Similar Articles

अमेरिकामा रोजगारीमा आधारित ग्रीन कार्ड सम्बन्धी सामान्य जानकारी।--एटर्नी-एट-ल बासु फुलारा

बिराट नेपाल

अमेरिकामा वर्षेनी हजारौँ व्यक्तिहरूले रोजगारीको माध्यम दवारा ग्रीन कार्ड प्राप्त गर्ने गर्छन् किनकि रोजगारीको माध्यम द्वारा ग्रीन कार्ड फाइल गर्ने धेरै तरिकाहरू मध्य निम्न तरिकाहरू :
आफैलेले दिएको आवेदनको आधारित ग्रीन कार्ड, जागिरको प्रस्तावमा आधारित ग्रीन कार्ड, लगानीको माध्यमद्वारा ग्रीन कार्ड र विशेष वर्गहरूको लागि प्राप्त विशेष काममा आधारित ग्रीन कार्ड (जस्तै: धार्मिक कामदार आदि ) प्रमुख रूपमा रहेका छन् ।

जानकारीका लागि, रोजगारमा आधारित ५ वटा वर्गहरू ई. बि.-१ देखि ई. बि.-५ सम्म रहेका छन् ।

ई. बि.-१ को प्राथमिकतामा पर्ने व्यक्तिहरू:
अमेरिका सोही अनुरूप अधिकतम १४०,००० वटा रोजगारीमा आधारित ग्रीन कार्डको कोटा संसार भरीका मुलुकहरुलाइ वर्षेनी उपलब्ध हुन्छ। [SEE, INA § 203 (8 U.S.C. 1153)] प्रत्येक देशले १४०००० को ७ प्रतिशत अर्थात् अत्यधिक ९८०० सम्मको कोटाको ग्रीन कार्ड प्राप्त गर्न सक्छन् र त्यसमध्ये १,४०,००० को कोटा संसार भरीका लागि ५ क्याटगरिहरुमा अर्थात् प्रत्येक देशले म्याक्सीमम प्राप्त गर्न सक्ने ९,८०० को ग्रीन कार्डको कोटा ५ क्याटगरिहरुमा उपलब्ध हुने गर्दछ । सोही अनुरूप, ई. बि.-१ को प्राथमिकतामा पर्ने संसार भरीका व्यक्तिहरू: असाधारण प्रतिभा भएको व्यक्ति, उत्कृष्ट प्राध्यापक र अनुसन्धान कर्ताहरुले १,४०,००० को २८.६ प्रतिशत अर्थात् ४०,००० हजार सम्म ग्रीन कार्ड पाउछन । त्यसकारण, ई. बि.-१ मा प्रत्येक देशले ९,८०० को २८.६ प्रतिशत अर्थात् २,८०२ र ई. बि.-४ र ई. बि.-५ मा देशलाई प्राप्त भएका तर सो वर्गमा प्रयोग नगरिएका ग्रीन कार्डको नम्बरहरु पनि प्राप्त हुन्छ ।

ई. बि.-२ को प्राथमिकतामा पर्ने व्यक्तिहरू:
उच्च श्रेणीका डिग्री भएका व्यवसायीहरु र असाधारण क्षमता भएको संसार भरीका व्यक्तिहरूले पनि १,४०,००० को २८.६ प्रतिशत अर्थात् ४०,००० हजार सम्म ग्रीन कार्ड पाउछन । त्यसकारण, ई. बि.-२ मा प्रत्येक देशले ९,८०० को २८.६ प्रतिशत अर्थात् २,८०२ र माथि उल्लिखित ई. बि-१ मा देशलाई प्राप्त भएका २८.६ प्रतिशत मध्य प्रयोग नगरिएका ग्रीन कार्डको नम्बरहरु ई. बि.-२ मा प्राप्त हुन्छ ।

ई. बि.-३ को प्राथमिकतामा पर्ने व्यक्तिहरू:
योग्यता पुगेका कुशल अर्थात् व्यावसायिक कामदारहरु ले पनि १,४०,००० को २८.६ प्रतिशत अर्थात् ४०,००० हजार सम्म ग्रीन कार्ड पाउछन। त्यसकारण, ई. बि.-३ मा प्रत्येक देशले ९८०० को २८.६ प्रतिशत अर्थात् २८०२ र माथि उल्लिखित ई. बि-२ मा देशलाई प्राप्त भएका २८.६ प्रतिशत मध्ये प्रयोग नगरिएका ग्रीन कार्डको नम्बरहरु ई. बि.-३ मा प्राप्त हुन्छ ।

ई. बि.-४ को प्राथमिकतामा पर्ने संसार भरीका व्यक्तिहरू:
विशेष आप्रबाशीहरु र धार्मिक कामदारहरुले १,४०,००० को ७.१ प्रतिशत अर्थात् १०,००० हजार सम्म ग्रीन कार्ड पाउछन । त्यसकारण, ई. बि.-४ मा प्रत्येक देशले ९८०० को ७.१ प्रतिशत अर्थात् ६९५ ग्रीन कार्डको कोटा प्राप्त गर्ने गर्छन् ।

ई. बि.-५ को प्राथमिकतामा पर्ने संसार भरीका व्यक्तिहरू:
योग्य आप्रबाशी लगानीकर्ताहरु ले पनि १,४०,००० को ७.१ प्रतिशत अर्थात् १०,००० हजार सम्म ग्रीन कार्ड अमेरिकामा पाउछन । त्यसकारण, ई. बि.-५ मा प्रत्येक देशले ९,८०० को ७.१ प्रतिशत अर्थात् ६९५ ग्रीन कार्डको कोटा प्राप्त गर्ने गर्छन्।

[यो  अध्यागमन सम्बन्धी  लेखमा व्यक्त गरिएका विचारहरू पाठकहरुको सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका लागि सल्लाह भने पक्कै पनि होइनन् । तसर्थ यसमा व्यक्त विचारहरू र उत्तरहरुले कुनै पनि पक्ष र कानुन व्यवसायीको सम्बन्ध कायम हुन सक्दैन । तपाइलाई अमेरिकी अध्यागमन कानुन सम्बन्धी कानुनी सल्लाहको आवश्यकता परेमा क्षेत्री एण्ड एशोसिएटस् पि.सी. न्युयोर्कको फोन नम्बर:  ७१८-६०६-६४७४ मा सम्पर्क राख्न सक्नु हुनेछ]

लेखकको इमेल:bp@chhetrylaw.com
फेसबुक प्रोफाइल: facebook.com/bashu.phulara


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक