Similar Articles

एनआरएन अमेरिकाको संस्थागत विकासका लागि मेरो उम्मेदवारी: अध्यक्ष प्रत्यासी कुँवर

बिराट नेपाल

लस एन्जलस । आसन्न गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाको निर्वाचनका अध्यक्ष प्रत्यासी गणेश कुँवरले सङ्घको संस्थागत संरचना निर्माणको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । एनआरएन अमेरिका सङ्घको अन्तराष्ट्रिय परिषद निर्माणको एक दशकसम्म नेपाली अमेरिकनको पहुँच बाहिर रहेको हुँदा सङ्घको संस्थागत विकास हुन नसकेको हुँदा सङ्घको संस्थागत विकासका लागि आफ्नो दक्षता नेपाली अमेरिकनको हितमा उपयोग गर्न उम्मेदवारी दिएको बताउदै कुँवरले आफूलाई मत दिन आग्रह समेत गरेका छन् । शनिवार लस एन्जलसको आर्टेसिया सहरमा आयोजित कार्यक्रममा कुँवरले भने, 'मेरो पहिलो प्राथमिकता संस्थागत एनआरएन अमेरिका सँगै आइसीसी सदस्यका उम्मेदवार पुरुषोत्तम ढकालले उठाएको एजेन्डा अमेरिकी मुलधारमा नेपाली अमेरिकनको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण र समाजिकिरण तर्फ केन्द्रित रहने छु ।' 

उनले नेपाली अमेरिकनको पहिलो पुस्ताका सीमित अनुहारले सबै क्षेत्र ओगटेको र दोस्रो पुस्तालाई गैर आवशीय अभियानमा जोड्न पनि आफूले सक्दो प्रयास गर्ने बताए । उनकै शब्दमा, 'सबै नेपाली अमेरिकनलाई यो अभियानमा सामेल गर्न उनीहरूको हितमा दिन सकिने लाभकारी विषयहरू अमेरिकामा धेरै रहेको र सङ्घ सूचना मैत्री हुन नसकेको बताउदै आफूले हाँसिल गरेको सूचना प्रविधिको दक्षता समेत सङ्घको हितमा उपयोग गर्नेछु ।' एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरका निर्बिरोध निर्वाचित उपाध्यक्ष रामबाबु पाण्डेको संयोजनमा आयोजित कार्यक्रममा सङ्घको निबर्तमान महिला संयोजक एवं उपाध्यक्ष प्रत्यासी उमा कार्की 'थापा', सदस्य एवं उपाध्यक्ष प्रत्यासी बलराम थापा, सहसचिब प्रत्यासी संगीता सिवाकोटी र आइसीसी सदस्य प्रत्यासी पुरुषोत्तम ढकालले आ-आफ्नो उम्मेदवारी बारे प्रष्ट्याएका थिए । 

आइसीसी सदस्य राजेन्द्र सिवाकोटीले सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रममा स्थानीय अगुवाहरु यस क्षेत्रका बाणिज्यदुत ऋषि ढकाल, पशुपति फाउन्डेसनका अध्यक्ष भक्त थापा, अगुवा समाजसेवी, मुकुन्द ढुंगाना, संचारकर्मी सुदिप पन्त, अग्नि चौलागाईं लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लस एन्जलसका नेपाली समुदायको तर्फबाट अध्यक्ष प्रत्यासी कुँवरलाई स्वागत र निर्बिरोध निर्वाचित रामबाबु पाण्डेलाई बधाई ज्ञापन समेत गरिएको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक