Similar Articles

भूकम्पबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६४६ पुग्यो

बिराट नेपाल

क्विटो, इक्वेडरको उत्तरी तटीय क्षेत्रमा गत अप्रिल १६ मा गएको ७।८ रिक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६४६ पुगेको इक्वेडरका राष्ट्रपति राफेल कोरियाले बताउनु भएको छ । एक टेलिभिजनमार्फत बोल्दै कोरियाले यस भूकम्पमा परी ६४६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ हजार ४९९ जना घाइते भएका र अझै पनि १३० जना बेपत्ता रहेका बताउनुभएको छ । यस भूकम्पबाट सात हजार घर ध्वस्त हुनुका साथै दुई हजार सात सयभन्दा बढी क्षतिग्रस्त भएको छ ।

भूकम्पको कारण २६ हजार ९१ जना व्यक्ति शरणार्थी स्थलमा बस्दै आएका र भूकम्प प्रभावित क्षेत्रमा करिब १४ हजार सुरक्षा अधिकारीहरू तैनाथ रहेका पनि उहाँले बताउनुभएको छ । राष्ट्रप्रमुखले शक्तिशाली भूकम्प गएको एक हप्तापछिडी दिनुभएको सदेशमा देशले ७० वर्ष पछाडि यस्तो विपत्ति भोग्नु परेको र अत्यन्त दुःखको यस घडीमा धैर्य राख्नु नै यस विपत्तिबाट मुक्ति पाउने एक मात्र उपाय भएको बताउनुभएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार ७।८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमपछि पनि बारम्बार शक्तिशाली भूकम्पहरु गएको बताइएको छ । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक