Similar Articles

एनआरएन अमेरिकाको वरिष्ठ उपाध्यक्षमा विश्व शाहको उम्मेदवारी घोषणा, कनेक्टिकटबाट चुनावी अभियान

बिराट नेपाल

एनआरएन अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा न्युयोर्क निवासी विश्व शाहले उम्मेदवारी घोषणा गर्नुभएको छ । कनेक्टिकटको हार्टफोर्डमा एक कार्यक्रमको आयोजना गरी शाहले उम्मेदवारीको घोषणा गरेका हुन् । आगामी अप्रिल १६ देखि २० सम्म एनआरएन अमेरिकाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । शाहको औपचारिक उम्मेदवारी घोषणा एनआरएन अमेरिकाको निर्वाचन आयोगसमक्ष उम्मेदवारी दर्ता गराउने मिति सुरुहुनुभन्दा एकदिन अगाडि गरिएको हो ।

हर्टफोर्डमा रहेको टेस्ट अफ इन्डिया रेष्टुरेण्टमा आयोजित घोषणा कार्यक्रममा बोल्दै विश्व शाहले भन्नुभयो –‘ठुला ठुला प्रतिबद्धतासहितका मेरा कुनै लामालामा घोषणापत्रहरु छैनन् । म एनआरएन अमेरिकाको नेतृत्वमा पुगेर गैरआवासीय नेपालीका हित र पक्षमा काम गर्न चाहन्छु । ’ कनेक्टिकटबाट आफ्नो चुनावी अभियान सुरु गरेकोमा कनेक्टिकट निवासी नेपालीहरूले खुसी व्यक्त गर्दै शाहलाई सफलताका लागि शुभकामना दिएका थिए । विश्व शाह वर्तमान एनआरएन अमेरिकाको कार्यसमितिको सल्लाहकार हुनुहुन्थ्यो ।

लामो समयदेखि एनआरएन आन्दोलनमा सक्रिय विश्व शाहले गतवर्ष एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । तर पछि आफूभन्दा योग्य व्यक्ति खगेन्द्र जीसीले अध्यक्षमा उम्मेदवारी दिएकाले उहाँलाई नै समर्थन गर्ने भन्दै शाहले उम्मेदवारी फिर्ता लिनुभएको थियो । कार्यक्रममा बोल्दै शाहले भन्नुभयो –‘मैले खादा ओढ्ने वा पदीय लालचका कारण उम्मेदवारी दिएको थिइन । एनआरएन राम्रो होस् भन्ने उद्देश्यले एनआरएनको नेतृत्वमा पुगेर काम गर्ने उदेश्यका साथ उम्मेदवारी दिएको थिएँ ।  à¤® भन्दा योग्य खगेन्द्र जीसीले उम्मेदवारी दिएपछि मैले गत वर्ष अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको हुँ । यो वर्ष पनि मैले पदीय लालचका कारण होइन, एनआरएन नेतृत्वमा पुगेर काम गर्न र एनआरएन सङ्गठनलाई बलियो बनाउन उम्मेदवारी दिन लागेको हुँ । ’

कार्यक्रममा सहभागीहरुले गतवर्ष अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिनुले शाहमा पदीय लालच नभएको र काम गर्ने उद्देश्य प्रस्ट भएको बताएका थिए । कार्यक्रममा सहभागीहरुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनु एनआरएन आन्दोलनमा सक्रिय रहदै आएका विश्व शाहको अधिकार नै भएको बताएका थिए । सहभागीमध्ये केहीले गतवर्ष कनेक्टिकटमा आएर विश्व शाहले नै  à¤†à¤—्रह गरेका कारण एनआरएनको सदस्यता लिएको समेत बताएका थिए । कार्यक्रममा सहभागीहरुले शाहलाई निर्वाचित भएमा गर्ने कामका बारेमा जिज्ञासा राखेका थिए भने निर्वाचित भएमा स्थानीय नेपाली संगठनहरुसँग प्रतिस्पर्धा होइन र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।

नेपलिज एसोसिएसन अफ कनेक्टिकका अध्यक्ष घनश्याम खड्काले सहजीकरण गर्नुभएको कार्यक्रममा एनआरएन अमेरिकाका वर्तमान बोर्ड सदस्य लक्ष्मी बजगाईले समेत बोल्नुभएको थियो । बजगाईले एनआरएन अमेरिकाको आगामी निर्वाचनमा प्रवक्ता पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।
यसैबिच एनआरएन अमेरिकाको चुनावी कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको म्याद सुरु भएको छ । यो म्याद आगामी मार्च २६ सम्म कायम रहनेछ ।  à¤¯à¤¸ अगाडि मार्च २३ सम्म उम्मेदवारी दर्ताको म्याद राखिएकोमा त्यसलाई संशोधन गरी मार्च २६ सम्मका लागि उम्मेदवारी दर्ताको म्याद लम्बाइएको हो । एनआरएन अमेरिकाको कार्यसमितिले गरेको आग्रह अनुसार चुनावी कार्यतालिका हेरफेर गरिएको निर्वाचन आयुक्त विनोद रोकाले जानकारी दिनुभएको छ ।

चुनावी कार्यतालिका मार्च १६ देखि २६ सम्म उम्मेदवारी दर्ताको मिति रहेको छ । उम्मेदवारी दिन इच्छुकले मार्च २६ को मध्यरातसम्म अनलाइनमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउन सक्नेछन् । मार्च २९ मा उम्मेदवारहरुको पहिलो सुची प्रकाशित गरिनेछ । मार्च ३१ र ३१ म  à¤¦à¤¾à¤¬à¥€ , विरोध र उम्मेदवारी फिर्ताका लागि मिति तोकिएको छ भने अप्रिल ३ मा उम्मेदवारको अन्तिम सुची प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै अप्रिल ४ देखि १५ सम्म चुनावी प्रचारप्रसारको अवधि तोकिएको छ । त्यसपछि अप्रिल १६ देखि २० सम्म अनलाइन र कागजी मतपत्रमार्फत मतदान हुनेछ । अप्रिल २५ र २६ मा मतगणनापछि मत परिणाम घोषणा गर्ने आयोगले जनाएको छ ।

एनआरएन अमेरिकाको आगामी मार्च २१ र २२ मा हुने वार्षिक साधारणसभाले विधान संशोधन गर्ने चर्चा भइरहेपनि वर्तमान विधान अनुसार नै निर्वाचन कार्यतालिकाको घोषणा गरिएको हो । एनआरएन अमेरिकाको विभिन्न १९ वटा पदमा र पाँचजना एनआरएन आईसीसी सदस्यका लागि चुनाव हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिन चाहनेले एकहजार अमेरिकी डलर उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ भने वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन चाहनेले ८ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । त्यस्तै दुईजना निर्वाचित हुने उपाध्यक्ष पदमा उम्मेदवारीका लागि ७ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । महासचिव पदमा उम्मेदवारीका लागि पनि ७ सय डलर नै शुल्क तोकिएको छ । सहसचिव र कोषाध्यक्ष पदमा उम्मेदवारीका लागि ६ सय डलर शुल्क तिर्नुपर्नेछ भने सहकोषाध्यक्ष, प्रवक्ता , मिडिया कोअर्डिनेटर, युवा कोअर्डिनेटर र महिला कोअर्डिनेटरमा उम्मेदवारीका लागि ५ सय अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । ७ जना बोर्ड सदस्यका लागि हुने चुनावमा उम्मेदवारीका लागि भने ४ सय डलर शुल्क तोकिएको छ ।

पाँचजना निर्वाचित हुने एनआरएन आईसीसीको सदस्यमा उम्मेदवारीका लागि १ हजार अमेरिकी डलर शुल्क तोकिएको छ । त्यस्तै अलाबामा, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, फ्लोरिडा, जर्जिया, इलिनोय, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, न्यु ह्याम्सायर, न्यु जर्सी, न्यु मेक्सिको, न्युयोर्क, नर्थ क्यारोलिना, ओरेगन, पेन्सिलभेनिया, टेनिसी, टेक्सास, भर्जिनिया र वासिंटन राज्यमा एनआरएन अमेरिकाको च्याप्टरका लागि समेत चुनाव हुने भएको छ । च्याप्टर अध्यक्षमा उम्मेदवारी दिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्नेछ । च्याप्टरमा एकजना उपाध्यक्ष निर्वाचित हुनेछन् , जसमा उम्मेदवारीका लागि ४ सय डलर शुल्क तोकिएको छ । त्यस्तै एकजना सचिव र एकजना कोषाध्यक्ष पदका लागि ३ सय ५० र ३ सय उम्मेदवारी शुल्क तोकिएको छ । च्याप्टरमा ११ जना डाइरेक्टरहरु निर्वाचित हुनेछन् । जसमा उम्मेदवारीका लागि २ सय डलर शुल्क तोकिएको छ । एनआरएन अमेरिकाको योग्य सदस्यले कुनै पनि पदका लागि तोकिएको समयभित्र उम्मेदवारी दिनसक्ने एनआरएन अमेरिकाको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक