Similar Articles

इन्डोनेसियामा फेरी ५.० रेक्टरको अर्को भुकम्प

बिराट नेपाल

हङकङ, वैशाख ३ गते  à¤‡à¤¨à¥à¤¡à¥‹à¤¨à¥‡à¤¸à¤¿à¤¯à¤¾à¤®à¤¾ शुक्रबार ५.५ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले बताएको छ । इन्डोसियाको तोबेलोबाट ११२ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा गीनव्रीच समयाअनुसार शुक्रबार ४ः५० बजे सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रबिन्दु आसपासको इलाकामा ८८.७७ किलोमिटर गहिराइमा रहेको पनि सो निकायले जानकारी दिएको बताइएको छ । भूकम्पको विस्तृत विवरणलगायत मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार भने नआएको अधिकारीहरूको भनाई छ । दुई घण्टा अघी फेरी ५.० रेक्टरको अर्को भुकम्प इन्डोनेसियामा गएको छ । 

भानुआटुमा फेरि ६.४ रिक्टर स्केलको भूकम्प
भानुआटुमा ६.४ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ । बन्दरगाह सहर ओल्एबाट ९५ किलोमिटर उत्तरपश्चिम इलाकामा भूकम्प आएको हो । गीनब्रीच समयाअनुसार बिहीबार २१ः५० बजे सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले बताएको छ । यस भूकम्पको केन्द्रबिन्दु आसपासको नै इलाकामा १६.० किलोमिटर गहिराइमा रहेको छ । भानुआटुमा यसै हप्तामात्र यो तेस्रो पटक यति शक्तिशाली भूकम्प गएको हो । भूकम्पबाट भएको मानवीय र एवम् भौतिक क्षतिको भने कुनै समाचार नआएको अधिकारीहरूको भनाई छ । रासस÷सिन्ह्वा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक