Similar Articles

भावी एनआरएन अध्यक्षमा डा. पौडेलको जित निश्चित भन्न थाले अमेरिकामा नेपाली

बिराट नेपाल

असेश तमाङ, वासिङ्टन डिसी-- अमेरिकी एनआरएनको निर्वाचन नजिकिंदै गर्दा अध्यक्ष पदका सशक्त उम्मेदवार डा. केशव पौडेलको पक्षमा जनलहर उर्लिएको छ । हालै रिजउडमा शक्ति प्रदर्शन गरेका पौडेलले सहजै अन्य आकांक्षीहरुलाई पराजित गर्ने करिब पक्कापक्की भएको छ । सबैभन्दा शिक्षित एवम् भद्र र इमानदार डा. पौडेलको अगाडि अन्य उम्मेदवारहरु फिका देखिएका छन् । अमेरिकामा स्थापित दुई अनलाइन न्युज पोर्टल बिआरटी डटकम र हिमाली पोष्टको अनलाइन मत सर्वेक्षणले डा. पौडेललाई सबैभन्दा अब्बल उम्मेदवारको रूपमा देखाएको छ । अन्य उम्मेदवारहरुले १०÷१५ प्रतिशतको मत प्राप्त गरिरहेको स्थितिमा पौडेलले दुवै सर्वेक्षणमा सहजै ५० प्रतिशत मत कटाएका छन् । सामाजिक सञ्जालमा पनि पौडेलको पक्षमा स्पष्ट जनमत देखिएको छ । अन्य उम्मेदवारहरुको कार्यक्रममा आठ, दश जनाको सङ्ख्या उपस्थित हुने गरे पनि पौडेलको कार्यक्रमहरूमा हलहरु खचाखच हुने गरेका छन् । यसै साता पौडेलको न्युयोर्क, क्यालिफोर्निया र टेक्सासमा भव्य कार्यक्रमहरू हुने भएका छन् । निर्वाचन क्याम्पेनका विषयमा पौडेल भन्छन्– ‘साथीहरूले धेरै राज्यहरूको कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरिरहनुभएको छ । भ्याएसम्म सबैतिर गइराखेको छु । समय अभावले सबै कार्यक्रम भ्याउन गाह्रो परिरहेको अवस्था छ ।’ निर्वाचनकै प्रसङ्गमा पौडेल थप्छन्– ‘सकारात्मक सोच र सकारात्मक कामका लागि एनआरएनमा आएको हुँ । साथीहरू सबै जनाले माया गरिराख्नुभएको छ । विश्वास छ, मलाई अध्यक्षमा पु¥याउनुहुनेछ । त्यसपछि म सबैको मनको प्रतिनिधित्व गर्नेछु ।  

कनेक्टिकट निवासी एवम् एनआरएन मतदाता श्रीराम भुजेलले भने– ‘म फेसबुकको पारखी हु“, डा. पौडेलको कुनै पनि स्टाटस र अन्य पक्षमा लाइक र कमेन्टको बाढी हुन्छ तर अन्य उम्मेदवारको फेसबुकमा जनसमर्थन शून्यप्रायः छ छ ।’ प्रजातन्त्रको जननी मानिने अमेरिकामा अधिकांश नेपालीहरू पनि प्रजातान्त्रिक धारमा विश्वास राख्ने पृष्ठभूमिमा पौडेलको जित प्रायः निश्चित रहेको बताऊ“छन्, न्यूयोर्कमा कार्यरत एक व्यवसायीले भने– ‘डा. पौडेलको शालीन व्यक्तित्व र उनको उच्च शिक्षाले धेरैको मन जितेको छ । सबैभन्दा महत्वपूर्ण पक्ष उनको उच्च व्यावसायिकता हो । अर्काेतिर अध्यक्षमा उठेका अन्य उम्मेदवारहरु विवादित चरित्र र दोधारे प्रवृत्तिका छन् ।’ एनआरएनको यो निर्वाचनमा डा. केशव पौडेलको दाँजोमा अन्य अध्यक्ष पदका उम्मेदवार प्रतिस्पर्धी नै होइनजस्तो लागेको र पौडेल जनमत जितेर धेरै अगाडि पुगिसकेको उनी बताउँछन् । ती व्यवसायीले हालै नेपालको चलनचल्तीको एक अनलाइनमा प्रकाशित समाचारको प्रंसगलाई उठाएका थिए । सो अनलाइनले एक उम्मेदवारको नामै किटेर अमेरिकामा मानव तस्करमा संलग्न रहेको समाचार प्रकाशित गरेको थियो । 

नेपालमा पूर्व विद्यार्थी नेतासमेत रहेका डा. पौडेलको पक्षमा अधिकांश प्रजातन्त्रवादी, शिक्षित एवम सर्वसाधारणको समर्थन रहेको देखिएको छ । जनसम्पर्क समितिको एक समूहले बागी उम्मेदवारको रूपमा नगेन्द्र पौडेललाई उठाए पनि रुखो व्यवहार, अर्काको सम्मान गर्न नजान्ने र कसैप्रति पनि सामान्य मानवीय सदभाव दर्साउन नसिकेका नगेन्द्र पौडेलले कुल दश हजार मतमा आफनो पक्षमा पा“च सय मत पनि कटाउन नसक्ने निश्चित छ । उनी सबैभन्दा पुछारमा पर्नेछन् । जनसम्पर्क समितिका एक चोइटोको प्रतिनिधित्व गर्ने नगेन्द्र पौडेललाई डिसी क्षेत्रमै अधिंकाशले नरुचाइएका व्यक्ति मानिन्छन् । नेपाल अमेरिका पत्रकार सङ्घ र अमेरिका नेपाल सोसाइटीमा नेतृत्व गर्न असफल बनेका नगेन्द्र पौडेलको उम्मेदवारी जित्नका लागि नभएको धेरैको अनुमान छ । अध्यक्ष पदकै अर्का उम्मेदवार पञ्चायती पृष्ठभूमिका श्री पराजुली थोमस नामक एक अमेरिकी वकिलको कार्यालयमा दोभाषेका रूपमा कार्यरत छन् । 

लोकतान्त्रिक गणतन्त्र नेपालमा सङ्घीयताको विषयमा बहस भइरहेको वर्तमान परिप्रेक्ष्यमा पञ्चायत पृष्ठभूमि, त्यसमा पनि कमल थापा पक्षधर राप्रपाको प्रतिनिधित्व गर्दै अध्यक्षको उम्मेदवार बनेको आरोप उनीमाथि छ । त्यसकारण उम्मेदवार पराजुलीमाथि संघीयताविरोधी आरोप लाग्दै आएको छ । पराजुली मात्र होइन, राजा ज्ञानेन्द्रको शासनकालमा सक्रिय भूमिका देखाएकी सञ्चारकर्मी रमा सिंहलाई सबैले चिने पनि राजावादीको निकटताले उनको क्याम्पियन पनि धरापमा परेको छ । दुर्गा दाहालले क्यालिफोर्नियाबाट केही सय मत ल्याए पनि अन्य राज्यमा उनको स्थिति शून्य छ । गणेश कुँवर शिक्षित भए पनि एमाले कम्युनिस्टको लेबलको उनको हार निश्चितप्राय छ । नेपालमा निर्माणाधीन एनआरएन भवनको सहयोगार्थ इमानदारीपूर्वक ५ हजार डलर दिएर चन्दा न्यूयोर्कमा चन्दा अभियानको खाता खोलेका डा. पौडेललाई एनआरएन अध्यक्ष खगेन्द्र जिसीको समर्थन, जनसम्पर्क समितिको चढ्दो प्रभाव, शिक्षित वर्गहरुको सामिप्यता र न्युयोर्क, टेक्सास र क्यालिफोर्नियालगायत राज्यमा रहेको आम नेपालीहरूले रुचाइएका डा. पौडेलको जित निश्चितप्राय रहेको छ । डा. पौडेलले खसेको मतको ६० देखि ६५ प्रतिशत मत ल्याउने अधिकांशले आँकलन गरेका छन् ।  

Comments (1)

rajkumar on

Yiniharule sakne bhayeta America lai nepal banuthiye holan. Fohori raajniti nepali ko.. jahagaye pani choddainan, yini pani kangress ta hun ni jasle nepal lai dhosta banayo. feeling very bad!


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक