Similar Articles

उत्तर कोरियाद्वारा दक्षिण कोरियाली राष्ट्रपतिको निन्दा

बिराट नेपाल

सोल,  à¤‰à¤¤à¥à¤¤à¤° कोरियाले दक्षिण कोरियाली राष्ट्रपतिको निन्दा गरेको छ । उत्तरले उहाँलाई आपत्तिजनक शब्दमा गालीगलौज समेत गरेको समाचारमा उल्लेख छ । 

उसले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाईलाई राक्षसी स्वरूप भएकी महिलाको संज्ञा दिएको छ । उत्तर कोरियाले दक्षिणमाथि गर्ने गरेको बिगतदेखिकै आक्रमणको शृंखलाको यो अन्तिम रूप हो । गत हप्तामात्र अमेरिकामा सम्पन्न भएको आणविक सम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर उत्तरको विरोध गरेकोमा विशेषगरी उत्तर कोरियाले रोष प्रकट गरेको पाइएको हो । 

उक्त सम्मेलनको आयोजना संयुक्त राज्य अमेरिकाले गरेको थियो । उक्त सम्मेलनमा उत्तर कोरियाले नै हालै जारी राखेको विभिन्न आणविक सशस्त्रास्त्रको प्रदर्शन विरोधमा केन्द्रित थियो ।  à¤‰à¤¤à¥à¤¤à¤° कोरियाको पिसफुल रियुनिफिकेशन कमिटीका प्रवक्ताले यसरी दक्षिण कोरियाली राष्ट्रपतिको विरोध गरेका हुन् । 

उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले कैयौँ पटकसम्म व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । 

योनहाप समाचार समितिले दिएको जानकारीअनुसार उत्तर कोरियाको पूर्वी भू¬भागलाई लक्ष्य गरेर हालैमात्र अर्काे क्षेप्यास्त्र परीक्षण गरेको थियो र मध्यमदुरीको यात्रापछि सो क्षेप्यास्त्र पानीमा खसेको थियो । अगावै बुधबारै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गर्नुभएको ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 

संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठुलो रहेको पनि जनाइएको थियो । उक्त नाकाबन्दीपछि पनि उत्तर कोरियाले थप शक्तिशाली आणविक परीक्षण गर्ने चेतावानी दिएको थियो । 

लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक