Similar Articles

अमेरिका र क्युबाबीच नवयुग प्रारम्भ

बिराट नेपाल

काठमाडौँ, अमेरिकी राष्ट्रपति बाराक ओबामाको हालै क्युबाको ऐतिहासिक भ्रमण सम्पन्न भएको छ । भ्रमणपछि क्युबाली बुद्धिजीवीले अमेरिकासँगको सम्बन्ध सुधारबाट अथाह नयाँ अवसर पाउने र राष्ट्र लाभान्वित हुने सपना देखेका छन् ।

दुई मुलुकबीच ५७ वर्षदेखि रहँदै आएको स्थायी मतभिन्नता पनि चाँडै नै अन्त्य हुने अड्कल पनि गरिएको छ । यद्यपि पहिलैदेखि नै रहँदै आएको राष्ट्रिय मनमुटावको अंश भने नष्ट हुन बाँकी नै छ ।

अमेरिकी राष्ट्रपतिको भ्रमणले गत अगस्टमा सुरु भएको दुई देशबीचको सम्बन्ध अगाडि रहेको तिक्तता सामान्यीकरण गर्नमा कोशेढुङ्गा साबित भएको थियो ।

एक जना क्युबाली राजनीतिक विश्लेषक हेडेलबर्टो लोपेजको शब्दमा अमेरिकी सरकारले क्युबालाई महत्त्व नदिँदा अमेरिकाभित्रै विरोधी शक्तिहरूको सङ्ख्या बढ्छ भन्ने कुरा बल्ल बुझेको छ र अमेरिकाकै प्रतिष्ठामा नकारात्मक असर परिरहेछ ।

राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोबीच हवानास्थित रिभोलुसन प्यालेसमा सौहार्द्रपूर्ण भेटघाट र भलाकुसारी भइरहँदा दसौँ लाख क्युबाली जनता हर्ष, उल्लास एवम् उत्सुकतापूर्वक मुलुकभरी आ–आफ्ना टेलिभिजन हेरिरहेका थिए । एक जना क्युबाली पत्रकार जुलियो बेनितेजको भनाइमा अमेरिकी राष्ट्रपतिको क्युबा भ्रमण एक अकल्पनीय क्षण सत्यतामा परिणत भएको छ । वास्तवमा क्युबालीहरु अमेरिकी जनताको भ्रातृत्व स्नेह पाउन चाहन्छन् । अमेरिकी राष्ट्रपतिको भ्रमणले क्युबाली जनताको अमेरिकासँग आफ्नो माग र अभिलाषा प्रकट वा उजागर हुने अवसर प्राप्त भएको छ ।

इतिहासको लामो कालखण्डसम्म दुई प्रतिद्वन्द्वी वा शत्रुवत व्यवहार हुँदै आएका मुलुकबीच पुनःसम्बन्ध कायम हुनुले आगामी अमेरिकी राष्ट्रपति पदमा जोसुकै निर्वाचित भए पनि यस सम्बन्ध थप सुदृढ पार्दै लग्ने विश्वास गरिएको छ ।

क्युबासँगको सम्बन्धबाट अमेरिका पनि पूर्णलाभान्वित हुने भन्दै पत्रकार बेनितेजले अब अगाडि बढिसकेको सम्बन्ध पुनःबिग्रने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् ।

त्यस्तै विश्लेषक लोपेजका विचारमा अब क्युबामाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध हटाउन र दुई देशबीच व्यापार वाणिज्यको मार्ग प्रशस्त गर्न ह्वाइट हाउसले अमेरिकी काँग्रेसलाई दबाब दिनुपर्नेसमेत बताएका छन् ।

राष्ट्रपति ओबामा क्युबामाथिको प्रतिबन्ध तत्काल हटाउने र व्यापारिक सम्बन्ध विस्तार पनि अरू मुलुकसरह गर्ने विचारमा रहनु भए पनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी संसद् भने यसमा हतार गरिहाल्नु नपर्ने स्थिति भएकोे मत राख्दै आएको छ ।

गत सोमबार सम्पन्न प्रेस सम्मेलनमा राष्ट्रपति ओबामा र समकक्षी क्यास्ट्रोले संयुक्तरुपमा दुई मुलुकबीच चल्दै आएको विवादको बिन्दु क्युबामाथि लगाई आएको आर्थिक नाकाबन्दी र ग्वान्तानामो खाडीमा अवस्थित अमेरिकी नौ सैनिक अखडाको व्यवस्थापन सम्बन्धमा चर्चा र विश्लेषणसमेत गरिएको थियो ।

अमेरिका र क्युबाबीचको सम्बन्ध पुनःस्थापना भएको विषयवस्तुलाई अवलोकन गर्दा क्युबाली जनता सदैव अमेरिकी भ्रातृत्व र स्नेह पाउने अभिलाषामा रहेका तर विगतका क्युबाली कठोर शासकका कारण क्युबाली जनताको इच्छा पूरा हुन नपाएको पाइन्छ ।

द्वितीय विश्वयुद्धको तत्कालैपछि महाशक्तिको रूपमा रहेको राष्ट्र सोभियत सङ्घसँग क्युबाका तत्कालीन राष्ट्रपतिको साँठगाँठ थियो । यसले गर्दा भौगोलिकरुपमा आफ्नोनजिक रहेको वा अमेरिकी सिमानाबाट टाढा नरहेको क्युबा आफ्नो सैद्धान्तिक दुस्मनसँग काँधमा काँध मिलाउन गएको अमेरिकलाई मन परेको थिएन ।

क्युबासँग अतिनिकट सम्बन्ध राख्ने सोभियत सङ्घले क्युबालाई अत्याधुनिक हातहतियार आपूर्ति गर्ने र क्युबाले सानो राष्ट्र भएता पनि अमेरिकासँग निहुँ खोज्ने वा बेला बखतमा उच्छृङ्खलता प्रदर्शन गर्ने गतिविधि क्युबाको पछिल्ला राष्ट्रपतिले दोहो¥याउँदै आएका थिए । यस्तो प्रकारको क्रियाकलाप अमेरिका जस्तो महाशक्ति राष्ट्रलाई सैह्य हुने कुरै आएन । फलस्वरुप क्युबालाई अमेरिकाले राजनीतिक वा राष्ट्रिय दुस्मन राज्यको दर्जामा राखिरह्यो । दशकौँदेखि विभिन्न आर्थिक सामाजिक राजनीतिक प्रतिबन्धसमेत लगाउँदै आयो । यसले गर्दा क्युबा झनझन एक्लिँदै गयो । राजनीतिक र आर्थिकरुपमा कमजोर पनि हुँदै गयो ।

सोभियन सङ्घका तत्कालीन राष्ट्रपति मिखाइल गोर्भाचोभको पालामा बाल्टिक सागर वरपरका डेढ दर्जनभन्दा बढी गणराज्य छुट्टिएपछि सोभियत सङ्घ गणतन्त्र रुसमा परिणत भयो । परिवर्तित रुसले आफ्नो पकडमा रहेका विश्वका अन्य मुलुकहरूको राजनीतिक भार थामिरहन उचित देखेन र बिस्तारै त्याग गर्दै गयो । ठिक त्यसै क्रममा रुसले क्युबालाई रसियाली प्रवाहबाट मुक्त गराई दियो । रुसको छत्रछायाँबाट विमुख भएपछि क्युबाको अस्तित्व आंशिक खतरामा परेपनि अमेरिकाले कहिल्यैँ क्युबामाथि गिद्धेनजरले हेरेन ।

यता क्युबामा पनि सैनिक शासक तथा अत्यन्त कट्टरपन्थी फिडेल क्यास्ट्रोको अवसानपछि त्यहाँको जनताले आफूलाई स्वतन्त्र र उन्मुक्त भएको महसुस गरे बहुसङ्ख्यक क्युबालीको मातृभाषा स्पेनिस करोडौँ अमेरिकी जनताको प्रिय भाषासँग मिल्दछ । भाषा मिलेपछि भेषभूषा, संस्कार र विचार स्वतः मिल्ने नै भयो । अमेरिकी भ्रातृत्व र स्नेहको चाहना राख्ने दसौँ लाख क्युबाली जनताको सपना अब पूरा हुने देखिन्छ ।

चौवन्न वर्षदेखिको दुश्मनी जादूको छडी घुमाएजस्तै केही क्षणमै नष्ट हुन सक्दैन । यसले केही समय त अवश्य लिने नै छ । राष्ट्रपतीय निर्वाचन सङ्घारमा रहेको अमेरिकी प्रशासनले क्युबाली अभिलाषा कतिको चाँडो पूरा गर्ने हो वा नवनिर्वाचित राष्ट्रपतिको विचार क्युबासँगको राष्ट्रिय सम्बन्धमाथि बदलिने हो यो भने आगामी दिनले नै बताउने छन् ।

विश्वबाटै आतङ्कवाद निर्मूल पार्ने अभियानमा होमिएको अमेरिकालाई आफ्नो छिमेकी सानै भए पनि सुदृढ र रसियाली युद्ध प्रविधिसँग परिचित क्युबासँगको सम्बन्ध विस्तारबाट .... र मैत्रीक शक्ति प्राप्त हुने कुरामा दुई मत हुँदैन । सम्बन्ध विस्तारबाट उसले क्युबालाई .... छिमेकीको सट्टा आफ्नो समर्थक र परिआएमा सम्पूर्ण अमेरिकाली एक ढिक्का बन्न जेसुकै सहयोग गर्न तत्पर एक घनिष्ठ र इमानदार सहयात्रीको रूपमा पाउने छ । रासस (विभिन्न समाचार समितिको सहयोगमा)


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक