Similar Articles

बोलेर होइन गरेर देखाउने नै सफलता हो--दिल श्रेष्ठ

बिराट नेपाल

नमस्कार ।
सम्पूर्ण विदेशमा छरिएर रहनु भएका गैर आवासीय नेपाली दाजुभाइ- दिदीबहिनीहरुमा म दिल श्रेष्ठको हार्दिक अपिल।

विगत १० वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै नेपाली दाजुभाइ-दिदीबहिनीहरुको समस्या प्रति यथासक्दो सहयोग राखी हाल अमेरिकाको एन आर एन ए को सह-सचिव पदमा रही सामाजिक कार्य गदै आएको यहाँहरु सम्पूर्णमा अवगत रहेकै छ । यही आउदो अप्रिल १६ देखि २० ,२०१५ मा हुन गइरहेको एन आर एन / आई सि सि पदमा उम्मेदवारी घोषणा गदै म दिल श्रेष्ठ यहाँहरु समक्ष अमूल्य मतको अपेक्षा राखेकाे छु । विगत वर्षमा जुन किसिमले बिजयी गराउदै सामाजिक कायमा अगाडी बढाउंदै गरिमामय गैर आवासीय नेपाली सङ्घ एन आर एन ए अमेरिकाको सह- सचिव पदमा बिजयी गराई उत्प्रेरीत गराउनु भयो । यसै अनुरूप समाज, राष्ट्र र गैर आवसीय नेपालीका समस्याहरुमा जुन किसिमले सहयोग गर्ने अहोभाग्य मिलेको थियो र छ, अझै सारा विश्वमाझ छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरूका समस्यालाई यथासक्दो सहयोग गर्न तत्पर रहंदै आईसीसी सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेको छु । यसर्थ : तपाईँ सम्पूर्ण गैर आवसीय नेपाली दाजु-भाइ, दिदी-बहिनीहरुमा हार्दिकतापुर्वक पूर्ण सहयोगको अपेक्षा राख्दै आफ्ना निम्न लिखित प्रतिबद्धताहरु व्यक्त गर्न चाहन्छु । उम्मेदवार म दिल श्रेष्ठको प्रतिबद्धताहरु:

1. सबै सदस्यहरूको समान पहुँचको साझा संस्था बनाउंदै सम्पूर्ण गैर आवसीय नेपालीहरुमाझ गैर आवसीय नेपाली सँगको आवश्यकता र महत्व बुझी समग्र विश्वमाझ छाता सङ्गठनको रूपमा मजबुत पार्नका निमित्त पहल गर्ने ।

2. अन्तरराष्ट्रिय रूपमा सदस्यता बढाउंदै एनआरएन सँग सम्बन्धित रहनुहुने सम्पूर्ण नेपालीहरूलाई ब्यबसायीक बनाउंदै नेपाल र नेपालीका निमित्त नयाँ योजना कार्यान्वयनको सुरुवात गर्न पहल गर्ने ।

3. सिपमुलक तथा बिकासमुलक काममा सम्पूर्ण युवा शक्तिलाई आकर्शित किसिमका योजना ल्याउने ।
4. देश विदेशमा छरिएर रहेका गैर आवसीय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको हक, हितमा सदैव तत्पर रहने ।

5. व्यापार, रोजगार र विकासको निम्ति आवश्यकिय पहल गर्ने ।
6. विश्वब्यापारीकरण एनआरएन बैंङ्किङ्ग सेवा सुविधाका निम्ति स्थापना गर्नका लागि आवश्यक पहल गर्ने ।

7. विश्वमा गैर आवसीय नेपालीहरू माझ पर्ने विपत्तिप्रति सचेत रहंदै एनआरएन आपतकालिन कोश स्थापनाका लागि पहल गर्ने ।
8. नेपालमा पर्यटन, कृषि, जलस्रोत, जडिबुटी जस्ता क्षेत्रमा लगानीका निमित्त पहल गर्ने ।

9. नेपाली भाषा, साहित्य, कला र संस्कृति लगायत खेलकुद विकासका निमित्त एनआरएन मार्फत कोश स्थापनाका निमित्त आवश्यक सहयोग गर्दै आफुसक्दो पहल गर्ने ।
10. दोहोरो नागरिकता र कर प्रणालीको अन्त्य गर्न आवाज बुल्यान्ड पार्ने । नेपालीहरूको आवश्यकतालाई मध्यानजर गर्दै सरकार समक्ष कन्सुलर सर्भिसका निमित्त आवश्यक पहल गर्ने ।

दिल श्रेष्ठ
सह-सचिव
(NRN NCC OF USA)
उम्मेदवार , NRN ICC


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक