Similar Articles

भूकम्प च्यापिएका एकसय भन्दा बढीको उद्धार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

बिराट नेपाल

ताइनान, (ताइवान), २४ माघ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी च्यापिएका एकसय भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको समाचार छ । सो भूकम्पमा परी हालसम्म २३ व्यक्तिको मृत्यु भएको बताइएको छ । 

यस भूकम्पमा परेर च्यापिएका २५० भन्दा बढी व्यक्तिलाई यसअघि नै आकस्मिक उद्वारकर्ताहरुले उद्वार गरेको बताइएको छ । गत शनिवार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारणमध्य ताइपेइको १६ तले भवन भत्किएको थियो । भूकम्पमा मारिएकामध्ये २१ जना सोही भवनको भग्नावशेपमा परी ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ती २१ जनामा १० दिने एक बालिकासहित ६ जना बालबालिका रहेका बताइएको छ । 

सो भूकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । घाइते मध्ये केही व्यक्तिको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने प्रहरीले जनाएको छ । ताइवानमा सन् १९९९ मा आएको ७.६ को भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । रासस ÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक