Similar Articles

सञ्जीव श्रेष्ठ, उपाध्यक्ष पदका उम्मेदवार,एनआरएन अमेरिकाको अपिल

बिराट नेपाल

एनआरएन अमेरिकाका आदरणीय सदस्यज्यूहरु

नमस्कार
यहाँहरु सबैलाई अवगतै छ, हामी अहिले यस गरिमामय संस्थाको नयाँ नेतृत्व चयनको संघारमा छौँ । नौ महिने अल्पकालीन कार्यकालको नेतृत्व गर्नु हुने आदरणीय खगेन्द्र जीसी दाइको टीममा मलाई यहाँहरुले सह कोषाध्यक्षको पदमा निर्वाचित गरी सेवा गर्ने अवसर दिनुभएकोप्रति म सदैव आभारी छु । 

कुनै पनि जिम्मेवारी सामूहिक रूपमा वहन गर्न सकेमा त्यसको सफलताका प्रति विश्वासको जग निर्माण हुनसक्छ । त्यसैले म अनुशासन,गतिशीलता र सामूहिक भावनाको स्कूलिङबाट आएको र तपाईहरुकै माझ रहेर सामाजिक गतिविधिमा होस्टेमा हैंसे गर्दै आएको यही समाजको एक सदस्य हुँ । 
एनआरएन अमेरिकाको नौ महिने छोटो अवधिमा जे जति गर्न सकिन्थ्यो,त्यति पक्कै भएको छैन । तर म दाबीका साथ भन्न सक्छु,बिहानीले दिनको सङ्केत गर्छ भने जस्तै हाम्रो नेतृत्वको कार्यकालमा केही राम्रा प्रयासहरू आरम्भ भएका छन् । एनआरएन अमेरिकाको संस्थागत संरचना निर्माण भएको छ । स्थानीय तहमा च्याप्टर निर्माण र गठनका कार्यहरू अघि बढेका छन् । संस्थाको हितका लागि आर्थिक हर हिसाबको पारदर्शीता कायम गर्न कोषाध्यक्षमार्फत् एक दिगो र नीतिगत विनियम निर्माणको प्रयास भएको छ । 

आदरणीय अग्रज एवं सबै सदस्यज्यूहरु,म आज जुन जिम्मेवारीमा छु,त्यसको श्रेय यहाँहरुलाई नै जान्छ । अब यसपटक फेरि मैले नयाँ जिम्मेवारी र भूमिकाका लागि यहाँहरूको सहयोगको अपेक्षा गरेको छु । यही अपेक्षाका साथ मैले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएको यसै अपिल मार्फत् अवगत गराउँदै मेरो उम्मेदवारीलाई साथ,सहयोग दिनु भई यस पटक पनि विजयी बनाई सेवा गर्ने अवसर प्रदान गरिदिनुहुन सविनय अनुरोध गर्दछु । 

प्रयास मेरो,साथ र सहयोग यहाँहरूको । यही अपेक्षाका साथ मलाई उपाध्यक्ष पदमा मतदान गरिदिनु हुन अपिल गर्दछु । 

भवदीय,
सञ्जीव श्रेष्ठ
उपाध्यक्ष पदका उम्मेदवार,एनआरएन अमेरिका


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक