Similar Articles

अपहरित इजिप्ट एयर विमानबाट अधिकांश यात्रु रिहा

बिराट नेपाल

कायरो, १६ चैत । अपहरित इजिप्ट एयरका अधिकांश यात्रुलाई मुक्त गरिएको समाचार छ । मङ्गलबार इजिप्ट एयरको विमान अपहरण गरिएको थियो ।

सो विमान अपहरण गरी साइप्रस पु¥याइएको थियो । अपहरित विमानबाट अधिकांश यात्रुलाई रिहा गरिएको पछिल्लो समाचार प्राप्त भएको छ ।
उक्त विमानमा रहेका चार वा पाँच जना विदेशी नागरिकबाहेक अरुलाई रिहा गरिएको बताइएको हो । विमानको चालक दलका सदस्यहरु भने मुक्त गरिएको छैन ।

सो विमानमा २१ जना विदेशी यात्रु रहेका थिए । तीमध्ये आठजना अमेरिकी नागरिक रहेका थिए । त्यसैगरी चारजना डच, चारजना बेलायती र एकजना फ्रान्सेली यात्रु रहेका बताइएको छ ।

इजिप्टेली नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारीअनुसार सो विमानमा रहेका अधिकांश यात्रुलाई रिहा गरिसकिएको छ । उक्त मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– सो विमानमा रहेका चार वा पाँच जना विदेशीबाहेक अरु सबैलाई रिहा गरिएको छ ।

उक्त विमानमा जम्मा ८१ जना यात्रु रहेका बताइएको छ । तर यसअघि इजिप्ट एयरले प्रकाशन गरेको विज्ञप्तिमा भने उक्त विमानमा ५५ जनामात्र यात्रु रहेको जनाएको थियो । उक्त विमान इजिप्टको अलेक्जेन्डेरियाबाट उडेको थियो । उडेलगत्तै अपहरणमा परेको सो विमानलाई साइप्रसको लार्नाक विमानस्थलमा जबर्जस्त अवतरण गराइएको थियो ।

यो विमानको अपहरणको कारण भने अझै पनि खुल्न सकेको छैन । अपहरणमा परेपछि त्यस विमानका अपहरणकारीहरुले लार्नाकमा लगी आफ्ना माग राखेका थिए । ती अपहरणकारीसँग इजिप्टको सरकारका अधिकारीहरु र साइप्रसका प्रतिनिधिले वार्तालाप गरेका थिए । त्यसपश्चात यात्रु छोड्न अपहरणकारी सहमत भएको हो ।

तर उसका मागका बारेमा भने केही बताइएको छैन । इजिप्टका अधिकारीहरुसँगको सहमतिपछि यात्रु मुक्त गर्ने सहमति भएको बताइएको छ ।
इजिप्टेली प्रहरीले सो अपहरणको बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । यसको जिम्मेवारी पनि अहिलेसम्म कसैले लिएको छैन ।
अधिकांश अधिकारीहरुले यस विमान अपहरणको घटना आतङ्कवादीसँग सम्बन्धित भने नरहेको पनि बताएका छन् । रासस-एपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक