Similar Articles

राष्ट्र्पती ओबामाको आदेशबाट सुविधा पाउने भाग्यवानी आप्रवासीहरु --विनोद रोका, न्युर्योक,एर्टनी एट ल

बिराट नेपाल

२० नोभेम्वर २०१४मा अमेरिकी राष्ट्र्पती ओबामाले जारी गरेको आदेशको आधारमा कस्ता आप्रवासीहरुले यो सुविधा पाऊछन भनी अमेरिकी अद्यागमत विभागबाट २१ नोभेम्वर २०१४ मा सूचना जारी गरिएको छ।  यो आदेशमा निम्नानुसारका आप्रवासीहरुलाई अमेरिकामा ३ वर्षका लागि मानवियताको आधारमा अस्थायी रूपबाट बस्न र काम गर्न पाउने सुविधा प्रदान गरिने भएको छ।

१।  १६ वर्ष पुग्नुभन्दा अगाडी नै अमेरिकामा आई हाल आफनो कानुनी हैसियत गुमाएका र १ जनवरी २०१० देखि अमेरिकामा निरन्तर रूपबाट बसोबास गरिरहेका आप्रवासीहरुले १५ जुन २०१२ मा जारी गरिएको डिर्फड एब्सन फर चाईल्डहुड एराईभलसको सुविधा पाउन सक्नेछन। पहिलाको आदेश अनुसार भने यस्तो सुविधा पाउने आप्रवासी ३१ वर्ष भन्दा कम उमेरको हुनु पर्ने व्यवस्था रहेको थियो। तर हाल त्यो उमेरको हद हटाइएको छ।

साविकमा डाकामा राखिएका शर्तहरु पुरा गर्न कठिनाइ भएकाले केवल ६० प्रतिशतले मात्र सुविधा लिन सकेको अनुमान गरिन्छ। उक्त व्यवस्था अनुसार अमेरिकामा आऊदा १६ वर्ष ननाघेका, जुन १५, २०१२ भन्दा अगाडी बिना ईजाजत अमेरिका आएका वा त्यो भन्दा अगाडी आफनो स्टाटस बिग्रीसकेका, अमेरिकामा जुन १५, २००७ देखि जुन १५, २०१२ का दिन सम्म लगातार रूपबाट बसोबास गरिरहेका, हाल स्कुलमा पढी रहेका, हाईस्कुल डिप्लोमा गरेका, जिईडी को प्रमाणपत्र पाएका वा अमेरिकी कोष्टगार्ड वा सैनिक सेवाबाट विनाकसुर सेवानिर्वित भएको हुनु पर्ने जस्ता व्यवस्था गरिएको थियो। यो सुविधा पाउने वर्गका मानिसहरू, जस्लाई ड्र्मिर पनि भनिन्छ, लाई मानवियताको आधारमा २ वर्षका लागि डिफर्ड  एक्सनको सुविधा र कामगर्ने अनुमति पत्र दिने नीति थियो।

२। २० नोभेम्वर २०१४ भन्दा अगाडी जन्मिएका अमेरिकी नागरिक वा त्यो मिति भन्दा अगाडीनै ग्रिनकार्ड भएका अनि अमेरिकीमा १ जनवरी २०१० देखि नियमित रूपबाट बसोबास गरिरहेका व्यक्तिहरुका आमाबाबुलाई पनि डिफर्ड एक्सन फर पेरेण्टल एकाउण्टीवीलीटी अर्थात् डापा अन्र्तगत ३ वर्षका लागि अमेरिकामा मानवियताको आधारमा बस्न र काम गर्न अनुमति दिइएको छ। तर यस्तो सुविधा पाएका आप्रवासीहरुले सङ्घीय सरकारका तर्फबाट पाउने सुविधा भने पाउने छैनन्। स्मरणरहोस यो सुविधा पाउने आप्रवासी भने राष्ट्र्पतीले आदेश जारी गरेको दिन २० नोभेम्वर २०१४ भन्दा अगाडी स्टाटसमा नभएको हुनुपर्ने छ।

३। राष्ट्र्पतिको आदेशले अमेरिकामा विना अनुमति प्रवेश गरेको अमेरिकी नागरिक वा अमेरिकाको ग्रिनकार्ड भएका आप्रवासीको पत्नी।पति वा २१ वर्ष भन्दा मुनिको नावालख छोराछोरीहरुले अमेरिकामा अनधिकुत रूपबाट बसोबास गरेको कारणले लागेको ३ र १० वर्षको समयसम्म ग्रिनकार्ड लिन नपाउने प्रतिबन्ध प्रोभिजनल रूपबाट अमेरिकामा नै बसेर माफीका लागि अमेरिकी अद्यागमन विभागसमक्ष निवेदन दिन सक्ने भएका छन्। यसभन्दा अगाडी राष्ट्र्पतीले २०१३ मा जारी गरेको आदेश बमोजिम भने अमेरिकी नागरिकका नातेदारले मात्र यो सुविधा पाउन सक्ने व्यवस्था रहेको थियो। तर यो सुविधा पाऊनका लागि निवेदकले आफना अमेरिकी नागरिक वा ग्रिनकार्ड भएका नातेदारहरुलाई एक्सट्र्ीम हार्डसिप हुन्छ भन्ने तथ्य प्रमाणित गर्नु पर्दछ जुन त्यति सजिलो छैन। किनकि यो हार्डसीप भनेको निजको अनुपस्थितिमा अमेरिकामा रहेका नातेदारलाई मेडिकल, आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, शैक्षिक, रोजगारी जस्ता समग्र पक्षमा पर्न सक्ने कठिनाइ पर्दछन।

स्मरणरहोस अमेरिकामा ६ महिना देखि १ वर्ष सम्म अनधिकृत रूपबाट बसेमा ३ वर्षसम्म र १ वर्षदेखि बढी समयसम्म अनधिकृत रूपबाट बसोबास गरेमा १० वर्षसम्म ग्रिनकार्ड पाउन प्रतिबन्ध लाग्दछ। र यस्तो प्रतिबन्धलाई माफीदिने व्यवस्था अद्यागमन कानुनमा गरिएको छ।

४। अमेरिकी अर्थतन्त्रलाई मजबुद बनाई कामको अवसर जुटाऊने आप्रवासीहरु सँग सम्बन्धित नीतिमा सुधार ल्याई अस्थायी एवं स्थायी भिसाको विषयमा सरलीकरण गर्ने भनिएको छ। यो सुविधा  विशेषत अमेरिकाका व्यापारिक निकाय, आप्रवासी लगानीकर्ता, अनुसन्धानकर्ता, दक्षता भएका आप्रवासी कामदार र लगानीकर्ताहरु पर्दछन। यो आदेश कार्वान्यवन गरिएको अवस्थामा हाल भिसा करेण्ट नभएको कारणले एच१बीमा रही अमेरिकी ग्रिनकार्डको लागि भिसा स्वीकृत भएर पनि बर्षौसम्म ग्रिनकार्डको निवेदन दिन नपाएका कामदारहरुलाई फाइदा पुग्ने छ। अव भिसा करेण्ट नभएपनि विदेशी कामदार र निजका नजीकका नातेदारहरुले भिसाको निवेदन स्वीकृत भएपछि ग्रिनकार्डको निवेदन दिई कामगर्ने अनुमतीपत्र पाउन सक्दछन। यस्ले गर्दा चिन, भारत, र अन्य देशका आप्रवासी कामदारहरुले भिसाको लागि लामो समयसम्म पर्खिनु पर्ने अहिलेको व्यवस्थामा सुधार हुने अनुमान गरिएको छ। त्यस्तै विदेशी लगानीकर्ता, अनुसन्धानकर्ता र अमेरिकी अर्थतन्त्रलाई टेवा दिने नयाँ व्यवसायका संस्थापकहरुलाई अमेरिकाको राष्ट्र्यिहितको लागि ग्रिनकार्डदिने नीतिमा स्पष्टता ल्याउन निर्देशन दिइएको छ।

आदेशमा अमेरिकी विश्वविद्यालयबाट व्याचलर वा माष्ट्रडिग्री हासिल गरेका आप्रवासीहरुलाई दिइने ओपिटी सम्बन्धी व्यवस्थालाई कानुनसम्मत रूपबाट लागुगर्ने नीति तर्जुमा गर्न भनिएको छ। अनि विदेशी कम्पनीहरूले आफनो अमेरिकामा रहेको शाखा वा सव्सीडियरी कम्पनीमा काम गर्नका लागि एल१बी भिसामा पठाउने कम्पनीको काममा विशेष दक्षता राख्ने कर्मचारीको सम्बन्धमा हाल अमेरिकी अद्यागमन विभागसंग स्पष्ट नीति नभएको कारणले गर्दा विदेशी कम्पनीहरूले कठिनाइ भोगिरहेका हुदा यो नीतिमा पनि स्पष्टता ल्याउन भनिएको छ।
 
राष्ट्र्पतीले दिएको आदेशले डाका अन्र्तगत सुविधा पाएका ५ वर्ष भन्दा बढी समयदेखि अमेरिकामा अनधिकृत रूपबाट बसोबास गरिरहेका आप्रवासीहरुका आमाबाबुहरुले यो सुविधा पाएनन। यद्यपि राष्ट्र्पतीले डाका अन्र्तगत सुविधा पाएका नानीहरूका आमाबाबुलाई यो सुविधा दिन चाहेका थिए तर अमेरिकी न्याय विभाग अर्थात् महान्यायाधिबक्ताले राष्ट्र्पतीको कार्यकारी अधिकारबाट यस्ता वर्गका आप्रवासीलाई यो सुविधा दिन विद्यमान कानुन अनुसार मिल्दैन भन्ने राय दिएका थिए।

अमेरिकाको आप्रवासीहरुको समस्या सुधारात्मक अद्यागमन विल २०१३ Comprehensive Immigration Reform Bill (CIR) 2013 अमेरिकी कागं्रेसको तल्लोसभामा पारित भै राष्ट्र्पतीको स्वीकृतिबाट कानुनी मान्यता प्राप्त नगरेसम्म समाधान हुन सक्दैन। यो विल सिनेटमा प्रतिनिधित्व गर्ने डेमोक्रयाट र रिपव्लीकनका ४।४ जना सिनेटरहरुको समूहले तयार पारेका थिए। यस्मा दुवै पक्षका बिचमा लामो छलफलबाट सहमतिमा पुगेपछि सिनेटबाट  जुन २७, २०१३ का दिन ३२ का विरुद्ध ६८ मत प्राप्त गरी पारित भयो। जस्मा १४ जना सिपव्लीकन सिनेटहरहरुको पनि मत प्राप्त भएको थियो। यो विल रिपव्लीकहरुको महुमत रहेको अमेरिकी काँग्रेसबाट पारित भएपछि मात्र कानुनी मान्यता प्राप्तिका लागि राष्ट्र्पती समक्ष पुग्नुपर्ने थियो। तर रिपव्लीकनको बाहुल्यता रहेको काँग्रेसले यो विललाई मतदानका लागि सदनमा पेशै गरेन। यो विलले कानुनी मान्यता पाएको भए ३१ डिसेम्बर २०११ देखि अमेरिकामा बिनाकागज बसिरहेका तर अपराध गरे बापतमा सजाय नपाएका आप्रावासीहरुले ५०० अमेरिकी डलर जरिवाना र कर तीरी अमेरिकामा बस्न र कामगर्न पाउने सुविधा अर्थात्  “Registered Provisional” स्टाटसमा आफूलाई समावेश गर्न सक्ने थिए। यसरी अस्थायी रूपको स्टाटस पाउने आप्रवासीहरुले १० वर्षपछि तोकिएका कानुनी शर्तहरु पालना गरेमा अमेरिकी ग्रिनकार्डका लागि निवेदन दिन सक्ने र त्यस्को ३ वर्ष पछि अमेरिकी नागरिक हुनका लागि निवेदन दिन पाउने हैसियत प्राप्त गर्दथे। तर ड्रिमरहरुका लागि भने ५ वर्षको अवधिमात्र राखिएको थियो।

अमेरिकी अद्यागमन विभागले २१ नोभेम्वर २०१४ का दिन जारी गरेको सूचना अनुसार डाका अन्र्तगतको सुविधा पाऊनका लागि अझै अंन्दाजी ३ महिनासम्म र डापा अन्र्तगतको सुविधा पाऊनका लागि ६ महिनासम्म पर्खनुपर्ने हुन्छ। यो बिचमा सुविधा पाउने वर्गका आप्रवासीहरुले आफनो परिचय खुल्ने प्रमाण, अमेरिकी नागरिक वा ग्रिनकार्ड भएका व्यक्तिसंगको नाता सम्बन्ध देखाउने प्रमाण, र अमेरीकमा विगत ५ वर्षदेखि लगातार रूपबाट बसोबास गरिरहेको तथ्य प्रमाणित गर्ने कागजहरुको जोगाड गर्न सुचित गरिएको छ। त्यस्तै डाका अन्र्तगतको सुविधा पाऊनेले पनि प्रमाणहरु जुटाऊनु पर्दछ। यस्ता प्रमाणहरु अधिकार प्राप्त सरकारी निकाय, सार्वजनिक संस्था, अस्पताल, शैक्षिक संस्थान जस्ता विश्वसनीय निकायबाट तत्कालीन अवस्थामा दिएको भए बढी प्रमाणिक महत्व रहन्छ।

अमेरिकी अद्यागमन विभागले के कस्ता प्रमाणहरु जुटाएर कहिलेदेखि र कसरी निवेदन दिन पाइने हो भन्ने सूचना www.uscis.gov मा प्रकाशित गरेपछि मात्र निवेदन दिन सकिन्छ। अत यस्तो सूचना  आउनु भन्दा अगावै एजेण्टहरुले पैसा लिई कागज बनाई दिन्छु भनी  आप्रवासीहरुलाई ठग्न सक्ने सम्भावना तर्फ सचेत हुनुहोला। अमेरिकी अद्यागमन विभागबाट सूचना निस्कीएपछि अद्यागमन कानुनको क्षेत्रमा रही काम गरिरहका ईजाजत प्राप्त अनुभवी वकिलको सल्लाह लिएर मात्र कागजी काम अगाडी बढाउन उचित हुन्छ।

=================================================================
(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
===============================================================


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक