Similar Articles

अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु- डा केशव पौडेल

बिराट नेपाल


विजय थापा , "बृहत्तर र एकता एनआरएन अमेरिकाको आवश्यकता" भन्ने मूल नारा साथ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशी डा केशव पौडेल भन्छन् अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु l नजिकिदै गरेको एनआरएन अमेरिकाको निर्वाचनलाई मध्यनजर गर्दै समय व्यवस्थापन गर्दै भेटघाट क्रमलाई निरन्तरता दिई रहेको छु l

आफ्नो पेसाबाट समय बचत गर्दै र परिवारलाई समय दिदै बाकी रहेको समय नेपालीको सर्वाङ्ग हितको लागि समाज सेवा गर्न तत्पर भएकोले अध्यक्ष पदमा उम्मेदवार बनेको हु l पेसाले पौडेल मानव चिकित्सक हुन् l विद्यार्थी जीवन देखि नै विभिन्न सङ्घ तथा संस्थामा सक्रिय रहेका डा पौडेल पेसागत रूपमा अमेरिकन कलेज अफ फिजीसियन को काउन्सिल सदस्य तथा सोसाईटी अफ हस्पिटल मेडिसीन न्यूमेक्सिकोका सभापति हुन् । हाल अमेरिकाको न्यूमेक्सिको राज्यको लभलेस स्वास्थ्य पद्धतिका चिकित्सा निर्देशक पनि हुन् l

चिकित्सक पेसामा मानव सेवा हुन्छ भने किन समाज सेवामा संलग्न हुन चाहनु हुन्छ भन्ने जिज्ञासामा पौडेल भन्छन् :
मानव सेवा र समाज सेवा अलग हुन् l चिकित्सा पेसामा पक्कै मानव सेवा हुन्छ l आफ्नो पेसामा चिकित्सा सम्बन्धी मान्छेहरूलाई मात्र सेवा गर्ने मौका मिल्छ l सेवाको क्षेत्र निश्चित परिधि भित्र हुन्छ l तर समाज सेवाको दायरा फराकिलो हुन्छ l पहिलो कुरा म एउटा नेपाली हु l म सँग त्यो भावना छ l म त्यो वातावरणमा हुर्किए l एनआरएन हामी सबैको सांझा चौतारी हो l एन आर एन अमेरिकाले समस्त नेपाली समुदायको प्रतिनिधित्व गरेको हुन्छ l आफू नेपाली भएकोले यो संस्था मार्फत नेपाली समुदायको लागि सेवा गर्न ईच्छुक छु l

त्यसैले  à¤¸à¤®à¤¾à¤œ सेवामा संलग्न हुन चाहना भएकोले म अध्यक्ष पदको प्रत्याशी बनेको हु l
मुलुकमा अझ पनि संविधान बन्ने छाटकाट छैन ,संविधान कुहिरो भित्र हराई रहेको काग जस्तो भै रहेको अवस्थामा अध्यक्ष पदका प्रत्याशी भएको नाताले नेपालका राजनीतिक दल र नेताहरूलाई के संदेश दिन चाहनु हुन्छ भन्ने जिज्ञासामा पौडेल यसो भन्छन्  '

सबै राजनैतिक दल र नेताहरू एक जुट भएर ,व्यक्तिगत ,समूह ,गुट ,उपगुट तथा कुनै स्वार्थमा नलागी त्यो भन्दा माथि उठेर नेपालीहरूको समष्टि हितको लागि चाडो भन्दा चाडो संविधान बनाउन अमेरिकामा रहेका समस्त नेपालीहरूको तर्फबाट संदेश पुगोस भन्ने चाहन्छु l  

बिजयी भएमा सर्वप्रथम के काम गर्नु हुन्छ भन्ने सवालमा एनआरएन अमेरिकाको सङ्गठनलाई बलियो बनाउने छु l अमेरिका भर रहेका नेपालीहरूलाई यो संस्थामा सदस्य लिन मन लगाउने प्रकारका कार्यक्रम ल्याउने छु , पौडेल बताउछन l

एनआरएन अमेरिकाका लागि अध्यक्ष पदका प्रत्याशी भएको नाताले भेटघाटलाई तेज बनाउन भ्रमणलाई निरन्तरता दिई रहेको छु l एनआरएन सदस्यता वृद्धि गर्ने क्रममा करिब दर्जन भन्दा ज्यादा सहरमा पुगेको बताउदै बिजयी भएमा पनि यो क्रम जारी रहने बताए l 

यस संस्थालाई अझ बृहत्तर र समावेशी बनाउने अभियानमा लागेको हुनाले अमेरिकामा रहेका नेपाली समुदायले आफूलाई  à¤¨à¥‡à¤¤à¥ƒà¤¤à¥à¤µ गर्ने जिम्मेबारी​ ​दिने छन् भन्ने कुरामा विश्वस्त भएको बताए l


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक