस्थामा महत्वपुर्ण भूमिका ।
निवेदकले राष्ट्रिय वा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त सङ्गठनको अग्रणी वा महत्वपुर्ण भूमिका खेलेको प्रमाण ।

९. बढी तलब वा पारिश्रमिक पाउने गरेको ।
निवेदकले आफ्नो क्षेत्रमा काम गर्दा अरूको तुलनामा बढी तलब वा पारिश्रमिक पाउने गरेको छ भन्ने तथ्यको प्रमाण। यस अन्र्तगत काम लगाउने व्यक्ति, संस्था वा कुनै आधिकारिक निकायबाट आफूले ख्याती र दक्षताको आधारमा अरूले भन्दा बढी तलब वा पारिश्रमिक पाउने गरेको कति हो र अरूको भन्दा कतिले फरक छ त्यो तुलनात्मक रूपबाट प्रष्टिएको हुनु राम्रँे हुन्छ। लेखापरिक्षकले वा अन्य कुनै व्यक्तिले बिना आधार प्रमाणित गरिदिएको कागज प्रयाप्त हुदैन।

१०. व्यावसायिक सफलता ।
निवेदकले खेलेको फिल्म, नाटक, म्युजीक भिडियो, वा गाएको सिडि आदि सर्वाधिक सफल भै व्यावसायिक सफलता हासिल गरेको तथ्य प्रमाणित भएमा यो आधार पुरा भएको मानिन्छ। यस तथ्यको प्रमाण भनेको टिकट बिक्री भएको आंकडा र चलेको समयलाई तुलनात्मक रूपबाट प्रमाणित गर्नु पर्दछ। साथै सिडि, डिभिडि, सङ्गीत आदिको हकमा पनि उल्पादन भएको बर्षभरी बिक्री भएको सङ्ख्या र रकमलाई त्यसै वर्षमा बजारमा बिक्री वितरणमा आएका उत्पादनहरुको तुलनात्मक विवरण उल्लेख भएको हुनु पर्दछ।

११। वैकल्पिक प्रमाण ।
यदि निवेदकको पेसामा माथि लेृखिएका आधारहरु सामान्यतया मिल्न सक्दैनन भने माथि लेखिएका आधार सँग तुलना गर्न सकिने अरू प्रमाणहरु पनि पेस गर्न सकिन्छ।

निवेदकले प्राप्त गरेका प्रमाणपत्र, प्रकाशनमा आएका लेख, समीक्षा र समाचार आदि अंगे्रजीभाषामा छैनन् भने तिनीहरूको अनुवाद दुवै भाषामा दक्षता हासिल गरेको व्यक्तिले गरेको हो भनी नोटरी पब्लिकको अगाडी गएर अनुवाद गर्ने व्यक्तिले स्ही गरेको प्रमाणपत्र संलग्न भएमा मात्र ईमिग्रेशनले प्रमाणको रूपमा लिन्छ। जस्तो कि
I ---------hereby certify that I have translated attached and/or the following document/s from Nepali into English as presented to me for translation. I am competent with both Nepali and English languages. It is accurate translation to the best of my knowledge and ability.
                                    Name:                                   
Sworn and subscribed to before me
ID:
on this th day of -----l, 20----. Tel:

Notary Public

यो अमेरिकी अध्यागमन सम्बन्धी कानुनले तोकेको कानुनी प्रावधान हो। यदि यसरी रित नपुरयाई पेस भएको अनुवाद रहेछ भने त्यो प्रमाणको लागि ग्राहय हुदैन। हाल नेपालबाट आउने अनुवादहरू प्राय रित नपुगी आउने गरेको हुदा अध्यागमन अदालत र अध्यागमन कार्यालयले अस्वीकार गरेको अनुभव मैले गरेको छु। र मैले यो विषयमा नेपाल सरकारका केही अधिकारीहरू सँग पनि कुरा गरेको थिए तथापि यो सामान्य कुरा सम्बन्धित ठाऊमा पुग्न सकेको छैन र अहिले पनि नेपालबाट व्यक्तिहरूले पैसा तिरेर नोटरी पब्लिकबाट त्यसरी नै अनुवाद गरिका कागजहरु लिएर आउने गरेको पाइन्छ। र धेरै अवस्थामा त्यस्ता कागजले मान्यता नपाएपछि पुन अमेरिकामा अर्को अनुवाद गराउदा दोहोरो खर्च र काममा ढिलाइ हुने गरेको पाइन्छ।त्यस्तै कतिपय अनुवादहरू अङ्ग्रेजीमा अनृबाद हुदा नेपालीमा भनिएको कुरा नखुलेको पनि भेटिएको छ। त्यसैले निवेदकको अनुवाद गरिसकेपछि आफूले पनि राम्ररी हेर्ने वा दोहोरयाएर हेर्न लगाउने र रित पुरयाएर मात्र अनुवाद गरिएको कागज लिने गर्नु उचित हुन्छ ।

(प्रस्तृत लेख नेपाली पाठकहरूलाई सामान्य जानकारी गराउने उद्देश्यले मात्र तयार पारिएको हो। यो क्षेणीको भिसाको निवेदन तयार गर्दा त्यस विषयमा धेरै अनुसन्धान र अध्ययन गरी निवेदकको क्षेत्र र विषय वस्तुको प्रकृति अनुसार कार्वाही अगाडी बढाउनु पर्दछ। तसर्थ अध्यागमन कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा एर्टनीको सल्लाह लिई गर्नु उचित हुन्छ ।)

तपाईँको कृनै कानृनी समस्या भए निशृल्क कानृनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com / www.binodlaw.com  मा सम्पर्क राख्न सकिने छ ।
Binod Roka !
binod roka

Comments (3)

Nepal on

very gald to see this post

SAPANA DAHAL,(ADHIKARI),NICOSIA ,CYPRUS on

Dear sir or madam,now i am at cyprus.i want to move from here to America,could u give any suggestation.

padam nepali on

Can you please suggest me about the age bar for green card application?


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक