Similar Articles

अमेरिकामा कर्मचारी सरुवा गर्दा एल१ए भिसा र ग्रिनकार्ड पाउन सक्ने सम्भावना-- विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

बिराट नेपाल

अमेरिकामा साना व्यवसाय गर्ने विदेशी रोजगारदाताहरुले पनि आफनो व्यवसायलाई सुव्यवस्थित रूपबाट चलाऊनका लागि मेनेजर वा एक्जुक्युटिभ स्तरका कर्मचारीहरूलाई अमेरिकामा सरुवा गर्न सक्दछ। र यसरी सरुवा गरेर निश्चित समयका लागि पठाइएका कर्मचारीहरूलाई अमेरिकी अद्यागमन विभागले एल१ए भिसा दिने गर्दछ औचित्यताको आधारमा। सरुवा गरिएका कर्मचारीहरूको शैक्षिक योग्यता भन्दा पनि उनीहरूले कम्पनीमा रहेर गरेको कामको दक्षतालाई आधार मानिन्छ। किनकि यस्ता पुराना कर्मचारीहरू नभएको कारणले गर्दा अमेरिकामा विदेशी लगानीकर्ता कम्पनीले आफनो सव्सीडियरी कम्पनी वा शाखाको काम राम्ररी अगाडी बढन सक्दैन। त्यस्तै यो एल१ए भिसा अमेरिकामा विदेशी कम्पनीलाई आफनो नयाँ कम्पनी स्थापना गर्नका लागि पनि दिइने गरिन्छ। यस्का लागि अमेरिकी रोजगारदाता कम्पनीले अमेरिकी अद्यागमन विभाग समक्ष एल१ए अस्थायी कामदार भिसाको लागि बिजिनेशप्लान, कम्तीमा पनि २ लाख भन्दा बढी लगानीगर्ने क्षमता र अन्य तोकिएका प्रक्रियाहरू पुरा गरी निवेदन दिएमा अमेरिकामा सरुवा भएर आउने मैनेजर वा एक्जुक्युटिभ स्तका कर्मचारीलाई मात्र १ वर्षका लागि एल१ए भिसा दिने गर्दछ। एल१ए अस्थायी भिसामा आउने विदेशी कामदारहरुले सात वर्षसम्म काम गर्ने अनुमति पाउन सक्दछन। यसरी सात वर्षसम्म भिसा कायम रहनका लागि विदेशी कम्पनीले अटुट रूपबाट दुवै देशमा व्यापार गरिरहेको हुनु पर्दछ आफनो बिजिनेशप्लानमा उल्लेख गरे अनुसार ।

एक्जुकेटिभ वा मैनेजरको मुख्य कामको जिम्वेवारी भनेको Directing Management or Managing an Organization, Department, Subdivision, or Component of the Company हो। त्यस्तै कम्पनीले कामदारलाई एक्जुकेटिभ वा मैनेजर हो भन्नका लागि सो कामदारको   Supervisory responsibilities over professional or managerial employees or manages an essential function within organization थियो भनी देखाउन सक्नु पर्दछ। एल१ए भिसा सानो दर्जाका कामदारहरूको लागि उपलब्ध हुदैन र यो भिसामा आउन पाउने कामदारहरूको कोटा निर्धारण गरिएको छैन।

एल१ए भिसाका लागि निवेदकले पुरा गर्नुपर्ने आधारहरु भनेको अमेरिकामा रहेको कम्पनीमा काम गर्नका लागि सरुवा गरिने कामदार अमेरिका आउनु भन्दा अगाडी विदेशमा रहेको कम्पनी वा निकायमा वितेका ३ वर्षभित्र कम्तीमा पनि १ वर्षसम्म लगातार रूपबाट एक्जुकेटिभ, मैनेजर वा विशिष्ठ ज्ञानको आवश्यक पर्ने पदमा काम गरेको हुनु पर्दछ। र सो कर्मचारी अमेरिकामा आऊदा पनि आफू कार्यरत रहेको कम्पनीको लागि एक्जुकेटिभ, मैनेजर वा विशिष्ठ ज्ञानको आवश्यक पर्ने पदमा रहेरै काम गर्नका लागि आएको हुनु पर्दछ। एक्जुकेटिभ पदका कामदारलाई कम्पनीको हितका लागि आवश्यक पर्ने धेरै निर्णय स्वतन्त्र रूपबाट गर्न पाउने अधिकार प्राप्त हुन्छन्। 

अमेरिकामा नयाँ अफिस स्थापना गर्नका लागि एल१ए भिसाको लागि अनुरोध गर्ने रोजगारदाताले देखाउन पर्दछ कि नयाँ खोलीने कार्यालयको लागि प्रयाप्त ठाऊ लिइएको छ, नयाँ कार्यालयमा अस्थायी रूपबाट काम गर्न आउने कर्मचारी एल१ए भिसाको लागि अमेरिकी अद्यागमन विभाग समक्ष निवेदन दिनु भन्दा अगाडी वितेका तीन वर्षमा लगातार रूपबाट कम्पतीमा १ वर्षसम्म कार्यकारी तथा मैनेजरको हैसियतबाट कागरेको छ, र अमेरिकामा खोलीने नयाँ कार्यालयले १ वर्ष भित्र  à¤•à¤°à¥à¤®à¤šà¤¾à¤°à¥€à¤²à¤¾à¤ˆ चाहिने सुविधा दिन सक्दछ। 

अमेरिकामा कम्पनीको नयाँ अफिस स्थापना गर्न आउने कर्मचारीलाई सुरुमा १ वर्षका लागि एल१ए भिसा अद्यागमन विभागले दिने गर्दछ। तर अन्य कामदारहरूको लागि भने ३ वर्षका लागि एल१ए भिसा दिइन्छ। १ वर्षको समय व्यतित गरी सकेका कम्पनीमा कार्यरत कामदारहरुलाई पुन २ वर्षका लागि एल१ए भिसा थप गर्न सकिन्छ। यो भिसाको म्याद सात वर्षसम्म बढन सक्दछ यदि कम्पनीले अमेरिकामा लगातार व्यापार गरिरहेको देखिएमा। कम्पनीमा काम गर्ने कामदार फुलटाईम वा पार्टटाईम हुन सक्दछ।

एल१ए भिसामा अमेरिका आउने कामदारले आफनो श्रीमान वा श्रीमती र २१ वर्ष ननाघेका अविवाहित छोरा र छोरीलाई आफना साथमा एल२ भिसाको लागि अनुरोध गर्न सक्दछ। र यसरी गरिएको अनुरोधलाई अमेरिकी कन्सुलेट अफिस वा अद्यागमन विभागले स्वीकृत गरेमा कमदारसंगैं अमेरिका आउन सक्दछन। यदि परिवारका सदस्यहरू अमेरिकामा नै कुनै अरू अस्थायी भिसामा छन् भने निजहरुले आफनो स्टाटस परिवर्तन गर्न र बढाऊनका लागि अमेरिकी अद्यागमन विभाग समक्ष अनुरोध गर्न सक्दछन। एल२ भिसा अर्थात् डिपिन्डेण्ट भिसामा आउने कामदारको श्रीमान वा श्रीमतीले अमेरिकामा कामगर्नका लागि Employment Authorization पाउ भनी निवेदन गर्न पाऊछन अमेरिकी अद्यागमन विभाग समक्ष । यसरी दिएको निवेदन स्वीकृत भएमा निजहरुले अमेरिकामा काम गर्न सक्दछन।

एल१ए स्टाटसमा अमेरिकामा सरुवा भै आएको कामदारलाई १ वर्षका समय समाप्त भै कार्य प्रगतिको आधारमा अमेरिकी अद्यागमन विभागले पुन २ वर्षका लागि भिसा थप गरेको अवस्थामा कम्पनीले सो कर्मचारीलाई स्थायी रूपबाट अमेरिकामा राख्न आवश्यक परको कारण जनाई ग्रिनकार्डको भिसाका लागि अद्यागमन विभाग समक्ष निवेदन गर्न सक्दछ। यसरी दिएको निवेदनमा अद्यागमन विभागले जाचबुझ गर्दा कम्पनीले गरेको कार्य सन्तोषजनक देखि गरिरहेको व्यापारको प्रकृतिले निरन्तरता पाउने देखेमा ग्रिनकार्डको भिसा स्वीकृत गर्न सक्दछ। यसरी ग्रिनकार्डको भिसा अनुरोध गर्दा अमेरिकी श्रम विभागको स्वीकृति लिई रहनु पर्दैन। र यो भिसा प्रथम श्रेणीको हुदा स्वीकृत भएपछि ग्रिनकार्ड बनाऊनका लागि भिसाको पालो पर्खिरहनु पर्दैन ।

एल१ए भिसाका लागि नयाँ कम्पनीका तर्फबाट अमेरिकामा रहेको व्यवसाय र विदेशमा रहेको व्यवसायका बिचमा स्वामित्वको सम्बन्ध, नियमानुसार अमेरिकामा अर्को देशबाट पैसा ल्याएर लगानी गर्न सक्ने हैसियत जस्तो कि २।३ लाख अमेरिकी डलर, सम्भाव्यता अध्ययनको प्रतिवेदन, अनि ३ देखि ५ वर्ष भित्र गरिने कामको विवरण अर्थात् व्युजिनेश प्लान बुझाउनु पर्दछ। Business Plan मा सामान्यतया निम्नानुसारका कुराहरू खोलिएको हुनु पर्दछ। यस्तो अभिलेख सिपिए, चार्टड एकाऊण्टेण्ट, वा अन्य यस विषयमा दक्षता हासिल गरेको व्यक्तिहरूले गर्ने र यस्तो दस्ताबेज पनि अङ्ग्रेजी भाषामा नै तयार गरिनु पर्ने हुदा लगानीकर्ताको सुविधाका लागि अङ्ग्रेजीमै ती वुदाहरुलाई निम्नानुसार उल्लेख गरिएको छ। 

• A full executive summary.
• Personnel and employee expansion plan (including potential salaries, job descriptions and 
        titles).
• Market and industry analysis summary.
• Marketing plan, including online and social media strategy.
• Detailed job descriptions for key managers and employees.
• Copy of Commercial Lease and Photographs of business premises.
• Proof that the beneficiary has, or upon establishment will have, the qualifying relationship to 
        the foreign employer and the qualifying position; and
• The intended U.S. operation will be able to support the executive or managerial position 
         showing on chart within one year of the approval of the petition.

==============================================================
(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
==============================================================


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक