Similar Articles

Temporary Protected Status के हो र कहिले आऊला? विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

बिराट नेपाल

Temporary Protected Status भन्नाले अमेरिकी राष्ट्रपति वा अमेरिकी सरकारका एर्टनी जनरलबाट प्रत्याभुत अधिकारको प्रयोग गरी अद्यागमन विभागका सचिवले अमेरिकामा बसिरहेका तर देशमा घटेको सैनिक विद्रोह, प्राकृतिक प्रकोप, र भूकम्प, जस्ता कारणले गर्दा फकेर जान असुरक्षित व्यक्तिहरूलाई दिइने अस्थायी सृविधा हो। यो सुविधान दिदा त्यस्ता देशले फर्किएर जाने व्यक्तिलाई सुरक्षाको प्रत्याभुती दिन नसक्ने अवस्था देखिए पछि त्यस्ता देशलाई असुरक्षित देशको सूचीमा राखी यो टिपियसको सुविधा दिइन्छ। यो सुविधान दिनका लागि अद्यागमन विभागको सचिवलाई अमेरिकी अद्यागमन कानुनको दफा २४४ ले अधिकार प्रदान गरेको छ। यद्यपि यो सुविधान दिने सूचीमा कृनै पनि देशलाई राख्नुभन्दा अगाडी सचिवले अमेरिकी सरकारका अन्य निकायहरूसँग परामर्स गर्दछन । 

यो सुविधान दिनका लागि सम्बन्धित देशको सरकारबाट अनुरोध गर्नै पर्छ भन्ने छैन यदि सचिवलाई आपत्त परेको देशका नागरिकलाई उक्त देशमा भूकम्पको कारणले ऊव्जीएको असाधारण अवस्थामा सुरक्षित रूपबाट अमेरिकामा रहेका त्यस देशका नागरिकहरू फर्कन र बस्न सक्दैनन भन्ने लागेमा। हालै नेपालमा गएको ७.८ म्याग्नेच्युटको भृकम्पबाट ७ हजार व्यक्तिहरूको मृत्यृ भएको छ, हजारौँ सङ्ख्यामा व्यक्तिहरू अझै भेट्टीएका छैनन् भने हजारौँ व्यक्तिहरू घरबारविहिन भएका छन् अनि नेपाल सरकारले ती क्षेत्रहरूमा यत्तिका दिन वितिसक्दा पनि राहतको सामाग्री पुर्‍याउन नसकेको अवस्थामा अद्यागमन सचिवलाई नेपालमा देखिएको असाधारण परिस्थितिको जानकारी र अनुरोध नेपाल सरकारबाट नआएपनि अमेरिकी सरकार र यसका निकायहरुबाट जानकार रहेका छन्। त्यसैले अमेरिकी सरकारले नेपालका भूकम्प पिडितहरुका लागि राहतको घोषणा गरी आफ्नो साधान र श्रोतको परिचालन पनि गरीसकेको अवस्था छ ।

अहिले अमेरिकाको काँग्रेसमा प्रतिनिधित्व गर्ने दुईजना काङ्रेसम्यानले नेपालीहरूलाई टिपियसको सुविधा दिईनु पर्दछ भन्ने प्रस्ताव पेस गरेका छन् भने केही सिनेटरहरुले यस बारेमा अमेरिकी राष्ट्रपतिलाई अनुरोध समेत गरेका छन्। त्यस्तै अमेरिकामा रहेका नेपालीहरूले पनि १ लाखको सङ्ख्यामा हस्ताक्षर जुटाई राष्ट्रपतिलाई यो सुविधान दिईनु पर्दछ भनी सामूहिक निवेदनको सुरुवात गरेका छन् । तर यो दिएको निवेदनकै आधारमा राष्ट्रपतिले सुविधा दिइन्छ भन्ने होइन। यद्यपि यो सामूहिक प्रयासबाट अमेरिकामा बसिरहेका नेपालीहरूले टिपियसको सुविधा पाउने सम्भावना बढेको भएता पनि आधिकारिक घोषणा र पाऊनका लागि अपनाऊनु पर्ने प्रक्रिया भने सुरु भैसकेको छैन ।

यो सुविधान पाउने सूचीमा नेपाललाई अमेरिकी सरकारले राखेमा नेपालमा भूकम्प गएको मिति २५ अप्रिल वा सो भन्दा अगाडी देखि अमेरिकी सरकारले निकालेको आधिकारिक सूचनाको मिति सम्ममा निरन्तर रूपबाट अमेरिकामा बसी रहेका नेपालीहरूले यो सुविधा पाउन सक्दछन । यस्तो सुविधा पहिलो पटक १८ महिना सम्मका लागि दिइन्छ । यो सुविधा पाऊनका लागि आफू नेपाली नागरिक भएको र अमेरिकामा २५ अप्रिल २०१५ देखि लगातार बसोबास गरिरहेको प्रमाण पेस गर्नृ पर्दछ । यो सृविधा शरणार्थीको निवेदन वा अन्य निवेदन दिएर सुविधा नपाउने ठहर भै अद्यापी अमेरिकामा बसोबास गरिरहेका वा देश निष्कासनको प्रतीक्षा गरी कारागारमा बसिरहेका कैयौ नेपालीहरूले पनि पाउन सक्दछन । तर अपराध गरे बापतमा सजाय पाएका व्यक्तिहरूले भने यो सुविधा नपाउने सम्भावना रहन सक्दछ। अत यो सुविधाको लागि निवेदन दिनुभन्दा अगाडी अद्यागमनको वकिलसंग परामर्श लिनु आवश्यक हुँन्छ । टीपियसको सुविधाले स्टाटस भने दिदैन । यो सुविधाको समय सकिएपछि व्यक्ति फेरी पहिलाकै स्टाटसमा फर्कन्छ।
 
१८ महिनाको लागि टिपियसको सुविधा पाउने व्यक्तिले अमेरिकामा काम गर्ने वर्क अथराईजेसन पनि पाऊछन । साथै आफनो देशमा जानका लागि ट्राभल डकुमेण्ट पनि लिन सक्दछन । तर आफ्नो देशमा गएर अमेरिकामा फर्किदाको अवस्थामा समस्या आउन सक्ने सम्भावना रहन्छ । किनकि अमेरिकामा ६ महिना देखि १ वर्ष सम्म अनाधिकृत रूपबाट बसेको व्यक्तिको हकमा ३ वर्षसम्म र १ वर्षभन्दा बढी समयसम्म अनधिकृत रूपबाट बसोबास गरेको अवस्थामा अमेरिकामा १० वर्षसम्म पस्न र बस्न पाऊदैन। त्यस्तै तोकिएका फौजदारी अपराधमा सजाय पाएका व्यक्तिहरू पनि अमेरीकमा पस्न र बस्नका लागि योग्य ठहरिदैनन। तसर्थ यो सुविधान पाएका व्यक्तिहरूले ट्राभल डकुमेण्ट लिएर नेपाल फर्कदा बिचार गर्नु पर्दछ ।

टीपियसको सुविधा पाऊनका लागि फाराम भर्ने त हो नि ? भनी एजेण्ट, समाजसेवी, र नेताहरूको सहयोग लिनु भन्दा अद्यागमन वकिलको सल्लाह र सेवा लिनु उचित हुन्छ । यदि सेवा बापतको शुल्क तिर्ने क्षमता छैन भने निःशुल्क सेवाको अनुरोध गर्ने वा निःशुल्क सेवा दिने वकिलहरुको संस्थामा सम्पर्क राख्नु उचित हुन्छ । यो सुविधा पाउने भनी जबसम्म अमेरिकी अद्यागमन विभागले आफनो वेभसाईट (http://www.uscis.gov/) मा आधिकारिक सूचना निकाल्दैन तबसम्म हल्लाको भरमा ठगहरुको शरणमा पुग्नबाट जोगिन पर्दछ ।
=================================================

CLICK HERE FOR petitions.whitehouse.gov

=================================================
(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
==============================================================


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक