Similar Articles

एक चौथाई मृत्यु वातावरणीय प्रदूषणबाट – विश्व स्वास्थ्य सङ्गठन

बिराट नेपाल

जेनेभा, चैत २ गते। विश्व स्वास्थ्य सङ्गठनले हालैमात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हुने गरेका मृत्युमध्ये एक चौथाई मृत्यु वातावरणीय प्रदूषणबाट हुने गरेको पाइएको छ । मङ्गलवार सार्वजनिक सो तथ्यमा वातावरणीय प्रदूषण, पानी तथा माटोको प्रदूषणका कारण विश्वमा हुने मृत्युमध्ये एक चौथाइको ज्यान जाने गरेको पाइएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको सो तथ्याङ्कअनुसार सन् २०१२ मा एक करोड २६ लाखभन्दा बढीको मृत्यु अस्वस्थ वातावरणमा बस्ने र कामगर्ने गरेका कारण भएको पाइएको थियो । यो मृत्यु त्यसवर्ष विश्वमा कुनै न कुनै सङ्क्रमण या रोगका कारण भएका मृत्युमध्ये २३ प्रतिशतभन्दा केही बढी हुनआउछ । संसारका सबै देशले यसरी नागरिकले बस्ने र कामगर्ने वातावरणमा परिवर्तन नल्याउने हो भने नागरिकको मृत्यु यसै कारण पनि हुने र यही अवस्थाले नै निरन्तरता पाउन सक्ने खतरा रहेको देखिन्छ– उक्त अनुसन्धानमा पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख मार्गरेट चानले भन्नुभयो– पछिल्लो अनुसन्धानबाट देखिएको यो खतरनाक अवस्थामा परिवर्तन ल्याउन अब वातावरणीय सरसफाइमा ध्यान दिनु जरुरी छ । वातावरणमा दिनानुदिन थपिँदै गएको प्रदूषण, कार्य क्षेत्रमा प्रयोग गरिने विभिन्न खालका रसायन, जलवायु परिवर्तनको प्रभावका साथै रसायनको प्रयोगका कारण उत्पन्न भइरहेको परावैजनी किरणहरुको कारण नै विश्वमा मृत्युको एक प्रमुख कारण रहेका छन् ।

विश्वमा हरेक वर्ष कम्तीमा पनि ८२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारणले हुने गरेको पाइएको सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअन्तर्गत अरूले पिएको चुरोटको धुवाँ पनि पर्ने गर्दछ । वायु प्रदूषण तथा अर्कोले पिएको चुरोटको धुवाँका कारण मानिसमा स्वासप्रस्वाससम्बन्धी समस्या, मुटुरोग र क्यान्सरको नै खतरा हुने सो अनुसन्धानमा पाइएको छ ।

वायु प्रदूषणका कारण हुने गरेका अनिच्छुक चोटपटकले गर्दा पनि करिब १७ लाख मानिसको निधन भएको छ । यो निधन पनि कुनै पनि व्यक्तिको निवास र कार्यस्थलमा हुने गरेको वायु प्रदूषणकै कारण हुने गरेको पाइएको छ । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक