Similar Articles

पोप फ्रान्सिसद्वारा डोनल्ड ट्रंपको आलोचना

बिराट नेपाल

पोप फ्रान्सिसले रिपब्लिकनकोतर्फका अमेरिकी राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पको चर्को आलोचना गरेका छन्। मेक्सिकोबाट रोमतर्फ फर्कने क्रममा उनले पर्खाल बनाउनेबारे सोच्ने तर पुलहरु बनाउन नचाहाने व्यक्ति इसाई हुन नसक्ने बताए। खर्बपति व्यापारी ट्रम्पले अमेरिकामा गैरकानुनी रूपमा बसिरहेका आप्रवासीलाई उनीहरूकै देश फर्काउनुपर्ने धारणा राख्दै आएका छन् । उनले भ्याटिकनको प्रतिक्रिया लाजमर्दो भएको भनी टिप्पणी गरेका छन्।

आफ्नो मेक्सिको भ्रमणका क्रममा पोप फ्रान्सिसले मानवीय संकटहरु, मुख्य रूपमा हिंसाका कारण देश छाडेर भाग्न बाध्य र लागुपदार्थको तस्करीमा फसेका मानिसहरुबारे धारणा राखेका थिए । अमेरिका जाने क्रममा वेपत्ता भएका मानिसहरूको सम्मानमा उनले तीन स्थानमा आशीर्वाद समेत दिए । तर जसै पोप रोमतर्फ फर्कन लागे उनलाई हालै अमेरिकी राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले दिएको अभिव्यक्तिका बारेमा प्रश्नहरू सोधिएको थियो । उनको टिप्पणीप्रति प्रतिक्रिया दिँदै ट्रम्पले पोपलाई एक "राजनीतिज्ञ तथा आप्रावसी मामिलामा मेक्सिको सरकारको गोटी" भएको आरोप लगाएका थिए । आफू निर्वाचित भए अमेरिकाको सीमा इलाकामा पर्खाल लगाउने र गैरकानुनी आप्रवासीलाई फर्काउने उनले घोषणा गरेका थिए।

डोनल्ड ट्रम्पले चाँहि पोपको टिप्पणी लाजमर्दो भएको बताएका छन्। पोप फ्रान्सिसलाई सोधिएको थियो, “के अमेरिकन क्याथोलिकहरुले ट्रम्पलाई मतदान गर्न हुन्छ?” त्यसको जवाफमा उनले आफू कसैको गोटी भए-नभएको अरूले निर्क्यौल गर्ने विषय रहेको बताए। तर उनले थपे, “एक जना व्यक्ति जो पर्खाल लगाउने कुरा गर्छ, जहाँ सुकै किन नहोस, तर पुल बनाउने कुरा गर्दैन उ इसाई हुन सक्दैन्। यशुको उपदेशमा यस्तो भनिएको छैन। तपाईँले मत हाल वा नहाल भनेर जे सोध्न चाहानुभयो त्यसमा म संलग्न हुन चाहान्न। म यति मात्र भन्छु कि यदि उनले त्यस्ता कुरा भनेका हुन् भने उनी इसाई होइनन्।”

पोपले उनले ट्रम्पले उनले कस्तो अभिव्यक्ति दिएका थिए आफूले हेर्न बाँकी नै रहेको उल्लेख गर्दै उनलाई शङ्काको लाभ दिने पनि उल्लेख गरे। तर उनको अभिव्यक्तिप्रति बोलक्कड ट्रम्पको प्रतिक्रिया आइहाल्यो। ट्रम्पले पोपको प्रतिक्रिया लाजमर्दो भएको भन्दै यदि इस्लामिक स्टेट विद्रोहीले भ्याटिकनमा हमला गरे ट्रम्प राष्ट्रपति बनोस भन्ने कामना र प्रार्थना पोप स्वयम्ले गर्नेछन् भन्ने धारणा राखे । उनको भनाई थियो, “यदि आइसीस विद्रोहीले कुनै दिन आफ्नो अन्तिम लक्ष्य हासिल गर्न भ्याटिकनमा आक्रमण गरे भने, म प्रतिज्ञा गर्छु, पोपले भन्नेछन् - डोनाल्ड ट्रम्प राष्ट्रपति भएको भएको कति राम्रो हुन्थ्यो।” साभार: बिबिसी नेपाली


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक