Similar Articles

कृष्ण पोखरेलको अपिल

बिराट नेपाल

आदरणीय अमेरिकाबासि गैर–आवासीय नेपाली आमा–बुवा, दाजु–भाइ तथा दिदी–बहिनीहरू

गत वर्ष भएको NRN NCC of USA को चुनावबाट मलाई महासचिव जस्तो गरिमामय पदमा बिजयी गराउनु भएकोमा म यहाहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु, वर्तमान कार्य समितिका साथीहरू, ICC का सदस्य, सल्लाहकार एवं सम्पूर्ण हजुरहरुको अथक प्रयासबाट नै छोटो समयमा NRN NCC of USA ले ठुलो संस्थागत फड्को मार्न सफल भएको हो, साच्चिकै भन्नु पर्दा हाम्रा कार्यक्रम तथा क्रियाकलापहरुलाई पहरेदारको भूमिका निर्वाह गरी सूचना प्रवाह गरिदिने पत्रकार तथा संचारकर्मी साथीहरू र हामीले थालेका हरेक कार्यक्रमलाई सहयोग गर्ने तपाईँ गैह्र आबसिय नेपालीहरूको यति ठुलो सहयोग नभएको भए ल्च्ल्, ग्क्ब् आजको यो अवस्थामा कदाचित आउन सक्ने थिएन । यसका लागि म यहाहरु सम्पूर्णलाई हृदय देखि नै मुरी–मुरी धन्यवाद दिन चाहन्छु । यहाहरुको माया र सद्भावले मलाई प्रतिनिधिका रूपमा पठाउनु भए पछि मैले छोटो समय भए पनि संस्थागत संरचनामा बसेर सामाजिक सेवा गर्ने र सिक्ने अवसर पाए। संस्था सुदृढिकरण र सदस्यता वृद्धिका लागि अमेरिकाका धेरै राज्यहरूमा घुमि संस्थालाई गरिमामय बनाउनका लागि उल्लेखिय भूमिका निर्भाह गरे । आम नेपालीका हस्तलिखित पासपोर्ट नबिकरण गरी MRP पासपोर्ट बनाउनका लागि NRN NCC of USA को तर्फबाट नेपाल सरकारसँग मिलेर प्रतिनिधिको रूपमा सेवा गर्ने अवसर पाए। नेपालमा भएको भयावह बाढीपिडित समस्यामा राहतका लागि सहभागी हुने, आपत् विपतमा रहेका सम्पूर्ण नेपालीहरू दाजुभाइ तथा दिदीबहिनीहरुलाई आवश्यक सहयोग गर्ने जस्ता यी सबै मरो जीवनका महत्वपूर्ण अनुभवहरू हुन् । 

यिनै अनुभवलाई संगालेर मैले आगामी दिनमा केही गर्न सक्छु भन्ने दृढ विश्वास लिएको छु । यो कार्यकल अत्यन्त छोटो भएकोले कुनै कार्य सुरुवात मात्र भएको छ भने कुनै कार्यको लागि पहल हुँदैछ । अतः मलाई विगत र वर्तमानको अनुभव उपयोग गराउंदै यो संस्थालाई एउटा परिपक्क र प्रतिष्ठित संस्था बनाउने अवसर फेरी पनि दिनुहुने छ भन्ने विश्वास छ । बामे सर्दै गरेको ल्च्ल्, ग्क्ब् ले आज एक वर्ष नपुग्दै आफ्नो गति यहाँ“हरुलाई छर्लड्ड देखाएको छ । यो गतिलाई अझ अगाडि बढाउनका लागि म तपसिल बमोजिमका प्रतिबद्धता व्यक्त गर्दै NRN NCC of USA को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष (Senior Vice-President) पदमा मेरो उमेद्वारिको घोषणा गर्न गैरहेको कुरा जानकारी गर्न चाहन्छु ।

१) पूर्ण आर्थिक अधिकार भएको नेपाली नागरिकता निरन्तरताको लागि जोडदार पहल गर्ने । नेपाल सरकार र अमेरिकी सरकार समक्ष बुझाउन पर्ने दोहोरो कर हटाउने सम्बन्धमा नेपाल सरकार सँग तुरुन्त लागु हुने गरी अमेरिकी लगानीलाई नेपाल भित्र्याउने सहज वातावरण सिर्जना गर्न विशेष पहल गर्नेछु ।

२) अमेरिकामा आउने नव आगन्तुक NRN लाई NRN अफिस मार्फत आधारभूत तालिमका साथै सूचना र सहयोग उपलब्ध गराउने ।
३) NRN कार्डको व्यस्था गरी विभिन्न ब्यबसायीहरुसंग NRN का लागि सहुलियत सम्झौता गर्ने । सरकारी निकायमा समेत प्रवेश सहजिकरण पहल गर्ने र NRN ले पाउने सुविधा Website मार्फत सार्वजनिक गराउने ।
४) आकस्मिक सेवा कोषको स्थापना गरी त्यसको उचित परिचालन एवं अनुगमन गर्ने ।
५) हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बर्धनका लागि एउटा ल्च्ल्, ग्क्ब् मुख्य कार्यालय बनाउने र नेपालीहरूको बाक्लो बसाई भएका राज्यहरूमा कम्युनिटी सेन्टरको व्यवस्था गर्ने ।

६) स्थानीय नेपाली सङ्घ–संस्था र स्थानीय अमेरिकन सरकार बिच सम्बन्वय बढाउन पहल गर्ने र NRN संस्थाको माध्यमबाट नेपाली समुदायमा स्वास्थ्य, शिक्षा, बिमा, रोजगारी र व्यापार जस्ता कार्यक्रम सञ्चालन गर्न पहल गर्नेछु ।
७) अन्तर्राष्ट्रिय जगतमा सम्पूर्ण ख्यातिप्राप्त व्यक्तित्वहरु (जस्तैः कलाकार, पत्रकार, खेलाडी, साहित्यकार ....) लाई हाम्रा सञ्चारका माध्यमबाट प्रचार–प्रसार गराई पुरस्कृत तथा हौसला प्रदान गर्ने ।
८) अमेरिकामा अपनाईएका नविनतम उच्च प्रविधिलाई नेपालको शिक्षा र स्वास्थ जस्ता महत्वपूर्ण क्षेत्रमा भित्र्याउन प्रयास गर्ने ।

९) नेपाली सङ्घ–सङ्गठनमा रहेर लामो समय काम गरेका अनुभवी र दक्ष व्यक्तित्वलाई अमेरिकाको स्थानीय राजनीतिमा सहभागी गराउन पहल गर्ने ।
१०) नेपालको प्राकृतिक सौन्दर्यता तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गरी पर्यटन विकासमा सहयोग पु¥याउने । 
११) NRN NCC of USA ले अमेरिकामा रहेका सबै नेपाली संस्थाहरुलाई NRN NCC of USA को वेबसाइटमा सुचिकृत गरी सबै संस्थाहरूको सहयोगमा नेपाली अमेरिकनहरुको तथ्याङ्क सङ्कलन गर्ने । 
१२) स्थानीय नेपाली सङ्घ सङ्गठनहरूलाई विशेष रूपमा समन्वय गर्दै NRN का विभिन्न गतिविधि र कार्यक्रममा सहभागी गराउने ।

१३) NRN NCC of USA हामी सबै नेपालीको साझा संस्था बनाई सबै नेपालीलाई स्वतः स्फुर्त सदस्यता लिने वातावरण बनाउने र नयाँ आउने समितिलाई सशक्त र प्रभावकारी बनाउन विशेष भूमिका खेल्न अभिप्रेरित गर्ने ।

यसरी प्रवासी नेपालीहरूको मन जोड्दै नेपाल र नेपालीका लागि आर्थिक सामाजिक र सांस्कृतिक क्रियाकलापमा आवश्यक सहयोग गर्ने हेतुले निस्स्वार्थ भावना बोकी विभिन्न योजना बनाएको छु । अन्त्यमा गत वर्ष जस्तै यहाहरुको माया, प्रेरणा र सद्भावको आभिलाषा सहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको कुरा सम्पूर्ण नेपाली दाजुभाइ, दिदी–बहिनीहरूलाई सहर्ष जानकारी गराउदछु ... धन्यवाद

कृष्ण पोखरेल


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक