Similar Articles

एनआरएन अमेरिकाका अध्यक्षका सशक्त प्रत्यासी दुबै पौडेल सँगसँगै

बिराट नेपाल

भर्जिनिया, अमेरिका | एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा चर्चामा रहेका अध्यक्षका दुई सशक्त प्रत्यासी नगेन्द्र पौडेल र डाक्टर केशव पौडेलबीच आज यहाँ भेटघाट र छलफल भएको छ | एएनएको विशेष बैठकमा सहभागी हुने क्रममा दुवै पौडेलको यसरी भेट भएको हो | भेटसंगै दुवैले लन्च पनि सँगै गरे | भेटपछि ग्लोब नेपाल डट कम प्रतिनिधिलाई जानकारी दिदैं अध्यक्षका प्रत्यासी मध्येका एक नगेन्द्र पौडेलले भने-'हामी दुवै पौडेल दाजुभाइ एएनएमा भेट गरेर सँगै लन्च ग-यौं, आ आफ्ना कुराहरू आदान-प्रदान ग-यौं |' मिल्ने र सहमति हुने बारे पनि केही कुरा भयो कि भन्ने जिज्ञासामा पौडेलले भने-'त्यस्तो केही कुरा भएको छैन र आज पनि भएन,म भेटघाट र प्रचारमा जुटेको छु |'

अध्यक्षका अर्का प्रत्यासी डाक्टर केशब पौडेलसंग सम्पर्क प्रयास गर्दा साँझ ६ बजेसम्म पनि उहाँ सम्पर्कमा आउनु भएन | यस अघि गतसाता नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टको पहलमा समिति निकट चार सम्भावित प्रत्यासीलाई न्यूयोर्कमा सँगै राखेर मिलेर जान आग्रह गरिएको थियो | यसरी समिति निकटका चार प्रत्यासीहरु पौडेलद्वय,सानुबाबु सिलवाल र दुर्गा दाहाल एक रात सँगै बसेर मिल्ने सम्भावना बारे छलफल गरेका थिए र यस्तो पहल जारी राख्ने भन्दै आ आफ्नो चुनावी दौडमा निस्केका थिए | त्यसपछि पौडेलद्वयको यो पहिलो भेट हो | जनसम्पर्क समितिमा आवद्ध अधिकांश सदस्य र शुभेच्छुकहरु दुई पौडेल मिलेर जानुपर्ने र एक जना मात्र उम्मेदवार बन्नुपर्ने भन्दै दुवैलाई मिल्नका लागि नैतिक दबाब दिइरहेका छन् | गत साता ग्लोब नेपालसंगको कुराकानीका क्रममा पनि डाक्टर केशब पौडेलले आफू मिलेर जानका लागि तयार रहेको बताएका थिए | 

तर आजको भेट त्यस विषयमा प्रवेश नै नगरी टुंगिएको छ | डाक्टर पौडेल भर्जिनियाबाट प्रचारका क्रममा आजै बाल्टिमोरतर्फ लागेका छन् भने अर्का पौडेल भोले शिकागो उड्दैछन् | डाक्टर पौडेल आज बाल्टिमोरमा रहेका आफ्नो गृहजिल्ला तनहुका आफ्ना शुभेच्छुकहरुसंग भेट गरी भोलि बाल्टिमोरका विभिन्न क्षेत्रका प्रतिनिधिहरूका माझ आफ्नो उम्मेदवारीका बारे छलफल गर्दैछन् |

यसैबिच नेपाली जनसम्पर्क समितिका उपसभापति केशव बरालले दुई पौडेलबीच मिलाप हुने सम्भावना बढेको सङ्केत गरेका छन् | दुई पौडेलबीचको आजको भेटको तस्बिर आफ्नो फेसबुक वाल मार्फत सार्वजनिक गर्दै बरालले लेखेका छन्,-'आशा गरू दाजु र भाइको बिच मिलन टाढा छैन !!' बरालले दुई पौडेल एकापसमा मिलेर जानुको विकल्प नरहेको भन्दै आपसमा मिलन पौडेलद्वयलाई आग्रह गरेका छन् | यसैगरी बरालको स्टाटस र तस्बिरमाथि कमेन्ट गर्दै नेपाली जनसम्पर्क समिति,न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगानाले लेखेका छन्,-'पौडेल दाजुभाइहरुको वार्तालाप कुनै हालतमा पनि सफल हुनुपर्छ भन्ने समाचार ग्लोब नेपालमा छपिएको छ |

एनआरएन अमेरिकाका अध्यक्षका सशक्त प्रत्यासी दुबै पौडेल सँगसँगै


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक