Similar Articles

संगीता लम्साल सिवाकोटीद्वारा एनआरएन एनसिसि अफ अमेरिकाको सह-सचिव पदमा उम्मेद्वारी

बिराट नेपाल

लस एन्जल्स, अमेरिका / लस एन्जल्सबाट आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रममा संगीता लम्साल सिवाकोटीले एनआरएन एनसिसि अफ अमेरिकाको सह-सचिव पदमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । नेपालदेखि अमेरिकामा सामाजिक सेवा गरिरहनु भएकी सिवाकोटीले एनआरएन अमेरिकालाई परोपकारी पनि काम गर्ने एउटा बृहद प्लेटफर्मको रूपमा विकास गर्न जोडदार पहल गर्ने तथा नेपालीहरूका सरोकारका विषयहरूमा प्रतक्ष्य सहयोग पुरयाउने कार्य गर्ने बताउदै आफ्नो उम्मेदवारीको घोषणा गरेको बताउनु भयो । आगामी दिनमा विस्तृत कार्ययोजना सहित आउने समेत उहाँले बताउनु भयो  à¥¤ उहाँको बक्तब्यको विस्तृत विवरण तल उल्लेख गरिएको छ


आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा मेरो सादर नमस्कार !
तपाइहरूको सहयोगको बिनम्र अनुरोध गर्दै मेरा प्रतिबद्दताहरु पुरा गर्न प्रण गर्दछु।

मेरा प्रतिबद्ताहरु
१. सानै उमेर देखि नै सामाजिक काममा संलग्न हुँदै आएको र आफू बिशुद्ध परोपकारी सेवाको आभियान लिएर हिडीरहेकोले एनआरएन एनसीसी अफ युएसएलाई परोपकारी पनि काम गर्ने एउटा बृहद प्लेटफर्मको रूपमा विकास गर्न जोडदार पहल गर्छु ।

२. अमेरिकी भूमिमा समृद्दीको सपना पुरा गर्न भित्रिएका नेपालीहरूलाई सुरुमा पर्ने कठिनाइ एवं समस्याहरूको लागि उनीहरूलाई सोसियल सिक्युरिटी , चालक अनुमति पत्र , राज्यबाट पाउने सुविधाहरू, स्वास्थ्य बिमा एब रोजगार प्रवर्दनका तथा अन्य विषयमा बृहद जानकारीमुलक सञ्जाल निर्माण गरी यस्ता सुचनामुलक भिडिओहरु एनआरएन एनसीसी अफ युएसएको वेब साइट मा उपलब्ध गराउछु ।

यस्तै उदेश्यहरु लियेर NRN-USA मा मेरो उम्मेदवारी घोषणा गरेकी छु, आगामी दिनमा विस्तृत कार्ययोजना सहित उपस्थित हुने छु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक