Similar Articles

एनआरएन एनसीसी अमेरिका निर्वाचन सापकोटाले सह कोषाध्यक्षमा उम्मेदवारी दिने

बिराट नेपाल

बीआरटी नेपाल संवादाता, एनआरएन एनसीसी अमेरिकाका आगामी नेतृत्वका लागि प्रकाश सापकोटाले सह कोषाध्यममा उम्मेदवारी दिने भएका छन् । कोलोराडोको स्टिमवोट सहरमा विगत ८ वर्ष देखि बस्दै आएका सापकोटा पर्यटन, लेखा, सूचना प्रविधि व्यवसायमा संलग्न छन् ।

करिब एक महिना पछि एनआरएन एनसीसी अमेरिकाको निर्वाचन हुने कार्यक्रम छ । विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । एनआरएन एनसीसीमा झण्डै १२ हजार सदस्य छन् । नयाँ सोच र संकल्प केवल एउटै विकल्प भन्ने नाराका साथ सापकोटाले आफ्नो अभियान अघि बढाएको जानकारी दिए । एनआरएन एनसीसी अमेरिका नेपाल र अमेरिका बिच पुलको काम गर्ने संस्था बन्नु पर्छ भन्ने उद्देश्यका साथ चुनावी अभियानमा छु सापकोटाले बीआरटी नेपालसँग भने । यही क्रममा नेपालीसंगको सम्पर्कलाई तीव्रता दिइरहेको उनले जानकारी दिए । 

अव हामी निन्द्रामा जस्तो गरी बस्नु हुँदैन सापकोटाले भने अमेरिकी समाजमा स्थापित हुने र नेपालाई केही योगदान पुर्‍याउन अघि बढ्न बाहेक विकल्प छैन । लामो समय नेपालमा पर्यटन व्यवसारमा काम गरेको र यहांपनि यस्तै काम गर्दै आएकाले आफ्नो अनुभव एनआरएन अमेरिका लागि उपयोगी हुने सापकोटाको दाबी छ । सापकोटाले नेपालका केही सूचना प्रविधि कम्पनीमा पनि लगानी गरेका छन् । सापकोटाले गत वर्ष पनि एनआरएन एनसीसी अमेरिकाको निर्वाचनमा यही पदमा उम्मेदवारी दिएका थिए ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक