Similar Articles

टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) प्राप्त गरी सके पछि नेपाल जान पाउछ कि पाउदैन--यटर्नी बासु फुलारा

बिराट नेपाल

डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले नेपालको हालै गएको ७.८ रेक्टर स्केलको भूकम्प र त्यसपछाडी लगातार आएका पराकम्पनले नेपालमा निम्त्याएको बिनासलाई मध्यनजर गर्दै नेपालको लागि अस्थाई राहत मिलोस भनेर अमेरिकामा रहेका नेपालीलाई जून २४ देखि लागु हुने गरी १८ महिना सम्मका लागि अनेक सुविधा सहितको अस्थाई सुरक्षा प्रावधान र टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) दिने निर्णय गरेको छ।

जुन २४ तारिखमा डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले जारी गरेको बक्तब्य अनुसार जुन २४, २०१५ सम्म अमेरिकामा रहेका नेपाली र पछिल्लो पटक नेपालमा बिना कुनै देशको नागरिकता बेगर बसोबास गरेका अमेरिकामा रहेका नागरिकले टिपिएस सुविधा पाउन यसै वर्षको डिसेम्बर २१, २०१५  भित्र निवेदन दिनु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ। अर्थात् जुन २४ देखिको मितिले १८० दिन भित्र योग्य नेपालीहरूले टिपिएस निवेदनका लागि दर्ता गरी सक्नु पर्नेछ। टिपिएस १८ महिनाको लागि अर्थात् डिसेम्बर २४, २०१६ का लागि नेपालीलाई प्राप्त हुनेछ। टिपिएस कसरी प्राप्त गर्ने प्रक्रियागत तरिकाको बारेमा फेडरल रजिस्टरमा विस्तृत रूपमा व्याख्या गरिएको छ।

अब  यहाँ बस्ने नेपालीहरूले टिपिएसको आधारमा केही छोटो समयको लागी वैधानिक तबरबाट काम गर्न पाउने, देश निकाला बाट बच्ने, ट्राभल गर्न पाउने, होमल्यान्ड सेक्युरिटीले डिटेन्सनमा नराख्ने लगायत सुविधा पाउने छन् । ट्राभल गर्नको लागि पहिले एडभान्स परोलको आवेदन गरी होमल्यान्ड सेक्युरिटीले स्वीकृति प्रदान गरेको खण्डमा छोटो समयको लागि नेपाल गएर अमेरिका आउन सकिने छ । एडभान्स परोल टिपीएस निवेदनको साथ साथै वा  टिपीएस स्वीकृति भैसके पछि आवेदन गर्न सकिने छ। एडभान्स परोल को बारेमा सम्बन्धित विषयका एटर्नीहरुलाई सोधेर ट्राभलको बारेमा सोच्न र योजना बनाउदा भने सम्बन्धित व्यक्तिलाई एडभान्स परोलको बारेमा कानुनी जानकारी र परिणामका बारेमा बढी जानकारी हुने हुन्छ । तसर्थ नेपाल जाने तपाईँको प्लान छ भने सम्बन्धित विषयका एटर्नीहरुलाई सोध्दा तपाईँहरूलाई फायदा हुन जान्छ।

=================================================
(यो लेखमा व्यक्त विचारहरू पाठकका  सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुनसम्बन्धि उपचारका लागि भने यटर्नी -एट-ल बासु फुलाराको इमेल: bp@chhetrylaw.com  मा सम्पर्क राख्नसक्नु हुनेछ - सम्पादक ।)
=================================================
क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी बासु फुलारा
फेसबुक: http://www.facebook.com/bashu.phulara
फोन: (७१८) ४४०-५७५४
इमेल: bp@chhetrylaw.com



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक