Similar Articles

भुकुम्पबाट प्रभावित नेपालीले अमेरिकामा कानुनी राहत टि. पि. एस. पाउने बढ्दो सम्भावना यटर्नी-बासु फुलारा

बिराट नेपाल

नेपालमा महाविनाशकारी भूकम्प गई सकेपछि अमेरिकामा कागज नभएका नेपाली देखी लिएर, विद्यार्थी, साधारण नेपाली र भुकुम्पबाट प्रभावितहरुलाई अहिले अमेरिकामा एउटा कानुनी राहतको आशा जगाएको छ । त्यो के भने होमल्यान्ड सेक्युरिटी अन्तर्गत यु.यस.सि.आइ. यस.ले प्रदान गर्न सक्ने टेम्पोररि प्रोटेक्टेड स्टाटस (टि.पि.एस.) को बारेमा । नेपाली कम्युनिटिमा यसको निकै चर्चा भएको छ । धेरै व्यक्तिहरूले भुकुम्पको पिडाबाट अमेरिकामा पनि प्रत्यक्ष वा अप्रतक्ष रूपले प्रभावित नेपालीले टि.पि.एस.पाउन सक्ने सम्भावना के कति छ भनेर बारम्बार प्रश्न सोध्ने गर्नु भएको छ किनकि नेपालमा २ वटा भुकुम्पको चपेटा बाट ८ हजार भन्दा धेरै मानिसहरूको ज्यान गएको छ ।  à¤¹à¤œà¤¾à¤°à¥Œà¤ मानिसहरू घाइते भएका छन् । लाखौ मान्छे घरबार बिहिन भएका छन् र अरबौ खरबौ डलरको क्षति भएको छ र अमेरिकामा बस्ने नेपाली पनि प्रभावित छन्! 

अर्को तिर, अमेरिकामा बस्ने कतिपय नेपालीलाई टिपिएस भनेको के हो ? टि.पि.एस आफैमा इम्मिग्रेशन स्टाटस हो कि होइन? भोलि यसले ग्रीन कार्ड पाउँछ कि पाउँदैन ? नेपाल टिपिएस पाउने देशमा पर्छ कि पदैन? भन्ने कुरामा कन्फ्युजनमा रहनु भएको हुदा हामीले सही विश्लेशन दिने जर्मको गरेका छौ । 

होमल्यान्ड सेक्युरिटी अन्तर्गत यु.यस.सि.आइ.यस.ले कुनै देश विपत्तिबाट गुज्रीरहेको छ: जस्तै, नेपालको जस्तो माहाविनाशकारि भूकम्प र तेस्तो अवस्थामा तपाईँ सो प्रभावित देशको नागरिकको हैसियतले भूकम्प आएको मिति देखि अमेरिकामा बस्नुभएको छ, भुकुम्पले हाल देश फर्कन सक्ने स्थिति छैन र यदि तपाईँ फर्केर जाँदा त्यहाको सरकारलाई तत्काल झन् भार थपिन्छ र भुकुम्पले सो देशमा जानु पर्ने कुनै पनि कन्डिसन छैन, गएको खण्डमा आफ्नो ज्यान र स्वास्थ्को सुरक्षा छैन र भुकुम्पको चपेटामा परेर तपाईँलाई खाने बस्नेको कुनै ठेगान छैन भने यहाँको होम ल्यान्ड सेक्युरिटीले सो देशलाई टि.पी.यस.को लिस्टमा राखी अमेरिकामा बसिरहेका भुकुम्पबाट प्रभावित सो देशका नागरिकहरू लाईलाइ टिपिएस प्रदान गर्न सक्छ। 

अहिले सम्म हाइटी लगायत १०-११ देशहरूलाई मात्र यो सुविधा प्राप्त छ तर नेपाल आजको मिति सम्म टिपिएस प्राप्त गर्ने देशको सुचीमा पर्दैन। प्रयासहरू र समर्थनहरु भने जारी छन्। नेपालका लागी पनि टिपिएस हुनुपर्छ भन्ने अप्रिल २७ मा हाउसमा ल्याइएको बिल हाल हाउसको कमिटिमा विचाराधीन छ र हाल सम्म ५२ जना कांग्रेसमेनको समर्थन जुटाउन सफल रहेको छ र बढ्ने क्रम जारी छ। अर्को तिर नेपालीहरूलाई  à¤¹à¥‹à¤®à¤²à¥à¤¯à¤¾à¤¨à¥à¤¡ सेक्युरिटी अन्तर्गत युयससिआइयसले निहित अधिकार प्रयोग गरी टिपिएस दिने सम्भावना बढ्दै छ। भुकुम्पले तहस नहस भएको नेपाल फर्किने अवस्था नभएको हुदा नेपाल सरकारलाई पनि तत्कालको लागि थप बोझ नहोस्, केही समयको लागी भए पनि अमेरिकाबाट नेपाल फर्किनु पर्ने अवस्थामा रहेका नेपालीलाई राहत मिलोस् भनेर अमेरिकामा नेपालीका लागि टिपिएस भन्ने कुराले बढ्दो प्राथमिकता पाएको हो। 

यदि नेपाललाई टिपिएस प्राप्त भयो भने यहाँ बस्ने नेपालीहरूले केही छोटो समयको लागी नेपाल नर्फकिकन काम गर्न पाउने, डिपोरटेसनबाट बच्ने, ट्राभल गर्न पाउने, होम ल्यान्ड सेक्युरिटिले डिटेन्सनमा नराख्ने लगायत सुविधा पाउने छन् । टिपीयसको लागि फाइल गर्दा भिसा सकियको व्यक्ति होस् वा पढ्ने समय सकियको होस्, चाहे तपाईँ भिजिटर भएर आएको होस्, वा बोडरबाट लुकेर आएको होस् अथवा १५ वर्ष इलिगल बसेको होस् यस्ता सबै व्यक्तिहरू टिपिएसको लागि योग्य व्यक्तिमा पर्न सक्छन् । तर टिपिएस पाउने अरू सबै कानुनी पूर्वाधार तपाईँ सँग हुनु पर्छ र तपाईँको देश टिपिएस पाउने सुचीमा हुनु पर्छ।  

तर नेपाल योग्य देशमा पर्नका लागि नेपाली सरकारले औपचारिक तबर ले अगाडी बढेर अमेरिकालाई अनुरोध गर्नु पर्ने हुन्छ। यदि नेपाललाई टिपीएस दिएको खण्डमा तपाईँले सुरुमा पि एस ६ महिना देखि १८ महिना सम्म पाउनु हुन्छ तर तपाईँको स्टाटस पनि सकियो र दोस्रो रजिस्टेसन गर्ने वा नबिकरण गर्ने समय पनि यहाँको सरकारले दिएन भने तपाईँ पहिलाकै अवस्थामा र्फकनु हुन्छ र पुरानै इमिग्रेसन स्टाटस तपाईँको रहन्छ । जो व्यक्ति अहिले नेपाल फर्किनु पर्ने स्थिति र देशको परिस्थितिले गर्दा मात्र भुकुम्प आएको मिति देखि लगातार यहाँ बसेर टिपिएस पाउनु भएको थियो उहाँहरू अरू कुनै इम्मिग्रेसन स्टाटसमा रहनु भएन भने आफ्नै देश फर्कनु पर्ने हुन्छ । ज्ञात रहोस्, टिपीएस ग्रीन कार्ड लिड गर्दैन र टिपिएस द्वारा ग्रीनकार्ड पाइदैन । टिपिएस द्वारा ग्रीन कार्ड नपाए पनि अरू माध्यमबाट पाउने ग्रीन कार्डलाइ यसले रोक्दैन।

===============================================================
(यो लेखमा व्यक्त विचारहरू पाठकका सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलाराको इमेल: bp@chhetrylaw.com  à¤®à¤¾ सम्पर्क राख्नसक्नु हुनेछ --सम्पादक ।)
===============================================================
क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी बासु फुलारा
फेसबुक: http://www.facebook.com/bashu.phulara
कार्यालय: (७१८) ४४०-५७५४, इमेल: bp@chhetrylaw.com


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक