Similar Articles

एनआरएन अमेरिका विवाद: ‘शेष घलेको योजना अनुरूप काठमाडौमा अमेरिकाको प्रतिनिधित्व हुन नदिने खेल’

बिराट नेपाल

पुरुषोत्तम ढकाल, लस एन्जलस, २८ जेठ । विवाद, विभाजन र कलहले आक्रान्त प्रवासी नेपाली अमेरिकन समुदायको एकता र सहकार्यको आधार बन्दै गरेको गैर आवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको नव निर्वाचित नेतृत्वले मातृभूमिमा गएको प्रलयकारी भूकम्प पीडित परिवारजनलाई सहयोग पुर्याउने उदेश्यले सुरु गरेको सम्पूर्ण काम कारबाही सङ्घ भित्रै रहेका बाहुबली चरित्रका क्षेत्रीय उपसंयोजक सोनाम लामा र सङ्घका महासचिव कुमार पन्तको उदण्ड व्यवहारका कारण अन्यल ग्रस्त बनेको छ । 

एनआरएन अमेरिकाको अप्रिल २० तारिखमा सम्पन्न निर्वाचन परिणामसंग असहमति जनाउदै सर्मनाक मतले पराजित रहेका विभिन्न पदका १७ जना उम्मेदबारहरुले सङ्घको अन्तराष्ट्रिय परिषदलाई निर्वाचनमा धाँदली भएको भन्दै उजुरी दिए पछि सङ्घका केन्द्रीय महासचिव कुमार पन्तले सङ्घको सचिबालयसंग परामर्स समेत नगरी क्षेत्रीय उपसंयोजक सोनाम लामालाई पत्र लेखि निवेदनका विषयमा सत्य तथ्य बुझी सचिबालयलाई जानकारी निर्देशन गराउन भनिएकोमा क्षेत्रीय उपसंयोजक सोनाम लामाले आफ्नो अधिकार क्षेत्र बाहिर गएर सङ्घका नवनिर्वाचित अध्यक्ष केशब पौडेललाई सम्पूर्ण कार्य नगर्न निर्देशन दिने पत्र लेखे पछि विवाद, विभाजन र कलहले आक्रान्त प्रवासी नेपाली अमेरिकन समुदायको एकता र सहकार्यको आधार बन्दै गरेको एनआरएन अमेरिकाको नव निर्वाचित नेतृत्व अन्यौल ग्रस्त बनेको हो । 

यसै बिच बाहुबलमा विश्वास गर्ने क्षेत्रीय उपसंयोजक सोनाम लामाले आफ्नो अधिकार भन्दा बाहिर गएर एनआरएन अमेरिकालाई छानविन अवधिभर कुनै कामकारवाही नगर्न निलम्बन तहको निर्देशनात्मक पत्र लेखेको भए पनि सङ्घको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदले सङ्घ दर्ता भएको देश अमेरिका र सङ्घको केन्द्रीय विधान अनुसार लामालाई यस्तो अधिकार नभएको बताउदै आफ्नो काम कारबाही सुचारु राख्ने निर्णय गरेको छ । सङ्घको केन्द्रीय विधान अनुसार, ‘सङ्घ आबद्ध राष्ट्रिय समन्वय परिषदहरु सङ्घको उद्देश्य नबाझिने गरी सङ्घ दर्ता भएको स्थानीय देशको कानुन अनुसार सञ्चालन हुन स्वतन्त्र रहेको छ ।’ 

सङ्घको अमेरिकास्थित निर्वाचन आयोग र न्यायिक समितिले निरुपण गर्ने विषयमा आईसीसीलाई त्यस्तो निर्देशन दिने कुनै अधिकार नभएको सङ्घका एक संरक्षकको दाबी छ । एनआरएन आईसीसीको विधानको १७.७ ले राष्ट्रिय समन्वय परिषदको गठन र विघटन गर्न सक्ने अधिकार तल उल्लिखित अवस्थामा मात्र दिएको छ । एनआरएन आईसीसीको विधानको १७.७ मा भनिएको छ, ‘आवश्यकता अनुसार राष्ट्रिय समन्वय परिषद्को गठन र देहायको अवस्थामा विघटन वा मान्यता फिर्ता गर्ने अधिकार अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई हुने छ ।’ कुन कुन अवस्थामा विघटन वा मान्यता फिर्ता गर्ने अधिकार अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई हुने भन्ने सन्दर्भमा विधानको १७.७ं.१ देखि १७.७ं.३ सम्म भनिएको छ, ‘स्थानीय कानुनले बर्जित गरेको हद बाहेक यस संस्थाको उद्देश्य अनुरूप अगाडि बढ्न अस्वीकार गरेमा, अन्तर्राष्ट्रिय समन्वय परिषद्का निर्देशनहरु पालना नगरेमा, तदर्थ समिति गठन भएको बढीमा एकवर्षभित्र राष्ट्रिय अधिवेशनको आयोजना गर्न नसकेमा ।’ तर बाहुबलमा विश्वास गर्ने क्षेत्रीय उपसंयोजक सोनाम लामाले सङ्घका महासचिव कुमार पन्तको पत्रलाई आधार बनाउदै एनआरएन आईसीसीको विधानमा उल्लिखित आधार भित्र नपरेको अवस्थामा रहेको सङ्घको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षलाई निलम्बन गर्ने तहको पत्र लेख्ने काम गरे पछि अधिकार क्षेत्रको बारेमा समेत नयाँ बहस सुरु भएको छ । 

को हुन् सोनाम लामा: 
अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका आफूलाई सङ्घका अध्यक्ष शेष घले निकट भन्न रुचाउने बाहुबलमा विश्वास गर्ने लामा मातृभूमि नेपालको प्रतिपक्षी दल नेकपा एमाओबादीसंग आबद्ध रहदै अमेरिकाबाट सङ्घको २०१३ को अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन पुगेका दर्जन प्रतिनिधिहरूलाई एमाओबादी निकट बाहुबली जत्था वाइसिएल मार्फत शारीरिक आक्रमणको प्रयास गरेको आरोप लागेका व्यक्ति हुन् । सङ्घको २०१३ को अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौ पुगेका आइसीसी सदस्य राजेन्द्र सिवाकोटीलाई समेत बाहुबलमा विश्वास गर्ने लामाले एमाओबादी निकट वाइसिएलको एक जत्था मार्फत मानसिक यातना दिने प्रयास समेत गरेका थिए । 

कसरी भए लामा क्षेत्रीय उप संयोजक: 
सङ्घको २०१३ को अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौ जाने अमेरिकी प्रतिनिधि मण्डलले काठमाडौ जानु अगावै सङ्घको क्षेत्रीय उपसंयोजकमा आईसिसि सदस्य राजेन्द्र सिवाकोटीलाई सर्व सम्मत चयन गरेकोमा बाहुबलमा विश्वास गर्ने लामाले एमाओबादी निकट वाइसिएलको एक जत्था प्रयोग गरी आफ्नो खल्तीबाट शुल्क तिरी करिब ४० जनालाई सङ्घको २०१३ को अन्तराष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गरी आफूलाई सङ्घको उपसंयोजक सर्वसम्मत निर्वाचित भएको घोषणा गराउन सफल भएका थिए । यस सँगै आफ्नो खल्तीबाट शुल्क तिरी करिब १०० जनालाई सङ्घको अमेरिकास्थित साधारण सदस्य बनाउन सफल रहेका बाहुबलमा विश्वास गर्ने लामाले राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१४ मा सम्पन्न पहिलो निर्वाचनमा समेत आफ्नो खल्तीबाट शुल्क तिरी थप ५०० जनाको साधारण सदस्य बनाउनुका अतिरिक्त न्युयोर्कमा कथित मतदान केन्द्र खडा गरी सङ्घको पहिलो निर्वाचनलाई प्रभावित पार्ने काम गरेका थिए । यसै गरी सङ्घको २१ अप्रिल २०१५ मा सम्पन्न हुनु पर्ने आईसिसि सदस्य पदको निर्वाचनमा समेत विनोद रोक्काको नेतृत्वमा रहेको निर्वाचन आयोगलाई निर्देशनात्मक पत्र र टेलिफोन मार्फत धम्की दिदैं आईसिसि सदस्य पदको निर्वाचन स्थगित गराउन सफल रहेका थिए । स्मरण रहोस् गैर आवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्षहरु, सुमन तिमिल्सिना आर्थिक अनियमितताको कारण, प्रल्हाद केसी स्वेच्छाचारी भएको भन्दै कार्यकाल नपुग्दै पद मुक्त भएका थिए । किन यसो गर्दै छन् बाहुबली लामा: सङ्घको आगामी सेप्टेम्बरमा काठमाडौमा आयोजना हुने अन्तराष्ट्रिय सम्मेलनमा अर्को कार्यकालका लागि पनि अध्यक्षको दाबी गरिरहेका शेष घले निकट रहेका बाहुबली लामा घलेको सहयोगमा सङ्घको केन्द्रीय उपाध्यक्ष हुने महत्वाकांक्षा बोकेर हिंडेका व्यक्ति हुन् । 

झन्डै एक दशक नेपाली अमेरिकनको पहुँच बाहिर रहेको राष्ट्रिय समन्वय परिषद अमेरिकालाई सबै भन्दा बढी सदस्य भएको राष्ट्रिय समन्वय परिषद बनाउन सफल निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले सङ्घको केन्द्रीय उपाध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरे पछि तिलमिलाएका बाहुबली लामालाई अर्को कार्यकालका लागि पनि अध्यक्षको दाबी गरिरहेका शेष घले र कुमार पन्तको सुरु देखिनै गैर कानुनी काम कारबाही गर्न साथ् समर्थन र सहयोग रहँदै आएको थियो । किन साथ् दिदैं छन् घले पन्त बाहुबली लामालाई साथ: राष्ट्रिय समन्वय परिषद अमेरिका सबै भन्दा बढी सदस्य भएको राष्ट्रिय समन्वय परिषद बने पछि आगामी सेप्टेम्बरमा काठमाडौमा आयोजना हुने अन्तराष्ट्रिय सम्मेलनमा अमेरिकाबाट जाने झन्डै १०० जना प्रतिनिधि आगामी नेतृत्व चयनको लागि निर्णायक हुने भए पछि कुनै पनि हालतमा राष्ट्रिय समन्वय परिषद अमेरिकालाई निलम्बन गर्ने मौकाको खोजीमा रहेका घले र पन्तको योजनामा बाहुबली लामा सहयोगी बने पछि एनआरएन अमेरिकाको विवाद अघि बढेको थियो । यता सर्मनाक पराजय व्यहोरेको नेपाली काँग्रेस देउबा गुट निकट जन सम्पर्क समितिका केही पदाधिकारी र सक्रिय राजतन्त्रको ओकालत गर्ने अमेरिकामा रहेको पूर्व मण्डलेहरुको समेत साथ मिले पछि बाहुबली लामा जुन कुनै हालतमा राष्ट्रिय समन्वय परिषद अमेरिकालाई निलम्बन गरेर विवादको नाउँमा अमेरिकाबाट जाने झन्डै १०० जना प्रतिनिधिलाई आगामी सेप्टेम्बरमा काठमाडौमा आयोजना हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन नदिने प्रपंचमा जुटेका थिए । 

एक एनआरएन संस्थापकको भनाइ अनुसार एनआरएन अमेरिकाको विवाद शेष घलेको अर्को कार्यकाल अध्यक्ष हुने योजना अनुरूप काठमाडौमा आगामी सेप्टेम्बरमा आयोजना हुने अन्तराष्ट्रिय सम्मेलनमा अमेरिकाको प्रतिनिधित्व हुन नदिने खेल अन्तर्गत रचिएको विवाद हो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक