Similar Articles

यस्ता छन् इन्दिरा त्रिपाठीका प्रतिवद्धताहरू

बिराट नेपाल

एनआरएन एनसीसी अमेरिकाको महिला संयोजक पदकी उम्मेदवार इन्दिरा त्रिपाठीले आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गर्नुभएको छ । नेपाली महिलाहरुमाथि हुने गरेका हिंसा, शोषण, दमन, बलात्कार जस्ता अत्याचारविरुद्ध काम गर्ने र महिलाहरूलाई जनचेतनासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता त्रिपाठीको रहेको छ ।

नेपाली महिलाहरूको तथ्याङ्क सङ्कलन गरी सीप र ज्ञानको विकासमा तालिम दिने, नव शिशुहरुलाई नेपाली भाषा सिकाउने, नेपालीहरूको तथ्याङ्कको आधारमा कम्युनिटी सेन्टर हरेक स्टेटमा बनाउन पहल गर्ने प्रतिबद्धता पनि त्रिपाठीले व्यक्त गर्नुभएको छ । यसबाहेक सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई अमेरिकामा सवारी चालक अनुमतिपत्रका लागि नेपाली भाषामा परीक्षा दिन पाउनुपर्ने व्यवस्थाका लागि सहयोग गर्ने, विदेशमा रहेका आमाबुवा, हजुरबुवा हजुरआमाहरुको विदेशी नागरिकताका लागि अन्तरवार्ता दिनुपर्दा दोभाषेको व्यवस्था गरी विदेशी नागरिकता लिन मिल्ने प्रावधान गर्न अमेरिकी सरकारसमक्ष पहल गर्ने, महिलाहरुका पेसा अनुसार सङ्गठित पार्न र साधारण गतिविधि नर्सिङ व्यवसाय, बालबालिका गृह घर, बृद्धाश्रम, ब्यूटीपार्लर जस्ता कार्य अमेरिकी सरकारसँगको पहलमा नेपालीकरणमा परीक्षा दिने व्यवस्थामा सहयोग गर्ने प्रतिबद्धता पनि त्रिपाठीको रहेको छ ।

त्रिपाठीले एनआरएन अमेरिका राष्ट्रिय महिला समितिबाट लसएञ्जलसमा भएको अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विश्व महिला कल्याणकारी कोषको स्थापना गरेर संसारभरिका महिलाहरूलाई समेट्ने स्पष्ट पार्नुभएको छ । यसबाट एनआरएन एनसीसी अमेरिकाको समन्वयमा बसी सम्पूर्ण नारीहरू खासगरि नेपाली महिलाहरूको हिंसा, शोषण, दमन, बलात्कार जस्ता अत्याचारविरुद्ध काम गर्ने र महिला हरुलाई जनचेतनासम्बन्धी काम गर्ने पनि त्रिपाठीको भनाई छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक