Similar Articles

सिरियाको अलेप्पोमा पाँच सयको मृत्यु

बिराट नेपाल

दमासकस, २७ माघ । सिरियाको उत्तरी प्रान्त अलेप्पोमा सिरियाली सैनिकले व्यापक रूपमा गरेको आक्रमणका क्रममा लगभग ५ सय व्यक्तिको मृत्यु भएको एक मानव अधिकार समूहले बुधवार जानकारी दिएको छ । सिरियाली विद्रोही र आतङ्ककारीलाई लक्ष्यगरी यस महिनाको सुरुबाट सेनाले गरेको यस आक्रमणहरूमा ८९ जना सर्वसाधारणले पनि ज्यान गुमाएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । टर्कीको सीमा क्षेत्रमा रहेको अलेप्पो प्रान्तमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा व्यापाक सफलता प्राप्त भएको सिरियाली सैनिकले दाबी गरेका छन् । सिरियामा सन् २०११ देखि सरकारको विरोध गर्दै सुरु भएको जनआन्दोलनमा हालसम्म २ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यस आन्दोलनमा परी लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँले आफ्नो देश छोडी विदेशमा शरण लिई शरणार्थी बन्न परेको छ । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक