Similar Articles

म्यानमारमा राष्ट्रपतिको निर्वाचन मार्च १० मा

बिराट नेपाल

नाइपित्व, म्यानमारमा राष्ट्रपतिको निर्वाचन मार्च १० मा हुने भएको छ । म्यानमारको मङ्गलबार बसेको संसद् बैठकले उक्त मिति तोकेको हो । म्यानमारका राष्ट्रपतिको निर्वाचन मार्चको १७ गते हुनेगरी यसअघि मिति तय गरिएकोमा सो मितिमा मङ्गलबार बासेको बैठकले परिवर्तन गरेको हो ।उक्त निर्वाचनपछि मार्चको ३१ मा वर्तमान सरकारको पनि कार्यकाल पूरा हुने भएकोले त्यसपछि नयाँ सरकार गठन हुने जनाइएको छ ।

म्यानमारको संसद्को पहिलो बैठक यही फेब्रुअरी ८ मा बसेको थियो । सो बैठकपछि नै मार्च महिनामा राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको थियो ।

म्यानमारको राष्ट्रपतिमा त्यहाँका प्रजातान्त्रवादी नेत्री आङ सान सुकीको पनि चर्चा छ तर पनि त्यहाँको संविधानले उहाँलाई यस पदका लागि प्रतिबन्ध लगाएको छ । उहाँको उम्मेदवारीका लागि म्यानमारको वर्तमान सरकारसँग वार्ता सुरु भएको बताइएको थियो । तर यस विषयमा पछिल्लो समाचार भने केही आएको छैन । रासस÷एपी 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक