Similar Articles

अमेरिकाको शरणार्थीलाई नेपाली पासपोर्ट?--विनोद रोका, एर्टनी एट ल

बिराट नेपाल

अमेरिकामा एजाईलीको स्टाटस पाएको नेपाली नागरिकले फेरी नेपाल जानुपर्दा नेपालको पासपोर्ट प्रयोग गर्न पाउने कि नपाउने? भन्ने विषयमा अमेरिकामा प्राय चर्चा परिचर्चा हुने गर्दछ। यसै बिच चाडै नै एमआरपी पासपोर्ट नबनाएमा पुरानो नेपाली पासपोर्टबाट विदेश भ्रमणगर्न नसकिने भन्ने कारणले गर्दा पनि नेपालीहरूले आफनो पासपोर्ट नविकरण गराउने वा नयाँ बनाउने काम गरी रहेका छन्। अमेरिकामा शरणार्थीको स्टाटस पाएका व्यक्तिहरूले सम्बन्धित निकाय समक्ष गै नेपाली पासपोर्ट नविकरण वा नयाँ बनाऊनका लागि अनुरोध गर्दा हाल यस्ता व्यक्तिहरूलाई नेपाली पासपोर्ट दिइएको छैन भन्ने सुनिन्छ। र यसरी नेपाली नागरिकलाई नेपालकै पासपोर्ट नदिईनु कानुनन हुदैन भन्ने गुनासाहरु छापामा आउने गरेको पाइन्छ।

मेरो बिचारमा अमेरिकामा एजाईजीको स्टाटस वा सोको आधारमा ग्रिनकार्ड पाएको नेपालको पासपोर्ट भएको व्यक्तिले अमेरिकाबाट बाहिर जानुपर्दा नेपालको पासपोर्ट होइन कि Refugee Travel Document(RTD) प्रयोग गर्नु पर्दछ। यदि यस्को ठाऊमा शरणार्थीले नेपालको पासपोर्ट नै प्रयोग गर्ने हो भने उसले आफूले अमेरिकामा शरणार्थीकोको स्टाटस पाऊनका लागि नेपालमा रहदा त्यहाको सरकार वा सरकारले पनि नियन्त्रण गर्न नसकेको विद्रोही समूहले विगतमा निजको जात, धर्म, राष्ट्र्यिता, कुनै निश्चित सामाजिक समूह, जस्तो सेना वा प्रहरीका परिवार, भुतपुर्व सेना वा प्रहरी वा अन्य समूह, जो स्पष्ट रूपबाट चिनिन सकिन्छ, को सदस्यता वा राजनैतिक बिचारधाराको आधारमा यातना पाएको र भविष्यमा पनि त्यस्ता यातना दिइने प्रबल सम्भावना well founded fear रहेको छ भन्ने तथ्य पुष्टिका लागि दिएको घटना विवरण र त्यसलाई प्रमाणित गर्न पेस गरिएका प्रमाणहरु मmुठृा रहेछन् भनी अनुमान गर्न सकिने बलियो आधार बन्दछ। यसरी गरिएको अनुमान विश्वसनीय देखिएमा पुन अमेरिकी अद्यागमन विभागले छानविन गरी व्यक्तिलाई दिएको स्टाटस बदर गरी देश निष्कासनको लागि कार्वाही चलाउन सक्दछ। 

अमेरिकामा एजाईलीको स्टाटस पाएका र एजाईलीको स्टाटसबाट ग्रीनकार्ड पाएका व्यक्तिहरूले प्राय सोध्ने गर्नुहुन्छ नेपाली पासपोर्ट लिएर नेपाल गएर अमेरिकामा प्रवेश गर्दा कुनै अपठ्यारो पर्छ कि पर्दैन? जवाफमा अमेरिकी पासपोर्ट लिएर जादा राम्रो हुन्छ। नेपाली पासपोर्टको आधारमा आवतजावत गर्दा पछि अपठ्यारो पर्न सक्छ भन्ने गर्दछु। फेरी प्रश्नकर्ताको सवाल हुन्छ फलानो फलानो त नेपाली पासपोर्ट र अमेरिकी ग्रीनकार्ड लिएर आउने जाने गरेका छन् केही समस्या भएन रे अमेरिकामा प्रवेश गर्दा, एजाईलीको  à¤¸à¥à¤Ÿà¤¾à¤Ÿà¤¸ त माओवादीको कारणले पाएको हो नेपाल सरकारले दिने पासपोर्ट लिदा के हुन्छ र?आदि। तर ज जस्लाई समस्या परयो ती व्यक्तिहरूको बारेमा प्रश्नकर्तालाई थाहा जानकारी भएको हुन्न। किनकि एजाईलीको  à¤¸à¥à¤Ÿà¤¾à¤Ÿà¤¸ पाएका नेपालीले ग्रीनकार्ड पाएपछि नेपाली पासपोर्टको आधारमा नेपाल गएर अमेरिका प्रवेश गर्दा CPB का अधिकारीहरुले ग्रीनकार्ड लिएर रिमोभल अर्थात् अमेरिकाबाट निष्कासन गरिनु पर्छ भनी अद्यागमन अदालतमा कार्वाही चलाएको मुद्दामा आफैले प्रतिरक्षा गरेको छु। 

एजाईलीले अमेरिकाबाट बाहिर जानुपर्ने भएमा इमिग्रेशन सर्भिसबाट पूर्व स्वीकृति लिएर अर्थात् च्त्म् लिएर जानुपर्ने हुन्छ। किनकि आई १३१ फाराममा स्पष्ट रूपबाट RTD को व्यवस्था रिफ्युजी। एजाईली र यस्को आधारमा अमेरिकाको ग्रिनकार्ड पाएका व्यक्तिहरुका व्यक्तिका लागि भनिएको छ। RTD को अवधि १ वर्षको लागि मान्य हुने गर्दछ। यस्तो अनुमति पत्र लिएर अमेरिका बाहिर छोटो समयका लागि  à¤—एको व्यक्ति पुन अमेरिका फर्कन पाउछ। सामान्यतया RTD अमेरिका छोडनु अगाडी नै लिनुपर्ने हुन्छ। यद्यपि अपवादको रूपमा समय र परिस्थिति हेरी अमेरिका बाहिर पनि पाउन सकिने हुन्छ। तर च्त्म्  à¤ªà¤¾à¤à¤•à¥ˆ आधारमा अमेरिकामा प्रवेश पाइन्छ नै भन्ने चाहिँ होइन। किनकि एजाइलीले पोर्ट अफ ईन्ट्रीमा CPB अफिसरको सोधपुछमा चित्तबुझ्दो जवाफ दिई पास भने हुनैपर्ने हुन्छ। 

त्यस्तै एजाइलीको आधारमा ग्रीनकार्ड पाएका व्यक्तिले पनि RTD लिएर अमेरिका बाहिर जान सक्दछ। तर यसरी आफूले यातना पाएको वा पाउने सम्भावना रहेको देशमा फर्किएर गै पुन अमेरिका आएको अवस्थामा भने एजाइलमबाट पाएको ग्रीनकार्ड बदर हुन पनि सक्ने हुन्छ। किनकि एसाइलमको आधारमा पाएको एजाइली स्टाटस व्यक्तिले ग्रीनकार्ड लिइसकेको भएपनि बदर हुन सक्दछ। किनकि भय र डर छ भनिएको देशमा स्वतन्त्रतापुर्वक जान पाउन सक्ने भएमा एजाइलीले देखाएको डर वास्तविक एवं वस्तुगत रहेनछ भन्ने अनुमान गर्न सकिने हुन्छ। यसका अतिरिक्त एसाइलम पाएका व्यक्ति आफनै स्वइच्छाले यातना पाउने भनिएको देशमा सुरक्षित र व्यवस्थित रूपले रहन थालेमा पनि ग्रीनकार्ड बदर हुन सक्ने सम्भावना रहन्छ। जस्तो कि त्यस्तो देशमा स्थायी बसोबास गर्ने हैसियत पाएमा, वा उक्त देशमा स्थायी बसोबास गर्न पाउने अन्य व्यक्ति सरहको अधिकार र कर्तव्य भयरहित रूपमा उपभोग गर्न पाउने सम्भावना रहेको पाइएमा। 

एजाइलमको आधारमा ग्रीनकार्ड पाएका व्यक्तिले यातना पाउने सम्भावना रहेको भनिएको देशमा गै पुन अमेरिका प्रवेश गर्दाको अवस्थामा CPB अफिसरले  à¤¤à¥à¤¯à¥‹ देशमा जादा सुरक्षित रहे नरहेको विषयमा प्रश्न गर्न सक्दछन। यसरी सोधपुछ गर्दा व्यक्तिले दिएको उत्तरमा भयरहित रूपमा बसोबास गरेको पाइएमा CPB ले कतिपय अवसथमा यस्ता व्यक्तिहरू एजाइलमबाट पाएको एजाइलीको स्टाटस रद्द गरिने कार्बाही चलाउन सक्दछन। तसर्थ एजाइली र यसबाट ग्रीनकार्ड पाएका व्यक्ति आफूले यातना पाउने सम्भावना रहेको भनिएको देशमा अमेरिकी नागरिक नभएसम्म छोटै समयका लागि भएपनि फर्केर जादा जोखीम उठाउनु पर्ने देखिन्छ।

अत यस्तो अवस्थामा अमेरिकामा एजाईलीको स्टाटस पाएका र यस्को आधारमा ग्रीनकार्ड लिएका व्यक्तिहरूले अमेरिकाभन्दा बाहिर जानुपर्दा RTD लिई भारत लगायतका अन्य भ्रमण गर्ने मुलुकको भिसा लिएर जानु उचित हुन्छ। मेरो जानकारीमा आए अनुसार सल्लाह दिइएका व्यक्तिहरूले भारत जानका लागि सजिलैसँग भारतीय कन्सुलर अफिसबाट भिसा पाएको सुनेको छु । अमेरिकाको शरणार्थी परिचयपत्र र नेपालको पोसपोर्ट देखाएर नेपाल र भारत लगायतका अन्य देशमा आवत जावत गर्ने गरेमा अमेरिकी नागरिकता लिने बेलासम्म पनि शङ्काको घेरामा पर्न सकिन्छ। र यसरी शङ्काको घेरामा परिएमा CPB ले स्टाटस बदर गरी देश निष्कासन गरी पाउ भन्ने मुद्दा चलाउन सक्ने सम्भावना रहन्छ । मेरो बिचारमा चिनी रोग लागेको भनेर ठहर गरिएको व्यक्तिले मिठाई  à¤–ादा के हुन्छ भन्नु र खानु भन्दा त्यस्लाई नछुनु नै उचित हुन्छ। त्यसैले अमेरिकामा एजाईलीकोे दर्जा पाएका वा सोको आधारमा यहाको ग्रीनकार्ड लिएका व्यक्तिले अमेरिकाको नागरिक भै अमेरिकी पासपोर्ट लिएर वा RTD को आधारमा भिसा लिएर अमेरिका बाहिर जानु सुरक्षित हुन सक्दछ ।
=======================================================
(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक