Similar Articles

कृष्ण गिरिले युवा संयोजकको पदमा उम्मेद्बारी दिने

बिराट नेपाल

अर्जुन खनाल, काठमाडौँ  à¥§à¥¨, असोज । लामो समयदेखीअस्ट्रेलियामा  à¤°à¤¹à¥‡à¤° विभिन्न रचनात्मक तथा कलात्मक  à¤•à¤¾à¤°à¥à¤¯à¤®à¤¾ आफ्नो छुट्टै छाप छोडेका कृष्ण गिरीले गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को युवा संयोजकको पदमा उमेद्धारी दिने भएका छन् । अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा हुने सातौँ महाधिवेशन तथा विश्व सम्मेलनमा गिरीले जितेको खण्डमा आगामी कार्यकाल १५–१७ का लागि युवा संयोजक पदमा काम गर्ने अवसर प्राप्त हुनेछ । उनले प्रेस विज्ञप्ति जारी गर्दै यस पदका लागी आफ्नो उमेद्वारी दिने इच्छा व्यक्त गरेको जनाउदै सहयोगका लागि अनुरोध समेत गरेका छन् । गैर आवासीय नेपाली सङ्घ, अन्तर्रा्ष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को युवा उपसंयोजक पदमा रहेर वर्तमान कार्यसमिति (आईसीसी) मा ‘डलर १ कापि र कलम’, एनआरएनए भवन निर्माण, स्कील, नलेज एण्ड ईनोभेसन परियोजना, एनआरएनए क्षेत्रीय तथा एनआरएन डे कार्यक्रम आयोजना लगायत एनआरएनएको हरेक गतिविधिमा कार्य गर्दै आएका उनले आफू यस पदका लागी सफल उमेद्धार समेत भएको विज्ञप्तिमा जनाएका छन् ।

विगत ४ वर्ष देखि अष्ट्रेलियाको नेपाली समुदायमा ‘द नेपाली भिजन अष्ट्रेलिया’ मासिक पत्रिका तथा अनलाइन न्यूज पोर्टलको प्रकाशक तथा सम्पादन गर्दै अष्ट्रेलियाको नेपाली समुदायमा निरन्तर कार्यरत गिरीले एनआरएनए अष्ट्रेलियाको कार्यसमिति सदस्य, आईटी संयोजक, सोसीयल वेलफेयर फण्ड निर्माण, एनआरएनए हेल्प डेस्क, सातौ एनआरएन क्षेत्रीय सम्मेलन तथा नेपाल फेष्टिभल जस्ता नेपाल र नेपालीलाई गौरव गराउने कार्यक्रम आयोजनाको मुख्य जिम्मेवारी लगायत दर्जनौं परियोजनामा सही जिम्मेवारी भूमिका निर्वाह गर्दै परियोजनालाई सफल बनाएका छन् । 

‘मैले गर्दै आएको कार्य तथा परियोजनालाई एनआरएनएको ७१ ओटा एनसीसीमा पुर्‍याउन, मैले नेपाली समुदाय र एनआरएनएमा कार्यगरेको अनुभव र समयलाई सदुपयोग गर्दै संस्थाका माध्यमबाट नेपाल र नेपालीका लागि अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, – विज्ञप्तिमा उनले भनेका छन् । युवाहरूको सञ्जाललाई प्रभावकारी रूपमा सबै एनसीसीमा बिस्तार गर्न, प्रवासमा हुर्केबढेका बालबालिका तथा युवालाई एनआरएनएमा नेतृत्व विकास गराउन, प्रवासमा हुर्केबढेका बालबालिका तथा युवालाई नेपाल र नेपाली सँग सम्बन्ध बिस्तार तथा रोजगारीका सिलसिलामा खाडिमुलुक पुगेका तथा अन्य देशमा प्रवाशिएका युवाहरूलाई सशक्तिकरण गर्दै पूजी, शिप र विकासको वातावरण श्रृजना गर्नका लागी आफ्नो उमेद्धारी रहेको उनले विज्ञप्तिमा बताएका छन् । यस्तैगरि प्रवासमा रहेका यूवाहरुमा खेलकुदको विकास गराउँदै ज्ञान, शिप र पूजिलाई नेपाल भित्र्याउन, सङ्घले अघि सारेका नीतिनिर्माण तथा परियोजनालाई प्रभावकारीरुपमा सफल पार्नका लागि आफ्नो जित आवश्यक रहेकाले जिताउन आग्रह समेत उनले यसै विज्ञप्तिमा भनेका छन् । गिरी अहिले एनआरएन आईसीसीको युवा उप संयोजक रहेका छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक