Similar Articles

एनआरएनए टेक्सासमा उत्तम लामिछाने साझा उम्मेदवार

बिराट नेपाल

अन्तत: उत्तम लामिछाने NRNA-NCC, टेक्सास को अध्यक्ष पदका लागि उम्मेदवार हुन राजी हुनुभएको छ I ड्यालस फोर्टवर्थ   क्षेत्रका मात्रको केही लब्ध-प्रतिष्ठित व्यक्तित्वहरुको झन्डै दुई साता लामो प्रयासपछि उहाँले आफ्नो स्वीकारोक्ति दिनु भएको हो । अत्यन्त सज्जन, समाज सेवामा सदैव अग्रसर र सबै तप्काका प्रिय उत्तम लामिछानेको उमेदवारी, NRNA कै लागि एउटा सार्थक कार्य हुनेछ भन्ने टेक्सासको  à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€ समाजका अगुवाहरुको साझा राय बन्दै गएको छ I लामिछानेको नेतृत्वमा सबै पक्ष समेटेको एउटा सक्षम समूह (प्यानल)लाई यसपाला टेक्ससको NRNAमा पठाउन यहाँका प्रभावशाली व्यक्तिहरू सक्रिय रहेको जानकारी मिडियालाई प्राप्त भएको छ ।
 
यसै बिच उत्तम लामिछानेले एक अपिल मार्फत भन्नुभएको छ: "आदरणीय टेक्सासवासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरु हाम्राअग्रजहरुले सुरु गरेका नेपाली मौलीकता, भाषा सस्कृतिको जगेर्ना गर्दै लान, राजनीतिक पूर्वाग्रहबाट हाम्रो समाजलाई मुक्त गरी निस्पक्ष ढङ्गबाट कार्य सम्पादन गर्नको साथै हामी टेक्सास बासी नेपालीको एकताको सन्देश  à¤«à¥ˆà¤²à¤¾à¤‰à¤¨ तपाइहरू सम्पूर्णको साझा सहयोगको अपेक्षा गर्दै NRNA NCC State Co-ordinator पदको लागि उम्मेदवारको घोषणा गर्न गइरहेको कुरा अबगत गराउदै यहाहरुको सल्लाह सुझावको अपेक्षा राख्दछु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक