Similar Articles

Community Issue ( समुदायिक सूचना )

घरबाट निकालिएका बृद्ध बृद्धाको ब्यथा

बिराट नेपाल

राजकुमार कार्की । ओखलढुंगा । ओेखलढुंगा जिल्ला सिस्नेरी गाविसका एक दम्पती आफ्नै छोराहरूले घरबाट निकाले पछि साहारा विहिन भएका छन् । सिस्नेरी गाविस वडा नं. ६ निवासी ७३ वर्षीय बम बहादुर राई र उनकी श्रीमती ६३ वर्षीय मिठु माया राईलाई आफ्नै जेठो छोरा मनोहरी राईले पटक पटक मरणासन्न हुने गरी कुटेर घरबाट निकालेपछि साहारा विहिन भएका हुन् ।
 
तीन छोरा र १ छोरीका बाबुआमा भएका राई दम्पती आफ्नै सन्तानले घरबाट निकाले पछि अहिले ओखलढुंगा सदरमुकाममा काम र सहारा खोज्दै भौतारीरहेका छन् । खाने गाँस र बस्ने बासको टुङगो नभएका वृद्ध दम्पती भावबिह्वल हुँदै बताउछन् “सानो छउन्जेल मर्छन् की भनेर आफू खाई नखाई अर्काको ढिकी जाँतो गरेर हुर्कायौ अहिले तिनै सन्तानबाट जोगीन घरबाट निस्किनु पर्‍यो । मादक पदार्थ सेवन गरी घरमा आएर पटक पटक कुट्ने र तिमीहरुको केही छैन अब यो सम्पति हाम्रो हो, हाम्रो अधिकार लाग्छ बाँच्न मन भए यो घर छोडेर जाओ नत्र बोरामा राखेर फाली दिन्छौ’ आफ्नै छोराले त्यसो भनेपछि आफ्नो नामको धनीपुर्जा समेत छोरालाई दिएर हामी बुढाबुढी माग्दै खाँदै, केही सानो हलुका काम भए काम पनि सघाउने गरेको बताउँछन् । सदरमुकाम र आसपासका घरहरुमा हामीले गर्न सक्ने केही काम छ ? भए दिनुस न हामीलाई खान दिए पुग्छ, अरू केही चाहीदैन । यिनै यस्तै आवाज बोकेर वृद्ध दम्पती अर्काको ढोका ढोका चाहारी रहेका छन् ।

तीन छोरा र एक छोरी मध्य छोरीको गत वैशाखमा नै विवाह गरी दिएको र तीन भाइ छोराहरुको भने विवाह नै भएको छैन । छोराहरुको धुमधामसँग विवाह गर्ने धोको थियो तर छोराहरूले नै घरबाट निकालेपछि विवाह गर्ने रहर भन्दा पनि आफूहरु खाएर बाँच्ने रहर भयो । आमा मिठु मायाले आँखाभरि आँसु बगाउदै बताईन् । घरमा ४०।४५ वटा बाख्राहरु र गाई भैसीहरु ६।७ वटा थिए तिनिहररुको याद आइरहेको छ । 

धेरै समय त खपेर बस्यौ तर सहनै नसके पछि २०७१ साल जेठ १० गते घर छोडेर निस्क्यौ । आफन्तहरु कहाँ गर्दै ६ महिना जति बितायौ । आफ्ना नाममा ३ हलको मेलो जतिको जग्गा र २ वटा घर छ । माइतिले कमाएर खान दिएको (दाइजो) १८ हल जतिको जग्गा छ । त्यो भाइको नाममा रहेको छ । त्यो सबै छोराहरुलाइ नै छोडेर हिडेका छौ । २७ वर्षीय जेठो छोरा मनोहरी राई,एसएलसी पास गरेर घरमा नै बसेको हो । माईलो छोरा ६ कक्षा पास गरेर विदेश गएर आएको र कान्छो छोरा कक्षा १० मा अध्ययनरत रहेको वृद्ध दम्पतीले बताए । गोरखापत्रबाट । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक